
आफ्नो मिसन छोडेर
हाम्रो मिसनमा आईस् भन्दै
रातो कार्पेट बिच्छाएर
कसै -कसैले मलाई गुलियो पापट दिए
म मख्ख परे ।
आफ्नो मिसन छोडेर
तँ किन
अर्काको मिसन सफल पार्न
उता गइस् भनेर
धेरै जनाले मलाई गतिलो झापड दिए
म झसङ्ग भए ।
कहिले उताको
मन्द बिष सहितको गुलियो पापड त
कहिले यताको
गतिलो झापड खाएर
उठ्नै नसक्ने गरि
म त थङ्थिलो भएको छु हजुर,
कहिले सदनको झापड
कहिले सडकको झापड
कहिले मञ्चमै पाँच औलाको झापड
कहिले मञ्चमै जुत्ताको झापड
कहिले कालो झण्डाको झापड
कहिले पुत्ला दहनको झापड
कहिले आफ्नै गठबन्धनको झापड
कहिले पर्तिपक्षको झापड
कहिले पश्चिम तिरको खबरदारीको झापड
कहिले दक्षिण तिरको खबरदारीको झापड
कहिले हिजो सङ्गै लडेकाहरुको झापड
कहिले आज सङ्गै बसेकाहरुको झापड
झापड त
कति खाइयो कति
झापड खाँदा खाँदा
सिङ्गो शरिर गैडाको छालाजस्तो भयो हजुर
तैपनि मेरो चेत खुलेन
म त, उतै लम्पसार…. परिरहे ।
यताको बाटो बिराएर उता गै हालियो
नदिनु पर्नेथ्यो धोका द्यै हालियो
धोका खाएको जनआक्रोसले
कतै मदन भण्डारी जस्तै
बेवारिस भइने हो वा
हेगमा लगेर झुण्ड्याइने हो भन्ने डर छ ।
डरै डरको जीन्दगीमा
केबल बाच्नकै लागि
जे गरेर भएपनि
जस्को बुई चढेर भएपनि
सत्तामा नझुण्डिनहुने कर छ ।
२०७९/१२/८