हामीकै दुस्मन

हामीकै दुस्मन

कविता

हामीसँगै
उमारेका बिरुवा
हामी आफैंले
उखेलेर फाल्यौं
हामीले नै
आकाशमा रोपेका
चन्द्रमा
हामी मिलेर निभायौं
हामीले नै
पहाड फोरेर
बगाएका नदीहरु
हामीले नै सुकायौं
हामी नै त हौं
त्यस्ता मानिस
निंदभित्र उमारेर
सुन्दर सपनाहरु
फेरि तिनलाई
च्यात्दै
जलाउने पनि हामी नै हौं
हिमाल बनाएर
हिमाल चढाउने
अनि हिमाल भत्काएर
रमाउने पनि हामी नै हौं
प्रेमको टुसामा
प्रेम फुलाउने
उत्सर्गको मोहमा
चुर्लुम्म डुबाई
घात गर्ने
यस शताब्दीकै
दुर्नाम धोखेबाज
पनि हामी नै हौं
हामी हामीकै
दुस्मन हौँ ।