३ श्रावण पोखरा
श्रावण ३ गते बुधवारका दिन कास्की जिल्ला माछापुच्छे्र गाउँ पालिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गाउँपालिका संगठन समितिको पार्टी एकता अधिवेशन ( प्रशिक्षण तथा बैठक ) माछापुच्छे्र गाउँ पालिकाको भुर्जुङ्गखोलामा भव्यरुपमा सम्पन्न भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य, ४ नंम्बर प्रदेश सह संयोजक एवं कास्की जिल्ला इन्चार्ज किशोरको प्रमुख आतित्थ्यतामा सम्पन्न उक्त गाउँ पालिका स्तरीय पार्टी एकता अधिवेशनमा कास्की जिल्ला संयोजक सुजन, निशान, लक्ष्मी, बलराम, रविन्द्र, भिमसेन, गगन, सल्लाहकारहरु उमानाथ र चित्रलालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल माछापुच्छे्र गाउँ पालिका संगठन समितिका संयोजक बिजयको अध्यक्षतामा सम्पन्न पार्टी एकता अधिवेशनले १७ सदस्सीय माछापुच्छे्र गाउँ पालिका संगठन समिति गठन गर्न सफल भएको छ । कार्यक्रमको सञ्चालन सुर्यले गर्नु भएको थिया भने स्वागत मन्तव्य बुद्धिले गर्नु भएको थियो ।
माछापुच्छे्र गाउँ पालिका संगठन समितिमा संयोजक बिजय, सदस्यहरु समिर, विशाल, प्रेम, रोजिना, अजित, भरत, सुमन, बुद्धि, सुर्य, कुल वहादुर, अमन, रोशन, अनिल, जानकी र सुजन रहेका छन् ।






























