जनतासँग नेकपा(क्रान्तिकारी माओवादी)भन्ने अभियान चलाउने निर्णय गर्दै प्रदेश १ को बैठक सम्पन्न

जनतासँग नेकपा(क्रान्तिकारी माओवादी)भन्ने अभियान चलाउने निर्णय गर्दै प्रदेश १ को बैठक सम्पन्न

चैत्र १० इटहरी ।
नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश नम्बर १ को तेस्रो बैठक सम्पन्न भएको छ ।


यहि चैत्र ९ र १० गते बसेको बैठकले जनतासँग जनसम्बध विस्तार गर्ने लक्ष्य सहित ‘‘ जनतासँग नेकपा(क्रान्तिकारी माओवादी)’’ भन्ने दुई महिने अभियान संचालन गर्ने निणर्य गरेको हो ।यहि चैत्र २४ गते झापा देखि सुरुवात गरेर प्रदेशको १४ वटै जिल्लामा पार्टीले अभियान चलाउने भएको छ ।


दुई दिन सम्म चलेको बैठकले भर्खरै मष्तिष्कघातका कारण निधन हुनुभएका पार्टी केन्द्रिय सदस्य कमरेड तारा थापाको निधनमा शोक प्रस्ताव पारित गरेको छ यस्तै पार्टी,जवस र मोर्चाहरुको संगठन विस्तारलाई तिब्रता दिने ,सामाजिक कुरुती विरुद्धको अभियान चलाउने, एकता,धु्रवीकरण र संगठन सुद्धिकरण अभियानमा लाग्ने जस्ता निणर्यहरुको लिएको छ ।


गत माघ ४ गते सम्पन्न प्रदेश भेलापछिको तेस्रो बैठकले २८ जनाको प्रदेश सचिवालय सदस्य पनि चयन गरेको छ । बैठकले यहि आउदो चैत्र २४ गते पर्ने जनआन्दोलन दिवस र वैसाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।
उक्त बैठकको मार्ग निर्देशन पार्टीका पिविएम तथा प्रदेश नम्बर १ का इन्चार्ज दिनेश शर्माले गर्नु भएको थियो ।उहाँले कम्युनिष्ट कार्यकर्ताले कठोर अनुशासनको पालना गर्नु पर्ने बताउदै बैठकमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्नु भयो । शर्माले पार्टीका निर्णयहरु लिएर जनतासँग जान कार्यकर्तालाई निर्देशन गर्दै सर्वहारा जनताको जनवादी सत्ता निर्माण गर्न सम्पुर्ण पार्टी पंक्तिलाई एकढिका भएर लागि पर्न अनुरोध गर्नु भयो ।
बैठकमा प्रदेश १ मा कार्यक्षेत्र भएर काम गरिहनु भएका पार्टीका केन्द्रिय सदस्यहरुको समेत उपस्थिती रहेको थियो भने बैठकको अध्यक्षता तथा संचालन पार्टी प्रदेश सेक्रेटरी सरलले गर्नु भएको थियो ।