अखिल(क्रान्तिकारी) ३ नं. प्रदेशकाे संयुक्त भेला श्रावण ५ गते

अखिल(क्रान्तिकारी) ३ नं. प्रदेशकाे संयुक्त भेला श्रावण ५ गते

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी) ३ नं. प्रदेशले श्रावण ५ गते समय १०:३० बजे बागवजारकाे पद्मकन्या बहुमुखी क्याम्पसमा एकता भेला तथा प्रशिक्षणकाे आयाेजना गर्ने भएकाे छ ।

उक्त भेलामा १३ जिल्लाका प्रतिनिधि विधार्थी नेताहरु भेला हुने र उक्त भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टी तथा संगठनका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेकाे अखिल(क्रान्तिकारी)काे केन्द्रिय सह-संयाेजक तथा ३ नं. प्रदेश इन्चार्ज शीलु न्याैपानेले जानकारी दिनुभयाे।