वस्ती वस्तीहरुमा
जब गुञ्जिन्छन्- जीवनका मधुर गीतहरु
मृतात्माका करबिरे मसानहरु
भागी जान्छन् चिहानतिर ।
 
झाेपडीहरुले गाए भने यदि
भाेकाे पेटका गीतहरु
पसिनाका सुगन्धित गीतहरु
ठेला उठेका हत्केलाका गीतहरु
चरचरी फुटेका कुर्कुचाका गीतहरु
भिजेका परेलीका गीतहरु
निस्लाैट अाेँठका गीतहरु
उदास अनुहारका गीतहरु
बिकल हृदयका गीतहरु
त्यसै त्यसै चर्किनेछन्- महलका झ्याल ढाेकाहरु
त्यसै त्यसै थर्किनेछन्- दरबारका शयन काेठाहरु ।
 
छिनाे माथि घन बजार्दा निस्केकाे सुरतालमा
पसिनाका मिठाे धून भरेर
जीवनका अशावादी शब्दहरुमा
श्रमकाे संगीत भरिन्छन् जब
पाखा पखेराहरु त्यसै त्यसै खुशी नाच्छन्
धरती अाकाश त्यसै त्यसै उमंग हाँस्छन्
पसिनाकाे मसीमा हथाैडाकाे बिँड चाेपेर
जमिनका धमिला पन्नाहरुमा
भविष्यका उज्जर सपना काेरिन्छन् जब
त्यही सेराेफेराेमा गीतले नयाँ भाव बाेक्दछ
त्यही अालापमा संगीतले नयाँ भाका बाेल्दछ
वस्ती वस्तीहरुमा
जब गुन्जन्छन्- जीवनका मधुर गीतहरु
मृतात्माका करबिरे मसानहरु
भागी जान्छन् चिहानतिर ।
११ चैत्र, २०७९ /घाेराही, दाङ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार