झर्रोटर्रो : निर्मलाको लेखौटो

  म निर्मला पन्त । म मरेको आज १३६ दिन पुग्यो । मलाई बलात्कार गरेर हत्या गरेको घटनाले देशै तताएको छ । यतिका दिन वितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेका छैनन् । सायद मलाई बलात्कार गरेर हत्या गर्नेहरू सत्ताग्रहबाट आएका एलियन पो हुन् कि ? सत्ताग्रहबाट आएर मलाई बलात्कार गरिवरि हत्या गरेर उतै पो फर्के […]

वर्तमान राजनीतिक परिस्थितिबारे क्रान्तिकारी माओवादीको विश्लेषण

 आज विश्वमा साम्राज्यवादी तथा विभिन्न शक्तिकेन्द्रहरुका बीच नवउदारवाद र संरक्षणवादको विषयमा संघर्ष चलिरहेको छ । यति बेला यो संघर्ष व्यापारयुद्धमा संकेन्द्रित बन्न गएको छ । अहिले अमेरिका इरानसित गरिएको परमाणु सम्झौताबाट पछि हटेको छ र विभिन्न विषयमा त्यो एक्लिँदै गइरहेको छ । आज विभिन्न साम्राज्यवादी देश तथा शक्तिकेन्द्रहरु आ–आफ्नो कित्ता बलियो बनाउन ठूलो कसरतमा लागिरहेका […]

सकियो त अब मोदी काल ?

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको पूर्वसन्ध्यमा भएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले अप्रत्याशित हार बेहोरेको छ । पाँच राज्यमा भएको निर्वाचन परिणामले भाजपा सकिइँदै गएको देखाएको छ । निकै हल्लाखल्ला र प्रचारबाजीमा लागेको मोदी सरकार र यसको पार्टी जनतामा भने नांगिइँदै गएको प्रतित हुन थालेको भारतीय जनताले खुले बताउन थालेको छन् । छत्तीसगढ […]

देजमो काभ्रेले थाल्यो नक्कली नक्साविरोधी अभियान

बनेपा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काभ्रेले नक्कली नक्सा विरोधी अभियान थालेको छ । लिम्पियाधुरा–कालापानी–लिपुलेक, सुस्ता लगायत देशको करिब १० हजार वर्ग किमीभन्दा बढी भूभाग गायब पारिएको नक्कली नक्सा सरकारी निकायहरुमा समेत प्रयोग भइरहेको पाइएकोले त्यसका विरुद्ध मोर्चाले अभियान चलाउँदै आएको छ । मोर्चाको काभ्रे जिल्लाले सबै स्थानीय तह, सरकारी कार्यालयहरुमा अनुगमन गरी नेपालको वास्तविक […]

विलासितामा डुबेको सरकार

संघीय गणतन्त्रका तिनै तहका निर्वाचित सरकारी जनप्रतिनिधिहरु निकै ऐय्यासी जीवनको ढर्रामा उन्मुख हुँदै गइरहेका छन् । उनीहरु जननिर्वाचित भएकाले ‘आफूहरु अंकुशविहीन’ भएको व्यवहार प्रदर्शन गरिरहेका छन् । जनताको निर्वाचित प्रतिनिधि सभ्य, सरल, विनम्र र सहयोगी हुने भन्दा पनि अहंकारी, ढोंगी र आदेशकारी हुनु पर्ने समझमा देखिन्छन् । यो आम जनताका लागि बिस्तारै असैह्य र अपाच्य […]

अविश्वासको घेरामा स्थानीय न्यायिक समिति

काठमाडौं । स्थानीय सरकार निर्माण भएपछि जनताका घरघरमा न्याय पुग्ने विश्वासका साथ निर्माण गरिएको स्थानीय न्यायिक समितिप्रति जनताको आकर्षण बढ्न सकेन । नगरपालिकाको उपमेयरको संयोजकत्वमा र गाउँपालिका उपप्रमुखको संयोकत्वमा हरेक स्थानीय सरकारहरुमा स्थानीय न्यायिक समिति रहेको छ । सुरुमा यो न्यायिक समितिप्रति स्थानीय जनताको केही आशा र भरोसा तथा आकर्षण बढ्दै गइरहेको देखिए तापनि स्थानीय […]

चितवनको एनपिआई÷एनएसएच कलेजमा अखिल (क्रान्तिकारी)को ३९ जनाको मूल इकाई कमिटि गठन

चितवन । जिल्लाकै ठूलो मध्येको एक एनपिआई÷एनएसएच कलेजमा आइतबार अखिल (क्रान्तिकारी)को मूल इकाई कमिटि गठन भएको छ । प्रताप बस्याल अध्यक्ष रहेको ३९ सदस्यीय कमिटि निर्माण गरिएको छ । उक्त कमिटिका उपाध्यक्षमा गिरिराज हुमागाई, संजय केीि, सुस्मिता अधिकारी, लाल कुमारी गुरुङ रहेका छन् भने सचिवमा शिवराज नेपाली रहेका छन् । सहसचिवहरुमा मनोज पल्ली, सुरक्षा थापा, […]

डबल नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश

नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)मा ध्रुवीकरण बढ्दै गएको छ । नेपालगञ्जबाट प्राप्त समाचार अनुसार डबल नेकपा परित्याग गरी ३१ जना स्थानीय नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । शनिबार भएको एक कार्यक्रमका बीच तत्कालीन माकेका तर्फबाट वडा सदस्यका प्रत्यासी माहाराजदिन कुर्मी, महिला वडा सदस्य साल्मा ढपाली, पार्टी सदस्यहरु महेश कुमार बर्मा, रोहित […]

त्रि.वि.मा बढ्दो पार्टीकरण र भ्रष्टीकरणका विरुद्ध प्राध्यापक संगठनको अनिश्चितकालीन  तालाबन्दी

काठमाडौं । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले त्रिभूवन विश्वविद्यालय र यसका महत्वपूर्ण प्राज्ञिक निकायहरुमा भइरहेको पार्टीकरण, आर्थिक अनियमितता, शैक्षिक एवम् प्राज्ञिक भ्रष्टाचारका विरुद्ध भन्दै त्रिविमा तालाबन्दी गरेको छ । यस विषयमा समय समयमा गरिएका संवाद र सहमति एवम् सकारात्मक समाधानका उपायलाई बेवास्ता गरी व्यक्तिगत र पार्टीगत स्वार्थ पुरा हुने गरी भएका नियुक्ति र भयावह भ्रष्टाचार तथा […]

फ्रान्समा ‘यलो भेष्ट’ प्रदर्शन चौथो हप्तामा

काठमाडौं । फ्रान्समा इन्धनमा भएको अत्यधिक मूल्य वृद्धिलाई लिएर चारहप्तादेखि निरन्तर ‘यलो भेष्ट’ विरोध प्रदर्शन भइरहेको छ । यो विरोध प्रदर्शनलाई इम्यानुअल म्याक्रोंले दबाएर ठीक पार्ने बताइरहँदा त्यहाँका जनता सशक्त रुपमा सडकमा उत्रिइरहेका छन् । दिनप्रतिदिन विरोध प्रदर्शन निकै सशक्त भइरहेकाले सरकार पनि निकै उद्दण्ड बनेर धैर्यता गुमाउँदै प्रस्तुत भइरहेको छ । देशव्यापी आकार लिंदै […]