पर्यावरण, पर्यावरणीय दृष्टिकोण र समालोचना

पर्यावरण, पर्यावरणीय दृष्टिकोण र समालोचना

१. उठान
पर्यावरणीय सामालोचनाको आरम्भ भएको धेरै वर्ष भएको छैन । नेपाली साहित्यमा यसको प्रवेश त अझ पछि भएको हो । यस विषयमा अझ गम्भीर विमर्श हुन र लेखिन बाँकी नै छ । प्रकृतिलाई विषय बनाएर नेपाली स्रष्टाहरुले कलम चलाउन थालेको भने आधुनिक युगको आरम्भ हुनुभन्दा पहिलेदेखि हो । प्राथमिक कालीन कवि भानुभक्त आचार्यकै कवितामा प्रकृतिले प्रवेश पाएको छ । आधुनिक युगको आरम्भपछि खासगरी स्वच्छन्दतावादी स्रष्टाहरुले प्रकृतिलाई विषय बनाएर प्रशस्त रचनाहरु सिर्जिएको पाइन्छ । पर्यावरणीय साहित्यको मर्मअनुसार कलम चलाउन सुरु गरिएको भने धेरैपछि मात्र हो । पर्यावरणीय साहित्यचिन्तन र सिर्जनाको आरम्भ मूलतः बिसौं शताब्दीको उत्तराद्र्धतिरबाट भएकोले नेपालमा पर्यावरणीय साहित्यसम्बन्धी विमर्श र सिर्जनाको आरम्भ पनि पछि भएको हो । पर्यावरणीय साहित्यसिर्जनाका साथसाथै पर्यावरणीय समालोचना पनि नेपाली साहित्यमा समृद्ध हुन बाँकी नै छ । पर्यावरणीय साहित्यचिन्तन र सिर्जना पर्यावरणसँग जोडिएको छ । पर्यावरणीय समालोचना पर्यावरणीय साहित्यको अध्ययन, विश्लेषण र मूल्याङ्कनसँग सम्बन्धित छ ।

पर्यावरणलाई आज जुन रुपमा हेरिएको छ र परिभाषित गरिएको छ, प्राचीन समयमा यस रुपमा हेरिएको र परिभाषित गरिएको पाइन्न । पूर्व र पश्चिम दुवैतिरका समाजमा प्रकृतिप्रति प्रेम, त्यसको मानवीकरण र आफूलाई त्यसको अभिन्न अङ्ग ठान्ने दृष्टिकोण पाइन्छ तर त्यो दृष्टिकोणभन्दा पर्यावरण सम्बन्धी आजको दृष्टिकोण भिन्न रहेको छ । पर्यावरणप्रतिको आजको सचेतता, त्यससम्बन्धी दृष्टिकोण र आन्दोलन मूलतः बिसौं शताब्दीको उत्तराद्र्धको देन हो । भयावह बन्दै गरेको पर्यावरण विनाश, यसप्रतिको सचेतता, यससम्बन्धी दृष्टिकोणको निर्माण र आन्दोलनको मूल कारकका रुपमा रहेको छ । पुँजीवादको जन्म र विकासले प्रकृति र पर्यावरणका अगाडि गम्भीर चुनौतीहरु खडा गर्न सुरु ग¥यो । मानवकेन्द्रित अवधारणा, मुनाफा र वैभवको लालसा, उपभोक्तावाद र वर्चस्वपरक दृष्टिकोण, उपनिवेशवाद, साम्राज्यवादका कारण पर्यावरण विनाशको डरलाग्दो श्रृङ्खलाको आरम्भ भयो । परिणामस्वरुप प्रकृति र पर्यावरणको संरक्षणका निम्ति अनेकौं आन्दोलनहरु सुरू भए । यसप्रति जागरुकता बढ्यो । पर्यावरणसम्बन्धी विमर्शहरु बाक्लिए । यससँग सम्बन्धित विभिन्न संस्थाहरु जन्मिए । साहित्य पर्यावरणीय अध्ययन र आन्दोलनको एक महङ्खवपूर्ण क्षेत्र बन्यो । पर्यावरणीय समालोचना पर्यावरण, पर्यावरणीय साहित्य एवम् यससम्बन्धी अध्ययन, विश्लेषण एवम् मूल्याङ्कनका रुपमा अगाडि आयो । यसले पर्यावरणीय आन्दोलनलाई पनि सहयोग पु¥याउँदै आएको पाइन्छ ।

पर्यावरणका सम्बन्धमा विभिन्न दृष्टिकोणहरु रहेका छन् । पर्यावरणसम्बन्धी प्राज्ञिक विमर्श, पर्यावरणीय आन्दोलन, साहित्यचिन्तन र सिर्जना यसबाट प्रभावित रहेका छन् । पर्यावरणसम्बन्धी दृष्टिकोणहरुबाट पर्यावरणीय समालोचना पनि प्रभावित रहेको छ । यस आलेखमा पर्यावरण, पर्यावरणीय सङ्कट, पर्यावरणसम्बन्धी दृष्टिकोण र पर्यावरणीय साहित्यका बारेमा छोटो चर्चा गर्दै पर्यावरणीय समालोचनाका बारेमा सङ्क्षिप्तमा छलफल गरिएको छ । पर्यावरणीय समालोचनाका मुख्य बुँदाहरुलाई केलाउनु र तीबारे आफ्ना धारणाहरु प्रस्तुत गर्नु यस आलेखको मुख्य उद्देश्य रहेको छ । यस आलेखमा पर्यावरण, पर्यावरणीय, पर्यावरणवाद, पारिस्थितिकी, पारिस्थितिकीवाद आदि जस्ता शब्दहरुलाई प्रयोग गरिएको छ । कैयौं विद्वानहरुबाट पारिस्थितिकीवाद (Ecology) र पर्यावरणवाद (Environmentalism) का बिचमा अलि गहिरा र फराकिला भिन्नताका रेखाहरु खिच्न खोजिएको पाइन्छ तर यी दुवैका बिचमा त्यति ठूलो ताङ्खिवक भिन्नता रहेको पाइन्न । पारिस्थितिकीवादका अध्ययनका सरोकारका विषयहरु पर्यावरणीय अध्ययनका सरोकारका विषयहरु प्नि हुन् । पारिस्थितिकीवाद मूलतः पारिस्थितिक चक्रसँग सम्बन्धित रहेको छ । यसले प्रकृति एवम् जीवनबिचको सम्बन्ध, तिनमा आउने परिवर्तन र त्यसका असरहरुको अध्ययन गर्छ । पर्यावरणीय अध्ययनको क्षेत्र पनि प्रकृति, पर्यावरण र जीवन नै हो । यसभित्र यससँग सम्बन्धित सबै विषयहरु समेटिन्छन् । यो बढी पर्यावरणीय सङ्कटसँग जोडिएको छ र यसले प्रकृति र पर्यावरणीय समस्या, यसका कारण, प्रकृतिसँग मनुष्यको सम्बन्ध सम्बन्धी नैतिक हेराइ र पर्यावरणीय दृष्टिले स्वस्थ समाज निर्माणको ध्येयलाई बढी महङ्खव प्रदान गरेको पाइन्छ । पर्यावरणवाद पर्यावरणसम्बन्धी दृष्टिकोण र आन्दोलन दुवै हो । यस अर्थमा यो अलि बढी राजनीतिक पनि छ । पारिस्थितिकीवाद र पर्यावरणवाद अन्तरसम्बन्धित छन् र दुवैको सरोकार प्रकृति, पर्यावरण, जीवन, तीमाथिको प्रहार, तिनको विनाश र संरक्षण नै हुन् । पर्यावरणीय साहित्य र समालोचनाका सरोकारका विषय पनि यिनै हुन् ।
२. पर्यावरण र पर्यावरणीय सङ्कट
कोशीय रुपमा पर्यावरणलाई चारैतिर फैलिएको वा रहेको वातावरणका रुपमा अथ्र्याइएको पाइन्छ । पर्यावरणका जैविक अजैविक घटकहरु रहेका छन् । यी दुवै घटकको योगबाट पर्यावरणको निर्माण भएको छ । सरल अर्थमा पृथ्वीको बाह्य परिवेश नै पर्यावरण हो । यसभित्र हावा, पानी, माटो, चट्टान, प्रकाश, वनस्पति, मानव, मानवतेर प्राणी एवम् मानवीय क्रियाकलाप सबै पर्दछन् । पर्यावरणलाई समस्त जीवनजगत्को आधारका रुपमा लिइन्छ । पर्यावरणको निर्माण स्थलमण्डल, वायुमण्डल, जीवमण्डल र जलमण्डलबाट भएको छ । चट्टान र खनिज स्थलमण्डलका मुख्य घटक हुन् । मानव र मानवेतर प्राणी एवम् वनस्पतिको अस्तित्व यही मण्डलमा रहेको छ । वायुमण्डल पृथ्वीको ग्याँसीय आवरण हो । वायु ग्याँसहरुको मिश्रणका रुपमा रहेको छ । यसमा अक्सिजन, नाइट्रोजन, कार्बनडाइअक्साइड, जलवाष्प, धूलोका कणहरु लगायत अन्य ग्याँसहरुको मिश्रण रहेको हुन्छ । पानी रहेको भू–भाग जलमण्डल हो । पृथ्वीको ७० प्रतिशतभन्दा बढी भू–भाग पानीले ढाकिएकको छ । पानी बिना जीवनको अस्तित्व सम्भव छैन । पर्यावरणका सन्दर्भमा जलचक्रको महङ्खव धेरै रहेको छ । जीवमण्डलले जीवजन्तु, सूक्ष्म जीव र वनस्पतिको सामूहिक स्थितिलाई बुम्झाउँछ । यी सबै मण्डलहरुको पारस्परिक सम्बन्धबाटै जीवन र जगत् चलेको छ । पारिस्थितिक चक्रबाटै जीवन र जगत्को अस्तित्व सम्भव भएको हो । जैविक र अजैविक वस्तुहरु एक–अर्कासँग जोडिएका छन् । परस्परको सम्बन्धबाटै जीवनचक्र चल्दै आएको छ । पर्यावरण खण्डित हुनु भनेको जीवन र जगत्को अस्तित्व नै खण्डित हुनु हो । एकपटक पर्यावरण खण्डित भयो भने पुनः एकीकृत गर्न गाह्रो हुन्छ (सिंह, सन् २०१०, पृ. २) ।

पर्यावरणीय सङ्कट बढेको छ । वायुप्रदूषण, जलप्रदूषण, भूमिप्रदूषण, ध्वनिप्रदूषण र विकिरणीय प्रदूषणले पर्यावरणीय सङ्कटलाई बढाएका हुन् । वायुप्रदूषणका प्राकृतिकभन्दा कृत्रिम स्रोतहरु डरलाग्दा छन् । मनुष्यनिर्मित स्रोतलाई कृत्रिम स्रोतका रुपमा लिइन्छ । औद्योगिक एवम् शस्त्रअस्त्रसँग सम्बन्धित कारखानाबाट निस्कने ग्याँसहरु, पेट्रोलियम पदार्थ, कोइला एवम् दाउरा जलाउँदा निस्कने ग्याँसहरु आदि वायुप्रदूषणका मुख्य कारकका रुपमा रहेका छन् । कार्बडाइअक्साइड, सल्फरडाइअक्साइड, नाइट्रोजनअक्साइड आदि जस्ता ग्याँसहरुको बढी उत्सर्जनले पर्यावरणीय सङ्कटलाई बढाएका छन् । हरितगृह ग्याँसको बढ्दो उत्सर्जनका कारण पृथ्वीको तापमान निरन्तर बढ्दैछ । यसैलाई ‘ग्लोबल वार्मिङ’ भनिन्छ । कार्बनडाइअक्साइडको मात्रा बढ्नुलाई ‘ग्लोबल वार्मिङ’मा सबैभन्दा खतरनाक मानिन्छ । औद्योगिक क्रान्ति यता १.१ डिग्री सेल्सियसले पृथ्वीको तापमानमा वृद्धि भएको छ । जुन स्तरमा अहिले कार्बन उत्सर्जन हुँदैछ यही स्थिति विद्यमान रहे शताब्दीको अन्त्यसम्ममा २ डिग्री सेल्सियसभन्दा बढीले पृथ्वीको तापमानमा वृद्धि हुन सक्छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय अन्तर सरकारी संस्था (आइपीसीसी) ले पनि यसैगरी कार्बन उत्सर्जन भए सन् २०४० अगावै विश्वको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्ने चेतावनी दिएको छ । अम्लीय वर्षा बढ्दैछ, ओजन तह पातलो हुँदैछ । ओजन तह पातलिँदै गएर त्यसमा प्वाल प¥यो भने त्यो पृथ्वीका निम्ति अत्यन्तै घातक हुनेछ । जलवायु परिवर्तनले जीवनका सम्मुख गम्भीर सङ्कट खडा गरेको छ । पर्यावरण विनाशकै कारण जैविक विविधतामा ह्रास आएको छ । जैविक विविधतामा आएको ह्रासले पारिस्थितिक प्रणालीमा गम्भीर असर परेको छ ।

पर्यावरण सङ्कटका महङ्खवपूर्ण कारणहरु रहेका छन् । प्राकृतिक कारणहरु यसका निम्ति निकै कम जिम्मेवार छन् । मनुष्यकृत कारणहरु नै यसका निम्ति मुख्य रुपमा जिम्मेवार छन् । कारणहरु आर्थिक राजनीतिक एवम् सांस्कृतिक पक्षहरुसँग सम्बन्धित छन् । औद्योगिक क्रान्ति एवम् पुँजीवादको विकासभन्दा अघि मनुष्यका अगाडि पर्यावरण विनाशको समस्या थिएन । यसैकारण पर्यावरणसम्बन्धी विमर्श पनि चलेको पाइन्न । प्रकृति र मनुष्यका बिचमा औद्योगिक क्रान्तिपछिको जस्तो द्वन्द्व थिएन । पुँजीवादको विकाससँगसँगै पर्यावरणसम्बन्धी समस्याहरु बढ्दै जान थालेपछि नै पर्यावरणसम्बन्धी चासो पनि बढ्यो । बीसौं शताब्दीको आरम्भ देखि पर्यावरणलाई जीवनसँग गाँसेर गम्भीरतापूर्वक हेर्न थालियो र पर्यावरण र जीवित अस्तित्वका बिचको सम्बन्धको बारेमा छलफल चल्न सुरm ग¥यो (हेउड, सन् २००७, पृ.२५५) । प्राचीन समयमा प्रकृति, मनुष्य र पर्यावरणका विषयमा चल्ने छलफल भन्दा विषयवस्तु र हेराइ दुवै दृष्टिकोणले यो भिन्न थियो । पुँजीवादले प्रकृतिमाथि आधिपत्यको अवधारणालाई मलजल ग¥यो र हुर्कायो । यसको मूलमा ‘मानवकेन्द्रित’ वा ‘मानवअस्तित्व’ प्रथम भन्ने अवधारणा थियो । यसलाई ‘प्रमेथियनवादी’, ‘उत्पादकतावादी’ दृष्टिकोण भनेर पनि आलोचना गरिएको पाइन्छ । बढ्दो जनसङ्ख्या, उपभोक्तावादी चरित्रको विकास, नैतिक मूल्यमा ह्रास आदिलाई पनि पर्यावरणीय सङ्कटका कारक रुपमा अघि सार्ने गरिएको छ तर यी कारणहरु भन्दा सिङ्गो समाज व्ययस्था र त्यसका आधारभूत दृष्टिकोण एवम् चरित्रहरु यस सन्दर्भमा सबैभन्दा महङ्खवपूर्ण रहेका छन् । उदारवादी चिन्तकहरुबाटै मानवकेन्द्रित अवधारणालाई सूत्रबद्ध गर्ने कार्य भएको थियो । मनुष्यको आवश्यकता र सन्तुष्टिको स्रोतका रुपमा उनीहरु प्रकृतिलाई हेर्थे । उनीहरु मुस्किलैले प्रकृतिमाथि मनुष्यको आधिपत्यका बारेमा प्रश्नहरु उठाउँथे (हेउड, सन् २००७, पृ.२५९) ।

उदारवादीहरुको वर्चस्वपरक एवम् दोहनकारी अवधारणा पुँजीवादी उत्पादन पद्धतिका हितहरुसँग जोडिएको थियो । यसको मूलमा मुनाफा, वैभव, वर्चस्व र सुखवाद थिए । अपार उत्पादन, बजारको विस्तार, साम्राज्य एवम् उपनिवेश निर्माण र सैन्यवादलाई दिइएको प्राथमिकताले प्रकृतिको विनाश र पर्यावरण सङ्कटलाई बढाए । पर्यावरण विनाश र सङ्कटसम्बन्धी प्रकृतिकेन्द्री अवधारणाहरु सामान्य चर्चाको विषयभन्दा बढी बन्नै सकेनन् । प्रकृतिकेन्द्री अवधारणा कमजोर बन्यो, बनाइयो । यस अवधारणाका आफ्नै सीमा थिए र यसबाट समस्याको अपेक्षित उपचार पनि सम्भव थिएन तर यसले प्रकृतिलाई महङ्खव प्रदान गथ्र्यो र यसको संरक्षणमा जोड दिन्थ्यो ।

पश्चिममा पर्यावरणसम्बन्धी दृष्टिकोण निर्माणको आफ्नो पृष्ठभूमि रहेको छ । जोन लक जस्ता चिन्तकहरुका निम्ति प्राकृतिक संसारको अर्थ नरहे पनि र त्यसको प्रभाव अन्य कैयौं चिन्तकहरुमा परे पनि पुँजीवाद एवम् उधोगधन्दाको विकासले प्रकृति, पर्यावरण र मनुष्यमा पारेको दुष्प्रभावले धेरै चिन्तक एवम् लेखकहरुलाई गम्भीर बनायो । रmसोले प्रकृतिलाई अपार महङ्खव दिए र ‘प्रकृतितर्फ फर्क’ भने । उनको प्रभाव साहित्यमा पनि प¥यो । साहित्यमा स्वच्छन्दतावादी धाराको जन्ममा रmसोको चिन्तनले महङ्खवपूर्ण भूमिका सम्पादन ग¥यो । स्वच्छन्दतावादीहरुले प्रकृतिलाई आफ्ना रचनाहरुको केन्द्रीय विषयवस्तुमात्र बनाएनन् प्रकृतिप्रति अत्यन्तै आत्मीय दृष्टिकोण अपनाउन आग्रह पनि गरे । स्वच्छन्दतावाद यान्त्रिकीकरण र त्यसले निर्माण गरेको परिस्थितिप्रतिको प्रतिक्रिया पनि थियो (मिश्र, सन् २०१०, पृ. १००) । स्वच्छन्दतावादीहरुले आफ्ना रचनामा अत्यन्त हार्दिक ढङ्गले प्रकृतिको महिमा गाए र मनुष्य र पर्यावरणबिचको संवेदनशील सम्बन्धलाई प्रस्तुत गरे (नायर, सन् २०११, पृ. २४४) । अठारौँ र उन्नाइसौँ शताब्दीमा पँुजीवाद र उपनिवेशवादले प्रकृतिलाई मानव हितका निम्ति उपयोग गर्ने नीतिलाई अझ बलियो गरी अघि बढाए । यो ‘मानव हित’ व्यवहारतः पुँजीपतिहरुको हित थियो । सत्तातन्त्र उनीहरुसँगै जोडिएको थियो । उपनिवेशवादले औपनिवेशिक मुलुकको प्रकृति र पर्यावरणलाई आफ्ना हितहरुका निम्ति प्रयोग ग¥यो । नायरका अनुसार यसले उपनिवेशका नागरिकलाई प्रकृतिको अङ्गको रुपमा हेर्ने र उनीहरुलाई आदिम र असभ्य ठान्ने प्रवृत्तिलाई अगाडि ल्यायो । यससँगसँगै प्रकृति र पर्यावरणमाथि भएको अतिक्रमणको प्रतिवाद पनि बढ्दै गयो । उपयोगितावादी चिन्तक जेम्स मिलले मनुष्यको गतिविधिलाई अतार्किक भन्दै प्रकृतिसम्बन्धी अतार्किक गतिविधिको आलोचना गरे । जेरमी बेन्थमले जनावरमाथिको अत्याचारको आलोचना गरे र त्यसलाई त्याज्य ठाने । माक्र्सले प्रकृतिमाथिको अतिक्रमणको आलोचना गरे । अन्य चिन्तकहरुबाट पनि आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरियो । यसले पर्यावरणसम्बन्धी विषयलाई अझ गहिराइमा हेर्न सहयोग पु¥यायो । यही पृष्ठभूमिका बिचबाट पर्यावरण विनाशको वास्तविक अवस्था, त्यसका कारण र पर्यावरण संरक्षणका उपायहरुबारे वैचारिक तथा राजनीतिक वृत्तमा विभिन्न दृष्टिकोण आधारित धाराहरु अस्तित्वमा आए (किरण, २०७७, पृ. २०) । पर्यावरणका क्षेत्रमा यी धाराहरु आ–आफ्नो ढङ्गले क्रियाशील रहँदै आएका छन् । पर्यावरणसम्बन्धी आन्दोलनमा यिनको गहिरो प्रभाव परेको छ । पर्यावरण र पर्यावरणीय सङ्कट समकालीन विश्वको एक महङ्खवपूर्ण चासोको विषय हो । पर्यावरणका सम्बन्धमा बढेको चासो र क्रियाशीलताले यसको महङ्खवलाई स्पष्ट गर्छ । पर्यावरणीय दृष्टिले विश्व कठिन अवस्थाका बिचबाट अघि बढ्दैछ र पर्यावरणीय सङ्कटलाई समुचित सम्बोधन गर्न नसके आउँँदा दिनहरुमा निकै कठिन हुुनेछन् ।
३. पर्यावरणसम्बन्धी अध्ययन र आन्दोलनका विविध धाराहरु
जर्मन जीव वैज्ञानिक अर्नेस्ट ह्याकेलले सबैभन्दा पहिले सन् १८६६ मा ‘इकोलोजी’ (Ecology) शब्दको प्रयोग गरेका थिए । यस शब्दको साइनो ग्रिक शब्द ‘ओइकस (oikos) सँग रहेको छ । यसैबाट ‘इकोलोजी’ शब्दको निर्माण भएको हो । ‘ओइकस’ शब्दको अर्थ ‘घर’ वा ‘निवासस्थान’ हुन्छ । ह्याकेलले यस शब्दको प्रयोग प्रकृतिलाई आवासका रुपमा ग्रहण गर्दै पर्यावरण र प्राणीबिचको सम्बन्धको अध्ययन र खोजका निम्ति गरेका थिए । उनका अगाडि प्रकृति र प्राणीबिचको अन्र्तसम्बन्धलाई गहिराइमा व्याख्या गर्नुपर्ने दायित्व थियो । बीसौं शताब्दीको पूर्वार्धसम्म ‘इकोलोजी’लाई ‘बायलोजी’ अन्तर्गत राखेर अध्ययन गरिन्थ्यो । यसको प्रमुख उद्देश्य पर्यावरण र जीवित अस्तित्वबिचको सम्बन्धको अध्ययन थियो । सन् १९६० पछिमात्र पर्यावरणसम्बन्धी गम्भीरता पनि बढ्यो र यो राजनीतिक अवधारणासहित हरित आन्दोलनका रुपमा अगाडि आयो (हेउड, सन् २००७, पृ.२५५) । पर्यावरण सम्बन्धमा विभिन्न दृष्टिकोणहरु देखा परे र आन्दोलनहरु त्यसै अनुरुप डोरिए ।
३.१ गहन पर्यावरण (Deep Ecology)
पर्यावरणीय अध्ययनमा यस अवधारणालाई महङ्खवपूर्ण मानिन्छ । यस अवधारणाबाट पर्यावरणीय आन्दोलनहरु गम्भीर रुपमा प्रभावित रहँदै आएका छन् । गहन पर्यावरणमा विश्वास गर्नेहरुका निम्ति पृथ्वी र पर्यावरण प्रथम हुन् । गहन पर्यावरणले मानवकेन्द्रित अवधारणाले मनुष्यलाई प्रकृति र पर्यावरणसँग अलग गर्छ भन्ने ठान्छ र प्रकृतिको शोषणको कारक मान्छ (नायर, सन् २०११, पृ.२४६) । गहन पर्यावरणको जोड पर्यावरणीय सन्तुलन निर्माणमा रहँदै आएको छ । यसका निम्ति मानिसहरुको आवश्यकताभन्दा पर्यावरणीय सन्तुलन महङ्खवपूर्ण रहेको छ । यस अवधारणालाई पर्यावरणकेन्द्रित अवधारणाका रुपमा अथ्र्याउने गरिन्छ । प्रकृति यस चिन्तनको केन्द्रमा रहेको छ । नर्बेली दार्शनिक अर्ने नेइसले ‘डिप इकलोजी’ र ‘सालो इकोलोजी’ [Shallow Ecology] शब्दको प्रयोग गरेका थिए । अमेरिकी दार्शनिक एवम् प्रकृति वैज्ञानिक लियोपोल्डको पनि यस अवधारणाको विकासमा योगदान रहेको छ । नेइसले सतही पर्यावरणीय अवधारणाको आलोचनाका क्रममा गहन पर्यावरणको अवधारणा प्रस्तुत गरेका थिए । गहन पर्यावरण पर्यावरणका सम्बन्धमा थोरै पनि मानवकेन्द्रित दृष्टिकोण राख्ने पर्यावरणसम्बन्धी अवधारणाहरुको आलोचक रहँदै आएको पाइन्छ । सतही पर्यावरण प्रकृतिलाई फाइदाका आँखाले हेर्छ तर गहन पर्यावरणले फाइदाको, स्वार्थको दृष्टिले प्रकृतिलाई हेर्दैन भन्ने दृष्टिकोण गहन पर्यावरणवादीहरु राख्छन् (गौतम, २०६४, पृ. २०७) । गहन पर्यावरणले मनुष्यले प्रकृतिलाई त्यति नै उपयोग गर्नुपर्छ जति उसको अस्तित्वको रक्षाका निम्ति आवश्यक छ भन्ने दृष्टिकोण प्रस्तुत गर्दै आएको छ । मनुष्य प्रकृतिको अङ्ग हो र उसको हैसियत अन्यभन्दा कुनै पनि दृष्टिले विशिष्ट छैन भन्ने धारणा गहन पर्यावरणले राख्छ । अस्तित्वको रक्षा पारस्पारिक सम्बन्धमा निर्भर रहेकोेले मनुष्यलाई सबैभन्दा माथि राखेर हेर्ने र विशिष्ट ठान्ने दृष्टिकोणको आलोचना गहन पर्यावरणवादीहरुले गरेको देखिन्छ ।

विज्ञानले मानवीय संवेदना, नैतिकता र पवित्रतालाई महङ्खव प्रदान गर्नुपर्छ भन्ने धारणा गहन पर्यावरणले राख्दै आएको छ । प्रकृतिलाई विशेष ठान्नु र केन्द्रमा राख्नु, समग्र पर्यावरणीय चक्रलाई महङ्खव प्रदान गर्नु, प्रकृति अनुकूल नैतिक मूल्यलाई महङ्खव दिनु, जैवकेन्द्रित समानतामा जोड दिनु, प्राणीहरुको अधिकारलाई महङ्खव दिएर उठाउनु, अधिक उत्पादन र जनसंख्या वृद्धिको विपक्षमा उभिनु, पारिस्थितिक चेतनाको निर्माण र विकासमा जोड दिनु, प्रकृतिसम्बन्धी पवित्रतावादी दृष्टिकोणलाई अँगाल्नु आदि गहन पर्यावरणका विशेषता हुन् । यसले सतही पर्यावरणवादीहरुले मानवहितलाई महङ्खव दिँदै पर्यावरण संरक्षणका बारेमा आफ्ना धारणाहरु प्रस्तुत गर्छन् भनेर आलोचना गर्छ । गहन पर्यावरणले नैतिक परिष्कारलाई उच्च महङ्खव दिएको पाइन्छ । गहन पर्यावरणवादीहरु मनुष्यमा चेतना र विवेक भएकोले उनीहरुले यसको प्रयोग प्रकृतिसँग सँगसँगै हिँड्न, एकीकृत भएर रहन र समग्र अस्तित्वको रक्षाका निम्ति गर्न सक्नुपर्छ भन्छन् । यसको प्रकृतिकेन्द्रित पवित्रतावादी धारणालाई यसै सन्दर्भमा हेर्ने र विश्लेषण गर्ने गरिन्छ । यसले मनुष्य आफ्ना संकीर्ण स्वार्थहरुबाट माथि उठ्नुपर्ने कुरालाई अत्यधिक महङ्खव त दिन्छ नै, त्यस अनुरुपको संस्कृतिको निर्माणमा पनि जोड दिन्छ । सांस्कृतिक रुपमा मनुष्यको परिष्कार चाहनु र प्रकृतिको महङ्खवलाई केन्द्रमा राख्ने संस्कृतिको निर्माणलाई प्राथामिकतामा राख्नुलाई गहन पर्यावरणको एक महङ्खवपूर्ण विशेषताका रुपमा उल्लेख गर्ने गरिन्छ । प्रकृतिलाई महङ्खव प्रदान गर्ने, मानव अस्तित्व प्रकृतिको अस्तित्व विना सम्भव छैन भन्ने ठान्ने, प्रकृति र समस्त प्राणीबिच सुसम्बन्धको आग्रह राख्दै पुँजीवादको आलोचना गर्ने यसको दृष्टिकोण प्रशंसनीय रहे पनि प्रकृति र पर्यावरणसम्बन्धी यसका हेराइ र बुझाइ बढी भावुक, आत्मिक, पवित्रतावादी, स्वच्छन्दतावादी, आदर्शवादी र अतार्किक रहेका छन् । यिनै आधारमा यसको तिखो आलोचना पनि हुँदै आएको छ । गहन पर्यावरणवादीहरु माथि पर्यावरण विनाशका ठोस कारणहरु पहिल्याउन नसकेको आरोप पनि लाग्दै आएको पाइन्छ । यस आरोपमा सत्यको ठुलो अंश पनि रहेको छ । यसमाथि लागेको ‘काल्पनिक’ र ‘विज्ञान विरोधी’ जस्ता आरोपहरुको यसले तार्किक खण्डन गर्न सकेको पाइन्न ।
३.२ पर्यावरणीय नारीवाद
पर्यावरणीय नारीवादी अवधारणाको विकास सन् १९७० को दशकमा भएको मानिन्छ । प्रकृतिलाई नारी समान वा नारीलाई प्रकृति समान ठान्दै यी दुवै उत्पीडित छन् भन्ने दृष्टिकोण पर्यावरणीय नारीवादले राख्छ । पर्यावरणीय नारीवादले नारीलाई पर्यावरणसँग जोड्दै यी दुवै बिचका सम्बन्धहरुलाई रेखाङ्कन मात्र गरेको छैन, पर्यावरण संरक्षणका निम्ति गरिने सङ्घर्षहरु नारीहरुको हितमा रहेको पनि उल्लेख गरेको छ । पर्यावरणीय नारीवाद खासगरी सन् १९८०को दशकदेखि अभियानका रुपमा सक्रिय हुन आरम्भ गरेको हो । नारीहरुले शस्त्रअस्त्रको आलोचना र पर्यावरण संरक्षणको आन्दोलनलाई सँगसँगै जोडेर अघि बढाएका थिए । सन् १९८०मा एमहस्र्टमा ‘महिला र पृथ्वीमा जीवन’ शीर्षकमा आयोजना गरिएको सम्मेलनमा समाजले नारी र पुरुष दुवैलाई सधै उपयोगका दृष्टिले हेरेकै कारणले दुवैले सङ्कट र पीडाको सामना गर्दैछन् भन्ने दृष्टिकोण प्रस्तुत गरिएको थियो । पर्यावरणीय नारीवादलाई अगाडि सार्ने श्रेय फ्रान्सेली नारीवादी फ्रान्कोइस यूबोनलाई दिइन्छ । सन् १९७४ मा प्रकाशित आफ्नो पुस्तक ‘ले फिमिनिस ओ ला मोर्ट’मा उनले यसको चर्चा गरेकी छन् । उनका विचारमा पर्यावरण सङ्कट पुरmषसँग सम्बन्धित रहेको छ । उसैका कारणले पर्यावरणीय सङ्कट निम्तिएको हो ।

पर्यावरणीय नारीवादलाई नारीवादकै एक शाखाका रुपमा हेर्ने गरिन्छ । यसभित्र समान धारणाहरु भने छैनन् । नारीवादी आन्दोलनमा पाइने विविध विचारहरुको छाप यसमा परेको छ । यसैअनुरुप पर्यावरण र नारीका सम्बन्धमा धारणाहरु प्रस्तुत गरिएका छन् । यसो भए पनि उनीहरुका बिचमा कयौं महङ्खवपूर्ण विषयमा समान बुझाइ र दृष्टिकोणहरु रहेका छन् । पर्यावरणीय नारीवादले प्रकृति र नारीलाई अन्तर्सम्बन्धित गर्दै यिनका समस्याहरुलाई प्रस्तुत गर्दै आएको पाइन्छ । यसले धर्म, संस्कृति र साहित्यमा प्रकृति र नारीको सम्बन्धलाई हेर्छ र प्रकृति एवम् नारीमाथिको उत्पीडनमा पाइने समानतालाई उल्लेख गर्दै त्यसको विश्लेषण र मूल्याङ्कन गर्छ । यसले प्रकृति र नारीमाथि हुने उत्पीडनको निरन्तर प्रतिवाद गर्दै आएको छ र दुवैको सम्मानमा जोड दिएको छ । पर्यावरणीय नारीवादीहरु पितृसत्तात्मक समाजको संरचना, सत्तातन्त्र एवम् मूल्य र विश्वासहरुको परिणामकै रुपमा प्रकृति र नारीमाथिको दमनलाई लिन्छन् । यस्ता मूल्य एवम् विश्वासहरुले नारीहरुको ज्ञान र कार्यका साथसाथै प्रकृतिसँगको उनीहरुको निकट र आत्मीय सम्बन्धलाई अस्वीकार गर्छन् (नायर, सन् २०११, पृ.२४९) । नायर पर्यावरणीय अभियान र समालोचनामा पर्यावरणीय नारीवाद सम्भवतः सबैभन्दा महङ्खवपूर्ण धारणा हो भनेर पनि उल्लेख गर्छन् । पर्यावरणीय नारीवादमा संस्कृतिले नारीलाई पुरmष अधीनस्त बनाउन महङ्खवपूर्ण भूमिका सम्पादन गरेको छ भन्ने विषयलाई गम्भीरतापूर्वक उठाइन्छ र नारीहरु प्रकृतिसँग निकट रहेका छन् भनिन्छ । जसरी पितृसत्तात्मक विचारधाराले नारीमाथिको पितृसत्तात्मक उत्पीडनलाई वैध ठह¥याउँछ, त्यसैगरी प्रकृतिको अतिक्रमणलाई पनि वैध ठह¥याउँछ भन्ने दृष्टिकोण पर्यावरणीय नारीवादले राख्छ (केरिज, सन् २००७, पृ.५३८) । पर्यावरणीय नारीवादमा लिङ्ग र प्रकृतिको विषयमा गम्भीर चर्चा गरिएको पाइन्छ । नायर पश्चिमी चिन्तनमा पहिल्यैदेखि लैङ्गिक मूल्यहरु र प्रकृतिलाई एक–अर्काको विरोधमा उभ्याउने प्रवृत्ति रहेको उल्लेख गर्छन् । प्रकृति र संस्कृतिलाई एक–अर्काका विरmद्धमा उभ्याउने दृष्टिकोणका कारण प्रकृतिलाई नारीपरक र संस्कृतिलाई पुरmषपरक रुपमा हेरियो भन्ने धारणा पनि नायरको रहेको छ । यस अवधारणाले नारी र प्रकृतिलाई समान ठान्दै नारीलाई कमजोर रुपमा प्रस्तुत ग¥यो र प्रकृतिलाई जस्तै उपभोग्य ठान्यो । नारीलाई बौद्धिक, तार्किक, वस्तुगत र सार्वजनिक व्यक्तित्वका रुपमा हेरिएन । उसको छविलाई आत्मपरकताका आधारमा गढियो र उसको शरीरलाई महङ्खव प्रदान गरियो । यसलाई नारीको प्रकृतीकरण र प्रकृतिको नारीकरणका रुपमा हेर्ने गरिएको छ । यस अवधारणाले नारीलाई पुनरूत्पादक (Reproductive) शक्तिका रुपमा हे¥यो र अधिकार एवम् भूमिकाबाट वञ्चित ग¥यो । नारी र प्रकृति दुवै शोषणका सिकार बने । प्रकृतिको लैङ्गिकीकरणको अवधारणाका कारण प्रकृति र नारी दुवै उत्तिकै प्रहारको निसाना बनेको पाइन्छ । लिङ्गसम्बन्धी सांस्कृतिक अवधारणा नारी अस्तित्वको विरोधमा उभियो । पुरmषसत्ता निर्मित छवि उसका हितहरुको अनुकूल हुनु स्वाभाविक थियो । नारीवाद पुरmषपक्षीय सत्तामीमांसा र पुरुष वर्चस्ववादलाई सार्वजनिक गर्न एवम् त्यसको आलोचनात्मक पाठलाई प्रस्तुत गर्न मात्र चाहन्न, त्यसलाई समाप्त गर्न पनि चाहन्छ । नारीवाद पुरmष र नारी बिचको पुरmष निर्मित भेदलाई समाप्त पार्न चाहन्छ र समानताको सत्तामीमांसाका पक्षमा रहँदै आएको छ ।

पर्यावरणीय नारीवादभित्रको एउटा धारा प्राणी हिंसा र सिकारको विरोधमा उभिँदै आएको छ । यसले खानामा मासुको प्रयोगको आलोचना गर्छ र आफूलाई शाकाहारीका रुपमा प्रस्तुत गर्छ । यसै आधारमा यसलाई ‘शाकाहारी नारीवाद’का रुपमा उल्लेख गर्ने गरिन्छ । यसले मूलतः पशुपन्छीहरुका निम्ति सङ्घर्ष गर्दै आएको छ । प्राणी हिंसाको प्रतिवाद र उनीहरुको संरक्षणका निम्ति आन्दोलन यसको मुख्य उद्देश्य रहेको छ । यस धाराका नारीवादीहरु मासु खानुलाई पितृसत्ताको वर्चस्वको परिणामका रुपमा लिन्छन् र पुरmषहिंसा र मासु आधारित खानाका बिचमा सम्बन्ध स्थापित गर्छन् । राजनीतिक र सांस्कृतिक परिष्कारमा जोड दिने यिनीहरुको विश्वास आचार र त्यस अनुरुपको कार्यमा रहेको पाइन्छ । अध्यात्मिक सांस्कृतिक नारीवादीहरुले प्रकृति आधारित अध्यात्मिकतामा जोड दिने गरेका छन् । प्रकृतिप्रति गहिरो प्रेम, अहिंसा र उदात्त मूल्यलाई यिनीहरुले जोड दिँदै आएका छन् । प्राचीन मूल्यहरुप्रति यिनीहरुमा गहिरो विश्वास पाइन्छ र प्रकृति देवीप्रति गहिरो अभिरुचि देखिन्छ । प्रकृतिलाई यिनीहरु आमाका रुपमा हेर्नुपर्छ र त्यसै अनुरुप व्यवहार गर्नुपर्छ भन्छन् । प्राचीन समयमा मनुष्यले प्रकृतिलाई प्रेम र आदर दुवै गथ्र्यो भन्ने धारणा प्रस्तुत गर्दै आज पनि त्यो अनुकरणीय छ भन्ने दृष्टिकोण यिनीहरुको रहेको छ । नारीहरुको ज्ञानलाई महङ्खव प्रदान गर्नु, नारी शक्ति, नारी शरीर र यौनिकतालाई वैधता प्रदान गर्नु, मानव र मानवेतर प्राणी सबै प्रकृतिसँग जोडिएका छन् भन्ने धारणा राख्नु यिनीहरुको विशेषता हो भन्छन् नायर । नारीवादीहरुले पर्यावरणमैत्री भाषाको प्रयोगमा निरन्तर जोड दिँदै आएको पाइन्छ । पर्यावरणीय अध्ययनमा पर्यावरणमैत्री भाषालाई उच्च महङ्खव दिएर हेरिन्छ । नारीवादीहरु यस विषयमा अझ गम्भीर र संवेदनशील पाइन्छन् ।

पर्यावरणीय नारीवाद अन्तर्गत समाजवादी नारीवादीहरु पनि सक्रिय रहँदै आएका छन् । यिनीहरुको दृष्टिकोण अरूको भन्दा कयौं विषयमा भिन्न रहेको छ र तुलनात्मक रुपमा यिनीहरु बढी वस्तुनिष्ठ रहेका छन् । पर्यावरणीय समाजवादी नारीवादीहरुले पर्यावरणका सन्दर्भमा मूलतः श्रम र उत्पादनको विषयलाई अघि सार्ने गरेको पाइन्छ । उनीहरु श्रम र उत्पादन दुवै पुरmषपक्षीय छन् र नारी र प्रकृति यसबाट प्रताडित छन् भन्ने उल्लेख गर्छन् । श्रम र उत्पादनमा नारीहरुको घरेलु श्रम र उत्पादनको कुनै गणना हुँदैन भन्दै उनीहरु पुँजीवादमा प्रकृतिको उत्पादकतालाई महङ्खव दिइँदैन भन्छन् र सिङ्गो पुँजीवादी संरचनाकै गम्भीर आलोचना गर्छन् । पुँजीवाद, पितृसत्ता र नारी एवम् प्रकृतिमाथिको दमन र दोहनलाई अन्तर्सम्बन्धित गरेर हेर्नुपर्छ भन्ने धारणा उनीहरुमा पाइन्छ । प्रकृति र नारीमाथिको वर्चस्व एवम् उनीहरुलाई अधीनस्थ तुल्याउने सामान्य कारणहरु समान छन् भन्ने एकथरी पर्यावरणीय नारीवादीहरुको धारणासँग यिनीहरुको विमति रहेको छ । जैविक प्रजननका आधारमा प्रकृति र नारीलाई समान ठान्ने र दुवैलाई एक–अर्काका पयार्यका रुपमा उल्लेख गर्ने दृष्टिकोणको पर्यावरणीय समाजवादी नारीवादीहरुले आलोचना मात्र गरेका छैनन्, यसलाई जैविक निर्धारणवादको संज्ञा समेत दिएका छन् । उनीहरुका विचारमा यो सारतङ्खववादी दृष्टिकोण हो र यसले यसलाई अपरिवर्तनीय रुपमा हेर्छ । यस्तो हेराइलाई उनीहरुले भावुक, अतार्किक र अप्राज्ञिक भनेर आलोचना गरेका छन् । पर्यावरणीय समाजवादी नारीवादका पनि आफ्ना सीमाहरु छन् तर उनीहरुले पर्यावरण विनाशलाई समाजव्यवस्था, सत्तातन्त्र र विचारधाराको व्यापक परिप्रेक्ष्यसहित हेरेको पाइन्छ । पर्यावरणीय समाजवादी नारीवादीहरु पर्यावरणीय आन्दोलनलाई आमूल रुपान्तरणको माक्र्सवादी आन्दोलनसँग गाँसेर हेर्ने कुरामा भने उदासिन रहेका पाइन्छन् ।
३.३ तेस्रो विश्व पर्यावरणवाद
तेस्रो विश्व पर्यावरणवादलाई तेस्रो विश्वको आर्थिक, राजनीतिक, समाजिक–सांस्कृतिक स्थिति, इतिहास एवम् समकालीन विश्वमा समुन्नत पश्चिमी मुलुकहरुको आर्थिक, राजनीतिक, सांंस्कृतिक तथा पर्यावरणीय दृष्टिकोण र गतिविधिहरुसँगै सन्दर्भित गरेर हेर्नुपर्छ । तेस्रो विश्वको पर्यावरणीय स्थिति र समस्यालाई केन्द्रमा राखेर अस्तित्वमा आएको यस दृष्टिकोणलाई पर्यावरणीय चिन्तन र आन्दोलनका क्षेत्रमा एक नयाँ दृष्टिकोणका रुपमा उल्लेख गर्ने गरिन्छ । रामचन्द्र गुहा, जुआन मार्टिनेज–एलियर आदिले यस अवधारणालाई अघि सारेका हुन् । यो अवधारणा तेस्रो विश्वका पर्यावरणसम्बन्धी समस्याहरु भिन्न छन् र सम्पन्न मुलुकका पर्यावरणसम्बन्धी बुझाइ र गतिविधि तेस्रो विश्वका मुलुकका दृष्टिमा आलोच्य छन् भन्ने दृष्टिकोणमा अडिएको छ । गुहाहरु गरिबी र पर्यावरणीय क्षयीकरणका बिचमा गहिरो सम्बन्ध रहेको चर्चा गर्दै एसिया र अफ्रिकाका मुलुकहरुलाई उदारणका निम्ति अघि सार्छन् । तेस्रो विश्वका मुलुकका समस्याहरु भिन्न रहेका छन् र तीसँग पर्यावरण गहिरो गरी जोडिएको छ । तेस्रो विश्वमा विद्यमान पर्यावरणीय समस्या उनीहरुको आफ्नो कारणले मात्र जटिल छैन, सम्पन्न मुलुकका वर्चस्वपरक र स्वार्थआधारित दृष्टिकोण र भूमिकाका कारण पनि जटिल बनेको छ भन्ने धारणा तेस्रो विश्व पर्यावरणवादले राख्छ । एकातिर तेस्रो विश्वका मुलुकहरु गरिबीको अन्त, जमिनको न्यायोचित वितरण, सामाजिक न्यायको प्राप्ति, उत्पादनको वृद्धि आदिका निम्ति सङ्घर्षरत छन् भने अर्कातिर अमेरिका जस्ता पश्चिमी मुलुकहरुको ध्यान तेस्रो विश्वका मुलुकहरुको स्रोतसाधनको दोहनतिर गएको पाइन्छ । उनीहरुको नीतिका कारण तेस्रो विश्वको पर्यावरण गहिरो गरी प्रभावित हुने गरेको छ । पहिलो विश्वको विकाससम्बन्धी चासो र धारणा, व्यापार सम्झौता, बजार अर्थतन्त्र, अनुदान नीति र पेटेन्ट अधिकारका कारण तेस्रो विश्वको कृषि र सामाजिक न्याय प्रभावित हुँदै आएको छ (नायर, सन् २०११, पृ.२४८) । समकालीन भूमण्डलीकृत पुँजीवाद तेस्रो विश्वको पर्यावरण विनाशको एक महङ्खवपूर्ण कारण रहेको देखिन्छ । गुहाहरुले गहन पर्यावरणसम्बन्धी दृष्टिकोणको आलोचना पनि गरेका छन् । उनीहरुका विचारमा यसले अमेरिका, अस्ट्रेलिया, क्यानडा जस्ता मुलुकहरुका हितमा कार्य गर्छ । तेस्रो विश्व पर्यावरणवादीहरुले तेस्रो विश्वको पर्यावरण संरक्षणको आफ्नै मोडेल हुनुपर्नेमा जोड दिँदै आएको पाइन्छ । गुहाले भारत पर्यावरण संरक्षणका सन्दर्भमा पश्चिमी मोडेलमा उभिएको चर्चा गर्दै यसले पर्यावरण संरक्षणसम्बन्धी स्थानीय स्तरमा हुने प्राचीन सामाजिक एवम् सांस्कृतिक अभ्यासलाई बिर्सिएको टिप्पणी गर्छन् । गुहा र मार्टिनेजले सन् १९९८मा प्रकाशित आफ्नो पुस्तक ‘भेराइटिज अफ एनभायरन्मेन्टालिजमः एसेज नर्थ एण्ड साउथ’मा आफूद्वारा प्रस्तुत अवधारणालाई ‘गरिबहरुको पर्यावरणवाद’का रुपमा उल्लेख गरेको पाइन्छ । तेस्रो विश्व पर्यावरणवादले समुन्नत पश्चिमा मुलकहरुको पर्यावरणसम्बन्धी दृष्टिकोण एवम् उनीहरुका वैश्विक नीति तथा भूमिकाको प्रतिवाद गर्दै पर्यावरण संरक्षणका आफ्नै मोेडेलहरुको विकास गर्नुपर्नेमा जोड दिनुपर्छ भन्छ । गुहाहरु पश्चिमाहरुले देशज परम्परा र त्यसका विशेषताहरुलाई अस्वीकार गर्छन् भन्दै प्रथम विश्वको हस्तक्षेप विनै पर्यावरणको संरक्षण एवम् प्रकृतिको उपयोग तेस्रो विश्वले गर्न पाउनुपर्छ भन्ने कुरामा जोड दिन्छन् । तेस्रो विश्व पर्यावरणवादका यिनै अवधारणाका आधारमा कतिले यसलाई ‘मुक्तिको पर्यावरणवाद’पनि भनेको पाइन्छ । यस पदावलीको प्रयोग मूलतः प्रथम विश्वको वर्चस्वलाई यस अवधारणाले तोड्न खोजेको सन्दर्भमा गरिएको पाइन्छ । प्रथम विश्वको दृष्टिको आलोचना र एक भिन्न मार्गको प्रस्ताव यस अवधारणामा भए पनि पहिलो विश्व र तेस्रो विश्वसम्बन्धी यसका अवधारणा र व्याख्या पर्यावरण विनाश एवम् गरिबी, असमानता र अन्यायका वास्तविक कारणहरुलाई चिन्हित गर्न र वैकल्पिक मार्ग प्रस्तुत गर्न सफल रहेका पाइन्नन् । गुहाहरुको दृष्टिकोण उत्तरऔपनिवेशिक सिद्धान्तबाट प्रभावित देखिन्छ । उत्तरऔपनिवेशिक पर्यावरणीय दृष्टिकोणले पुँजीवाद, उपनिवेशवाद, अन्तर्राष्ट्रिय विकासको धारणा, केन्द्रीकरण आदिका सन्दर्भमा पर्यावरणीय समस्यालाई हेर्छ र मूलतः यो यीबाट प्रताडित तेश्रो विश्वका मुलुकहरुको समस्यामा केन्द्रित रहेको पाइन्छ । एडवर्ड सइदका मान्यताहरुले यसलाई सैद्धान्तिक आधार प्रदान गरेका छन् । यसले तेस्रो विश्वका आफ्ना समस्याहरु छन् मात्र भन्दैन, उपनिवेशवादको अन्त्यपछि पनि कसरी नव–औपनिवेशिक उत्पीडन विद्यमान छ र पश्चिम अर्थात् पहिलो विश्वले आफ्ना हितहरुका निम्ति तेस्रो विश्वको उत्पीडन कसरी गरिरहेछ भन्ने कुरालाई अघि सार्छ । उत्तरऔपनिवेशिक पर्यावरणवादले पहिलो विश्वको पर्यावरणसम्बन्धी धारणाहरु आफ्ना हितहरुबाट निर्देशित छन् र ती तेस्रो विश्वको हित विपरीत छन् भन्छ । तेस्रो विश्वको पर्यावरणसम्बन्धी उनीहरुको धारणा दोहनकारी छ भन्ने दृष्टिकोण उत्तरऔपनिवेशिक पर्यावरणवादले राख्छ । तेस्रो विश्वले पर्यावरणको संरक्षण र विकासका निम्ति आफ्नै मोडेलको विकास गर्नुपर्छ भन्ने धारणा यसको रहेको छ । ‘पोस्ट कोलोनियल इकोक्रिटिसिज्म’का लेखक ग्राहम हगन र हेलेन टिफिनले उत्तरऔपनिवेशिक पर्यावरणीय दृष्टिकोणले पर्यावरणलाई व्यापक सन्दर्भमा हेर्छ भन्छन् । उत्तरऔपनिवेशिक पर्यावरणवादका आफ्ना सीमाहरु रहेका छन् । एकातिर यसमा उत्तरआधुनिकतावादको प्रभाव पाइन्छ अर्कातिर यसका दृष्टिकोणहरु पर्यावरण विनाश र सङ्कटका वास्तविक कारणहरु प्रस्तुत गर्न असफल रहेका छन् ।
३.४ पर्यावरणीय माक्र्सवाद
पर्यावरणसम्बन्धी माक्र्सवादी अवधारणाका रुपमा पर्यावरणीय माक्र्सवादलाई लिइन्छ । यो विचार एवम् आन्दोलन दुवैका रुपमा रहेको छ । बेन एगरले सन् १९७९ मा प्रकाशित आफ्नो पुस्तक ‘वेस्टर्न माक्र्ससिज्म अयन इन्ट्रोडक्सनः क्लासिकल एण्ड कन्टेम्पोररी सोर्सेज’मा सर्वप्रथम पर्यावरणीय माक्र्सवादको चर्चा गरेका थिए । पश्चिमी माक्र्सवादको एक धारा वा शाखाका रुपमा यसको चर्चा गरिएको छ । पर्यावरणीय माक्र्सवादलाई यस रुपमा उल्लेख गर्न रmचाउने निकै माक्र्सवादीहरु रहेका छन् । यस विचार र आन्दोलनको खास आरम्भ सन् १९८० तिरबाट भएको हो । माक्र्सले व्यवस्थित र विस्तृत रुपमा पर्यावरण, पर्यावरणीय समस्या र सङ्कटका बारेमा चर्चा नगरे पनि यससम्बन्धमा आफ्ना विचारहरु व्यक्त नै नगरेका होइनन् । पर्यावरणसम्बन्धी चासो र आन्दोलन बढ्दै जान थालेपछि आफूलाई माक्र्सवादीका रुपमा प्रस्तुत गर्ने तर यसलाई महङ्खव नदिएको भनेर ‘क्लासिकल माक्र्सवादी’हरुको आलोचना गर्नेहरुले माक्र्सका पर्यावरणसम्बन्धी अवधारणाहरुको अध्ययन र त्यस आधारमा पर्यावरणसम्बन्धी आफ्ना विचारहरुलाई सूत्रबद्ध गर्न आरम्भ गरेका थिए । पर्यावरणीय समाजवादका रुपमा त्यो अगाडि आएको थियो । पर्यावरणीय समाजवादले माक्र्सवादबाट पर्याप्त अन्तर्दृष्टि प्रााप्त गरेको छ तर यो माक्र्सवादबाट कयौं कुरामा भिन्न पनि रहेको छ । समाजवादी दृष्टिकोणका आधारमा पर्यावरणलाई हेर्ने कयौंले माक्र्सका विचारहरु बढी मानवकेन्द्री छन् भनेर पनि आलोचना गरेका छन् । समाजवादी पर्यावरण विज्ञ टेड बेन्टनले माक्र्सको इतिहाससम्बन्धी दृष्टिकोणलाई ‘प्रमेथियन’ र ‘उत्पादकतावादी’ दृष्टिकोण भनेर आलोचना गरेका छन् । रिनग्रुन्डमेनले ‘माक्र्सिज्म एण्ड इकोलोजी’ पुस्तकमा यसप्रति समर्थन जनाएका छन् (फोस्टर, २००७, पृ.१७१) । फोस्टरका शब्दमा ‘प्रमेथियन मोडेल’ उनीहरुको दृष्टिकोणका आधारमा माक्र्सको प्रकृतिमाथि आधिपत्यको मूल तर्क थियो तर पनि उनीहरुले माक्र्सबाट धेरै कुरा लिएको पाइन्छ ।

पर्यावरणीय समाजवाद हरित आन्दोलनभित्रको एक विशिष्ट प्रकारको आन्दोलन थियो । पर्यावरण्ीय समाजवाद विलियम मोरिस जस्ताको ग्रामीण चेतनाले पूर्ण पर्यावरणमैत्री समाजवादको चिन्तनबाट पनि प्रभावित रहेको पाइन्छ । यसमा सघन पर्यावरण र पर्यावरणसम्बन्धी स्वच्छन्दतावादी अवधारणाहरुको प्रभाव परेको पनि देखिन्छ । मोरिस ठुलो परिमाणको उत्पादनका विरोधी थिए र साना–साना सिपआधारित समाजको निर्माण चाहन्थे । यस्तो समाज प्रकृतिसँग निकट हुन्छ भन्ने उनको धारणा थियो (हेउड, २००७, पृ. २७४) । पर्यावरणीय समाजवादीहरु पर्यावरणीय सङ्कटको मुख्य कारकका रुपमा पुँजीवादलाई लिन्छन् । हेउडका अनुसार पर्यावरणीय समाजवादको मुख्य अवधारणा पुँजीवाद पर्यावरणको शत्रु हो, समाजवाद पर्यावरणको मित्र हो भन्ने हो । पर्यावरणीय समाजवादीहरु समाजवाद प्राकृतिक रुपमै पर्यावरणमैत्री छ भन्ने कुरामा जोड दिन्छन् । सम्पत्तिमा स्वामित्वको परिवर्तनका माध्यमबाट पर्यावरणीय समस्याको समाधान गर्न सकिन्छ भन्ने धारणा यसको रहेको छ । पुँजीवादी आर्थिक प्रणाली पर्यावरणीय सङ्कट समाधान गर्न असफल रहेको छ र यसका प्राथमिकताहरु पर्यावरणको संरक्षण र स्थायित्वका विरोधी रहेका छन् भन्ने दृष्टिकोण पर्यावरणीय समाजवादले राख्छ । पर्यावरणीय समाजवादीहरु पुँजीवादका ठाँउमा पर्यावरणीय समाजवादको स्थापना गर्न चाहन्छन् । पर्यावरणलाई केन्द्रमा राख्दै आर्थिक, राजनीतिक, सामाजिक संरचनाको निर्माण पर्यावणीय समाजवादको मुख्य अभीष्ट हो । पर्यावरणीय समाजवादीहरु पर्यावरणमैत्री समाजको निर्माण गर्न चाहन्छन् भन्ने कुरा यसबाट स्पष्ट हुन्छ । पर्यावरणीय समाजवादीहरु हरित राजनीति र समाजवादका कयौं पक्षहरुको आलोचक पनि रहेका पाइन्छन् । उनीहरु माक्र्सवादी क्रान्तिकारी धाराको बढी आलोचक देखिन्छन् । पर्यावरणीय समाजवादलाई हरित समाजवाद पनि भन्ने गरिन्छ । पर्यावरणसम्बन्धी जागरुकताबाट निर्माण भएको यो विचार भूमण्डलीकरणको पनि आलोचक रहेको छ । पुँजीवादको विस्तार गरिबी, युद्ध, सामाजिक बहिष्करण, पर्यावरणको क्षयीकरणको कारकको रुपमा रहेको छ भन्ने धारणा पर्यावरणीय समाजवादीहरुमा पाइन्छ । समाजवादको कुरा गरे पनि पर्यावरणीय समाजवाद वैज्ञानिक समाजवाद भने होइन । समाजवादसम्बन्धी सुधारवादी दृष्टिकोणहरुबाट यसको निर्माण भएको छ । माक्र्सवादका कैयौं मान्यतासँग यसका विमति रहेका छन् । कतिपय चिन्तकहरु यसमा उत्तरआधुनिकतावादी चिन्तनको छाप परेको पनि उल्लेख गर्छन् । पर्यावरण उनीहरुका निम्ति सर्वाेपरि रहँदै आएको छ र समग्र होइन खण्ड, वर्ग होइन वर्गभन्दा बाहिर रहेर समस्याको समाधान खोज्ने दृष्टिकोण उनीहरुमा पाइन्छ ।

पर्यावरणीय माक्र्सवादलाई पर्यावरणीय समाजवादकै परिसरभित्रकै तुलनात्मक रुपमा पर्यावरणीय सङ्कटसम्बन्धी माक्र्सवादी अवधारणाहरुलाई गम्भीरतापूर्वक ग्रहण गर्ने र अघि बढाउने दृष्टिकोणका रुपमा उल्लेख गर्ने गरिन्छ । त्यसैले कतिपय प्राज्ञिकहरु यस परिसरभित्रको ‘दृढ’ अवधारणाका रुपमा पर्यावरणीय माक्र्सवादलाई लिन्छन् र यसको अभावमा पर्यावरणीय समाजवादको कार्यान्वयनसमेत असम्भव हुने धारणा व्यक्त गर्छन् । यसको प्रमुख उद्देश्य पर्यावरणसम्बन्धी माक्र्सवादी धारणाहरुलाई अझ विस्तार गर्दै पुँजीवादका कारण निर्मित पर्यावरणीय सङ्कटलाई विश्लेषण गर्नु र सङ्कट समाधानका बाटाहरु पहिल्याउनु रहेको पाइन्छ । पर्यावरणीय माक्र्सवादले पर्यावरणीय विमर्शमा नयाँ सन्दर्भ मात्र प्रदान गरेन पर्यावरण सङ्कटको सन्दर्भमा पुँजीवादलाई गम्भीरतापूर्वक लिदै यसको समाधानका लागि समाजवादको आवश्यकता र महङ्खवलाई अघि सा¥यो । भूमण्डीकृत पुँजीवाद पर्यावरण विनासको कारक कसरी रहेको छ भन्ने कुराको मसिनो विश्लेषण पर्यावरणीय माक्र्सवादीहरुबाट भएको छ । पर्यावरणीय माक्र्सवादसम्बन्धी प्राज्ञिक विमर्शमा जोन बेलमी फोस्टर र पाउल बु्रर्केटहरुको योगदान महङ्खवपूर्ण मानिन्छ । फोस्टरको कृति, ‘माक्र्स’ज इकोलोजीः मेटेरेलिज्म एण्ड नेचर’ र फोस्टर र बु्रर्केटको कृति, ‘माक्र्स एण्ड द अर्थः अयन एन्टिक्रिटिक’ पुस्तकहरु निकै महङ्खवपूर्ण रहेका छन् । पर्यावरणसम्बन्धी माक्र्सवादी अवधारणाहरुको चर्चा यी पुस्तकहरुमा प्राज्ञिक गहिराइसहित गरिएको छ । अन्य पर्यावरणीय माक्र्सवादीहरुले पनि पर्यावरणसम्बन्धी माक्र्सका अवधारणाहरुको गम्भीरतापूर्वक व्याख्या गरेका छन् । फोस्टर प्रकृतिको समस्यालाई पुँजीको समस्याका रुपमा व्याख्या गर्छन् । फोस्टर र बुर्केट (सन् २०१६, पृ.२) सन् १९६० देखि १९८० बिचको अवधिलाई पर्यावरणीय आन्दोलनको आधारको निर्माणको अवधिका रुपमा लिन्छन् र यस अवधिमै पर्यावरणसम्बन्धी माक्र्सवादी अवधारणा र आन्दोलनको विकास भएको उल्लेख गर्छन् । फोस्टर र बुर्केटले माक्र्सका पर्यावरणसम्बन्धी अवधारणाको कतिपय पर्यावरणीय समाजवादीहरुले गरेको आलोचनाको प्रतिवाद गर्दै कार्लमाक्र्स स्वयंले पर्यावरण शब्दको प्रयोग नगरेको भए पनि उनले समाजिक मेटाबोलिज्मको अर्थात् समाज पर्यावरणीय मेटाबोलिज्मको चर्चा गरेका छन् भनेर उल्लेख गरेका छन् । उनीहरुले श्रम प्रक्रियालाई मानव र प्रकृतिबिचको मेटाबोलिक सम्बन्धका रुपमा व्याख्या गरेको पाइन्छ । फोस्टर (सन् २०००, पृ.viii)ले माक्र्सको विश्वदृष्टिकोण गहिरो एवम् व्यवस्थित रहेको भनेका छन् । उनका विचारमा माक्र्सको भौतिकवादी चिन्तन त्यसको आधारका रुपमा रहेको छ । बुर्केटले प्रकृतिको द्वन्द्ववादसँग आफ्नो पर्यावरणीय चिन्तनलाई जोड्दै त्यससम्बन्धी धारणाहरु प्रस्तुत गरेका छन् । पर्यावरणीय माक्र्सवादीहरुले पुँजीवादसम्बन्धी माक्र्सको अध्ययनमा आफूलाई विशेष रुपमा केन्द्रित गरेको पाइन्छ । यसमा केन्द्रित रहँदै उनीहरु उनको पर्यावरणसम्बन्धी भौतिकवादी अवधारणालाई पछ्याउँछन् । राजनीतिक अर्थशास्त्रसम्बन्धी माक्र्सको दृष्टिकोणलाई उनीहरुले निकै महङ्खव प्रदान गरेका छन् । माक्र्सको पर्यावरणसम्बन्धी भौतिकवादी अवधारणाले उनीहरुलाई दार्शनिक एवम् आलोचनात्मक दृष्टिकोण निर्माणका निम्ति आधार प्रदान गरेको पाइन्छ । माक्र्सको प्रकृतिसम्बन्धी भौतिकवादी अवधारणा उनीहरुका निम्ति अत्यन्त महङ्खवपूर्ण रहेका छन् । पर्यावरणीय माक्र्सवादीहरुले मूलतः पुँजीवादी उत्पादनपद्धतिको गम्भीर आलोचना गर्छन् । पुँजीवादको मानवकेन्द्री अवधारणा, अत्यधिक मुनाफाको लालसा, अत्यधिक उत्पादन, वैश्विक एकाधिकार, भूमण्डीकरण, उपभोक्तवाद, नवउपनिवेशवादको गम्भीर आलोचना पर्यावरणीय माक्र्सवादी विमर्शमा पाइन्छ । जलवायु परिवर्तन, हरित ग्याँस गृह उत्सर्जन, पातलो हुँदै गरेको ओजन तह, भूक्षय, बाढी आदिलाई उनीहरु पुँजीवादको उत्पादनका रुपमा लिन्छन् । उनीहरु पुँजीवादले प्रकृतिलाई वस्तुमा रुपान्तरित गरेको छ भन्ने मान्यता राख्छन् (नायर, सन् २०१०, पृ.२४७) । उनीहरु प्रकृति पुँजीवादका निम्ति आम्दानीको स्रोत बनेको उल्लेख गर्छन् । पर्यावरणीय माक्र्सवादीहरुको सरोकारको अर्काे महङ्खवपूर्ण विषय प्रकृतिसँग सामाजिक–आर्थिक असमानताको सम्बन्ध हो । पर्यावरणीय माक्र्सवादीहरु वर्गीय असमानताले पर्यावरणसम्बन्धी अनुभवमा भिन्नता ल्याउँछ भन्छन् । उनीहरु श्रमको अलगाव (एलिअनेसन)को अन्त्य र राज्य नियान्त्रित आर्थिक मोडेलको निर्माण एवम् मानवकेन्द्रित मूल्यको विकास चाहन्छन् । ठुलो परिमाणको उत्पादन होइन, लघु उत्पादनमा उनीहरुको विश्वास देखिन्छ र उनीहरु सामाजिक विचारधारात्मक परिवर्तनका माध्यमबाट समाजिक समस्याको अन्त्य चाहन्छन् ।

फोस्टरले मेटाबोलिज्मसम्बन्धी माक्र्सको अवधारणालाई निकै महङ्खव दिएका छन् । माक्र्स प्रकृति र जीवनका बिचमा मेटाबोलिक अन्तरक्रियाको कुरा गर्छन् र यससँग अस्तित्वको सम्बन्ध देख्छन् । उनका निम्ति पृथ्वी सार्वभौमिक उपकरणका रुपमा रहेको छ । प्रकृति र जीवनबिचको मेटाबोलिक अन्तक्र्रियामा पुँजीवादका कारण सङ्कट उत्पन्न भएको छ । यसैलाई ‘मेटाबोलिक रिफ्ट’ अर्थात् दरारका रुपमा उल्लेख गरिन्छ । पारिस्थितिक सङ्कट यससँग जोडिएको छ । जीवनमा जीवनयापनका निम्ति हुने रासायनिक प्रक्रियालाई मेटाबोलिज्म भनिन्छ । मेटाबोलिज्म अर्थात् चयापचय प्रक्रियाले जीवनलाई बढ्न, प्रजनन गर्न, आफ्नो रचनालाई सुरक्षित राख्न र पर्यावरणप्रति सजग रहन सहयोग पु¥याउँछ । चयापचयका दुई प्रकार रहेका छन् । अपचयले कार्बनिक पदार्थलाई विघटन गर्छ । उदाहरणका निम्ति कोसकीय स्वसनबाट उर्जा उत्पादनलाई लिन सकिन्छ । उपचयले उर्जाको प्रयोग गरेर प्रोटिन र नाभिकीय अम्ल जस्तो कोसिकाको निर्माण गर्छ । प्रकृति र मानिसबिचको अन्तक्र्रियात्मक सम्बन्धले प्रकृति र मनुष्यको जीवनलाई सुरक्षित राख्न सम्भव हुन्छ । मनुष्यको जीवनको चयापचय प्रकृयालाई प्रकृतिसँग अलग गर्न सकिन्न । जीवनको मेटाबोलिज्मका निम्ति प्रकृतिको अस्तित्व आवश्यक रहन्छ । प्रकृति र मनुष्यका बिचमा मेटाबोलिक अन्तक्र्रियाकै कारण जीवन सम्भव भएको हो । त्यसैले फोस्टरले यस विषयलाई पर्यावरणसम्बन्धी आफ्नो माक्र्सवादी प्राज्ञिक विमर्शमा महङ्खव दिएर उठाएका हुन् ।

पर्यावरणीय माक्र्सवादले पर्यावरणसम्बन्धी माक्र्सको दृष्टिकोणका साथसाथै उनका इतिहास, उत्पादन, पुँजी र भौतिकवादी दृष्टिकोणहरुका आधारमा पर्यावरणीय सङ्कटलाई बुझ्ने र विचार एवम् आन्दोलनको निर्माण गर्ने प्रयत्न गर्दै आएको भए पनि यसका आफ्ना सीमाहरु पनि रहेका छन् । माक्र्सको आर्थिक सिद्धान्तलाई पर्यावरणीय माक्र्सवादीहरुले पूर्ण रुपमा स्वीकार गर्न सकेको पाइन्न । यही कुरा दार्शनिक, राजनीतिक एवम् सामाजिक सिद्धान्तका सन्दर्भहरुमा पनि लागु हुन्छ । पर्यावरणीय माक्र्सवादको स्वाभाविक रुपले पर्यावरणमाथि जोड रहने नै भयो । त्यसैले यसको केन्द्रमा पर्यावरण रहेको पाइन्छ । यसैकारण यिनीहरुको जोड पर्यावरणीय आन्दोलनमा रहेको छ । वर्ग र वर्गसङ्घर्ष परिधिमा धकेलिएका छन् । यसै सन्दर्भमा यसलाई वैज्ञानिक समाजवादमा होइन सुधारवादी समाजवादमा विश्वास गर्ने दृष्टिकोणका रुपमा उल्लेख गर्ने गरिन्छ (किरण, २०७७, पृ.२७) । कतिपयले यसको ध्येय पर्यावरणीय समाजवाद हो भनेर उल्लेख गर्न रूचाउँछन् । यिनीहरु स्थिर राजकीय आर्थिक मोडेल (Steady state economic model) चाहन्छन् । यसका आलोचकहरु यसलाई शून्य उत्पादनको आर्थिक मोडेलका रुपमा अथ्र्याउँछन् । यिनीहरुको जोड संज्ञानात्मक समुदायको निर्माणमा रहेको देखिन्छ । यसलाई सुधारवादी प्रक्रियाका रुपमा हेर्ने गरिन्छ । कतिले पर्यावरणीय माक्र्सवादलाई उत्तरआधुनिकतावादी दृष्टिकोणको प्रभाव ग्रहण गरेको आन्दोलनका रुपमा पनि अथ्र्याउने गरेका छन् । आफ्ना सीमाहरुका अतिरिक्त पनि पुँजीवादको व्यापक र गम्भीर आलोचना यसमा पाइन्छ र वैकल्पिक समाजव्यवस्थाको स्थापनाको चाहना देखिन्छ । पर्यावरणीय सङ्कटका निम्ति पुँजीवाद कति जिम्मेवार छ भन्ने यथार्थलाई पर्यावरणीय माक्र्सवादीहरुले गम्भीर ढङ्गले प्रस्तुत गरेका छन् ।
(इच्छुक सांस्कृतिक प्रतिष्ठानबाट प्रकाशित प्रवर्तक अङ्क आठबाट साभार –सं) क्रमशः