अखिल नेपाल महिला संघ क्रान्तिकारी ४ नं. प्रदेश समिति गठन

अखिल नेपाल महिला संघ क्रान्तिकारी ४ नं. प्रदेश समिति गठन

११ चैत्र पोखरा ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी ४ नं. प्रदेश समिति गठन गरिएको छ ।


अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रिय अध्यक्ष अम्बिका मुडभरीको प्रमुख आतिथ्यतामा भएको भेलाले देवि थापाको अध्यक्षतामा ४ नं. प्रदेशको २ जना सदस्य पछि थप्ने गरि १५ सदस्यीय प्रदेश समिति गठन गरिएको छ । अध्यक्षमा देवि थापा चुनिनु भएको छ ।


नव निर्वाचित प्रदेश समितिमा अध्यक्ष : देवि थापा, उपाध्यक्ष : शुशिला थापा, सचिव : उर्मिला श्रीस, सहसचिव : कल्पना विन्दु गौतम, कोषाध्यक्ष : हेम कुमारी आले र सदस्यहरुमा सिता परियार, बिष्णु राना, लक्ष्मी मल्ल, गिता पाण्डे, विनिता तामाङ्घ, उजेली रानाभाट, तेज कुमारी घर्ति मगर, बिना बुढाथोकी हुनुहुन्छ । २ जना सदस्य पछि थप्ने गरि १५ सदस्यीय प्रदेश समिति गठन गरिएको छ ।
४ नं. प्रदेश समिति सल्लाहाकारहरुमा खुमति गुरुङ्घ र राधिका अधिकारी हुनुहुन्छ ।