४ साउन काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी) ३ नं. प्रदेशले श्रावण ६ गते समय १०:३० बजे बागवजारको पद्मकन्या बहुमुखी क्याम्पसमा एकता भेला तथा प्रशिक्षणको आयोजना गर्न लागेको छ ।
उक्त भेलामा १३ जिल्लाका प्रतिनिधि विधार्थी नेताहरु भेला हुने र उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टी तथा संगठनका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी अखिल(क्रान्तिकारी)को केन्द्रिय सह–संयोजक तथा ३ नं. प्रदेश इन्चार्ज शीलु न्यौपानेले गराउनु भयो ।






























