केन्द्रीय सैन्य प्रशिक्षण र मेरो राजनीतिक जीवनको नयाँ मोड

केन्द्रीय सैन्य प्रशिक्षण र मेरो राजनीतिक जीवनको नयाँ मोड

संस्मरण

पार्टीको योजनालाई पुरा गरि लगातार पाँचरात हिँडेर जाजरकोटको जगतीपुर गाविसस्थित भेरी नदी पार गरि रुकुम जिल्लाको चौरजहारी आएर बस्यौँ । चौरजहारीबाट बिहानै हिँडेर सल्यानको कालागाउँ, रुकुमको नुवाकोट, झुल्नेटा हुँदै खुम्चेरी गाउँमा आयौँ । एकदिन त्यहाँ आराम गरि त्यसको भोलिपल्ट दुई नम्बर प्लाटुनका क.विविध, क.हिमाललगायतका कमरेडहरूले अविर र माला लगाएर अर्को मोर्चामा सँगै लड्ने प्रतिबद्धता जाहेर गर्दै हामीलाई बिदाई गर्नुभयो । हामी उहाँहरूसँग बिदाई लिएर जङ्गलको बाटो उकालो चढेर पाछावाङको लेकमा आयौँ । त्यो लेकबाट सानो डोरेटो बाटो समातेर जङ्गलैजङ्गल ओह«ालो झरेर रोल्पा जिल्लाको पाछावाङ गाविसको सल्लाबोट गाउँमा आएर बस्यौँ । अर्कोदिन त्यहाँबाट हिँडेर राङकोट गाविसको मौलाबोट गाउँमा आयौँ । मौलाबोटमा स्थानीय कमरेडहरूले एउटा खसी काटेर हामीलाई खुवाउनु भयो । त्यहाँ हाम्रो प्लाटुनको बैठक बस्यो । दुई घण्टा बैठक बसेर पार्टीको निर्देशनअनुसार पन्ध्रदिनको लागि बिकेन्द्रित भयौँ ।

प्लाटुन सहायक कमाण्डर क.किरण बाहेक तीनवटै सेक्सन सँगै थियौँ । ती सेक्सनलाई तीनवटै क्षेत्रमा रहने र त्यतैबाट घरभेटघाटसमेत् मिलाउने उद्देश्यले क.बरूण र क.गुलावको सेक्सनलाई जिल्लाको पूर्व र मध्य भागमा पठाउने, क.हितमानको सेक्सन उत्तर–पश्चिमको भूगोलमा पठाउने निर्णय भयो । त्यही निर्णयअनुसार क.बरूण र क.गुलावको सेक्सन कुरेली भावाङ हुँदै जङ्कोटतिर लाग्यो । क.हितमानको सेक्सन कुरेली र मिरुलतिर लाग्यो । म पनि क.हितमानको सेक्सनसँगै राङकोटबाट कुरेलीतिर लागेँ । बिहानै हिँडेर कुरेलीको सरावाङ गाउँमा पुग्यौँँ । सरवाङ गाउँबाट सेक्सनका कमरेडहरूसँग फाटेर म मेरी श्रीमतीको कार्यक्षेत्रतिर लागेँ । त्यतिखेर मेरी श्रीमतीको कार्यक्षेत्र कुरेलीकै सर्सुवारी दोमइडाँडा भन्ने गाउँमा थियो । जब म मेरी श्रीमती भएको घरमा पुगेँ त्यहाँ कमलपित्त रोग लागेर उनी गम्भीर बिरामी भएकी रहिछन् । एसिएम क.ऋतुको कमाण्डमा डोकोमा बोकेर राङकोटको गुरीचौर भन्ने ठाउँमा अवस्थित उप–स्वास्थ्य चौकीमा पु¥याई उपचार गराएर मात्र केही सञ्चो भएकी रहिछन् । क.ऋृतु सेनामा कार्यारत रहेको बेला आन्तरिक दूर्घटनामा परी वीरगति प्राप्त गरिसक्नु भएको छ । त्यतिबेलाको कमलपित्तको रोगले मेरी श्रीमतीलाई अहिले पनि छोडेको छैन । जे होस् त्यसदिन त्यहीँ बसेर भोलिपल्ट मैले छोरीलाई बोकेर र श्रीमतीलाई बिस्तारै हिँडाएर उपचारमा लग्ने काम भयो । त्यो उपचारले रोगको निवारण त भएन, रोकथामसम्म भयो ।

केहीदिन त्यही एरियामा बसेर स्थानीय कमरेडहरूलाई राजनीतिक र साङ्गठनिक कार्यहरूमा सहयोग गरि म सम्पर्क स्थानतिर लागेँ । सम्पर्क कोटगाउँ गाविसको दारबोटमा थियो । दारबोटमा साउनको पहिलो हप्ताबाट एकमहिने केन्द्रीय फिजिकल ट्रेनिङ थियो । क.मदन, क.हितमान, क.ज्वाला, क.विश्वास, क.रबिन, र म गरि छजना भावाङ, कोर्चावाङ हुँदै दारबोटमा पुग्यौँँ । हितमान हाल पलायन छन् भने क.मदन हाल पाँचौ डिभिजन सहायक कमाण्डर र क.ज्वाला चौथो डिभिजनमा वटालियन सह–कमाण्डरको रूपमा कार्यरत हुनुहुन्छ । क.विश्वास भने सुकीदहको घेराबन्दीमा परी आफ्नो सहयोद्धा कमरेडहरूलाई घेरा तोडेर बाहिर निकाल्ने क्रममा दुस्मनसँग अदम्य साहासका साथ भिड्दा–भिड्दै उच्च वीरगति प्राप्त गर्नुभयो । त्यस्तै क.रबिन पूर्वमा पार्टीको योजनामा सम्पन्न सफल एम्बुसमा शाही नरपिचासहरूसँग लड्दा–लड्दै अमरत्व प्राप्त गर्नुभयो । अरू केही जना कमरेडहरू हामीभन्दा पहिले सम्पर्कमा आइसक्नु भएको रहेछ । केही जना भोलिपल्ट सम्पर्कमा आउनु भयो ।

दारबोटमा पार्टी केन्द्रको योजनाअनुसार केन्द्रीय सैन्य शिविर सञ्चालन हुन गइरहेको थियो । त्यसको सम्पूर्ण जिम्मा पश्चिमाञ्चल क्षेत्रीय व्यूरोले लिएको थियो । व्यवस्थापनको लागि रोल्पा जिल्लाले जिम्मा लिएको हुँदा बहुसङ्ख्यक डिसिएम र एसिएम साथै स्क्वायर्र्डहरू तीब्र गतिले तयारीमा जुटिरहनु भएको थियो । हामीले पनि केही दिन सहयोग ग¥यौँँ । देशभरिबाट प्रशिक्षार्थीहरू छानिएर आउने सल्लाह थियो । साथै प्रशिक्षक पनि बाहिरबाट आउने पक्का भइसकेको थियो । जब टे«निङको लागि मिति नजिक आइपुग्यो, प्रशिक्षार्थीहरू धमाधम सम्पर्कमा आउने क्रम बढ्यो । प्रशिक्षक पनि तोकिएको समयमा सम्पर्कमा आइपुग्नु भयो । रनिङ र ड्रिलको लागि फिल्ड, बस्ने क्याम्प, व्यवस्थापनको सबै तयारी पुरा गरिसकेपछि साउन ५ गतेबाट विधिवतरूपमा उद्घाटन गरि फिजिकल टे«निङ शुरू गर्ने काम भयो । मुख्य प्रशिक्षक क.बालाजी, सहायक प्रशिक्षकहरू क्रमशः क.दिलिप र क.पासाङ रहनु भयो । प्रशिक्षार्थीहरू पूर्वी नेपालबाट क.पराबाना ‘सन्तु दराई’ (हाल ७ नम्बर डिभिजन कमाण्डर) लगायत चारजना, गण्डकबाट क.भिमसेन पोख्रेल र सन्तोष (उहाँहरू दुवैजना गोरखा र नुवाकोटमा शहादत हुनुभयो) लगायत पाँचजना, पश्चिम नेपाल मूलतः भेरी–कर्णालीबाट क.परिवर्तनलगायत तीनजना, उपत्यकाबाट क.सुजनलगायत दुइजना, तीननम्बर प्लाटुनबाट क.सन्देशलगायत तीनजना, दाङ जिल्ला स्क्वायर्र्डबाट क.राजेश ‘धनबहादुर मा‚की’लगायत दुइजना, दुइनम्बर प्लाटुनबाट क.सुन्दरलगायत पाँचजना, एकनम्बर प्लाटुनबाट मलगायत दसजना, रोल्पा जिल्ला स्क्वायर्र्डबाट महिला पुरुष गरि आठजना, रोल्पा जिल्ला कमिटि सदस्यबाट एकजना गरि जम्मा बयालीसजना थियौँ । व्यव‚थापनमा जिल्ला पार्टीको तर्फबाट बरिष्ठ डिसिएम क.सिजल ‘दीपेन्द्र पुन’, मेष विभाग प्रमुखमा क.याङ्कु, नक्सा कोर्ने र दोभाषेको लागि क.शक्तिमान रहनु भयो । प्रशिक्षार्थीहरूको समग्र कमाण्ड मैले गरेको थिएँ ।

प्रमुख प्रशिक्षक क.बालाजीलाई हिन्दी भाषा नआउने, तेल्गु भाषा मात्र आउने भएकाले क.दिलिपले तेल्गु भाषालाई हिन्दीमा रूपान्तरण गर्ने, हिन्दी भाषालाई हामीले अन्य कमरेडहरूलाई नेपाली भाषामा रूपान्तरण गरिदिने सल्लाह भयो । यसरी बिहान ४ ः ४५ बजे अनिवार्यरूपमा उठ्नु पर्ने, ५ बजेसम्म नित्यक्रम गरिसक्नु पर्ने, ५ ः १५ सम्ममा तातोपानी जति सकिन्छ पेटभरि पिउने, ५ ः ३० बजे फिल्डमा उपस्थित हुने, ५ ः ४५ सम्म लाइन लागेर काउन्ट गरिसक्ने र ठीक ५ ः ४५ बजेबाट पिटि शुरू गर्ने गर्दथ्यौँ । यस्तो थियो हाम्रो समय तालिका । पिटिमा सबैभन्दा पहिले सामान्य दौडबाट क्रमशः हमिङरन, साइडरन, व्याकरन, डकरन र वीपनअप गरि रनिङ गर्ने लगायत दर्जनौँ आइटमहरू ५५ मिनेटसम्ममा पुरा गर्ने हुन्थ्यो । ५ मिनेट क्वीकरन गरि १ घण्टाको रनिङ पुरा गर्नु पर्दथ्यो । रनिङ पुरा गरेर पिटि अन्तर्गतकै एक्सरसाइज गर्ने, जस्तै– विभिन्न आइटमहरूको रोटेशनमा पुसअप, सिटअप, लेग स्क्याट†रिङलगायतका आइटमहरू एक घण्टामा पुरा गरिन्थ्यो । त्यसपछि ७ ः ४५ मा ना‚ता खाने, ना‚ता खाएर ब्याटल ड्रिल गरिन्थ्यो । ब्याटल ड्रिलमा हतियारसँग टनेलमा प‚ने, क्राउलिङ गर्ने, टे«न्चरमा पस्ने, टे«न्चरबाट फाइर गर्न अभ्यास गर्ने हुन्थ्यो । त्यस्तै फाइर गरेर कभर चेन्ज गर्ने, अब्स्ट्याकल पार गर्ने, मङ्कीरोप, मङ्कीक्लाइम्बिङ ब्यालेन्सजम्प, बेनरन, रिभरक्रस आदि आइटमहरू पुरा गरेर १० बजेदेखि ११ बजेसम्म खाना खानु पर्दथ्यो । दुई घण्टा आराम गरेर १ बजेदेखि ३ बजेसम्म दुई घण्टा फिल्डक्राफ्ट र ब्याटलक्राफ्टको सैद्धान्तिक अध्ययन गर्ने, ३ बजे चिया नास्ता, ३ ः ३० बजेदेखि ५ बजेसम्म परेड ड्रिल गर्ने रुटिन तय भएको थियो । यसमा सेनामा हुुनुपर्ने सैन्य अनुशासन, सेनाले गर्नुपर्ने काम कर्तव्य, सेनामा हुनुपर्ने गुण, सलामी, सामुहिकताको भावना, उच्च मनोबल राखिराख्ने र सेनाको दैनिक क्रियाकलापहरूको बारेमा क्लास लिने गरिन्थ्यो । ५ बजे दिनभरिको पिटिलाई समाप्त गरि बेलुका ७ बजेसम्म खाना खाइसक्ने, ८ देखि ९ बजेसम्म अतिरिक्त क्रियाकलापमा सहभागी हुने, ९ बजेदेखि कडा सुरक्षाका साथ क्याम्प साइलेन्ट गर्ने हाम्रो तालिमका कार्यतालिका थियो । यसरी आवश्यकताअनुसार आइटमहरू बदल्दै अगाडि बढ्न सकिने हुन्थ्यो ।

वर्षातको मौसम थियो । सबैभन्दा पानी पर्ने साउनको महिना थियो । दिनभरि पानीमा लुथ्रुकै भिजेर हिलोमा बिभिन्न आइटमका क्रोलिङहरू गर्ने, घिस्रिने, पल्टिने, उत्तानो पर्ने लगायतका फिल्ड आइटमहरू पुरा गरि बेलुका हिलै–हिलो भएको चिसो डे«स झिकेर क्याम्पमा झुण्डाउने र अर्को लुगा लगाएर बस्ने गर्दथ्यौँ । भोलिपल्ट बिहानै उठेर त्यही चिसै डे«स लगाएर तालिममा जाने, घाम गर्दा डे«स शरीरमै सुक्ने, पानी पर्दा हप्दौ दिनसम्म पनि नसुक्ने, अत्यन्त मिहेनत र कठिनाइका साथ फिजिकल टे«निङ पुरा गरेका थियौँ । त्यो टे«निङ मेरो निम्ति तेस्रो टे«निङ थियो । त्यसबेला म ३६ वर्षको थिएँ । पहिलो दुइवटा टे«निङ क्रमशः रोल्पाको ओत गाविसको छड्केढुङ्गामा र दोस्रो जाजरकोट बडालेकमा क.पासाङले दिनुभएको थियो । पहिलो र दोस्रो टे«निङभन्दा तेस्रो टे«निङ व्यक्तिगत हिसाबले र सामुहिक हिसाबले दुवै क्षेत्रमा धेरै प्रभावकारी थियो । त्यसबेलाको टे«निङमा प्रशिक्षकको बिशाल हृदय, भूमिका र कासन नै मलाई सबैभन्दा बढी मन परेको थियो । अझै भुल्नै नसकिने सँधै दिल दिमागमा घुमिरहने कुरो त एउटा खोल्सोमा गएर जति सकिन्छ आकाश पाताल छुनेगरि चिच्याउने, सिठ्ठी बजाउने र दगुर्दादगुर्दै लामो स्वरमा एकैचोटी कासन गर्ने नै थियो । रेड र एम्बुसको तालिम गर्दा साँच्चिकै रेड, एम्बुस गरेको जस्तो भान हुन्थ्यो । हतियार खोल्ने, सफा गर्ने, जोड्ने, बम बनाउने काम त सामान्य नै हुन्थ्यो । अर्को एउटा राम्रो पक्ष नजिकै कोटगाउँमा पुलिसपोष्ट रहँदारहँदै हामीले एक महिनासम्म दारबोटको जङ्गलमा तालिम सम्पन्न गर्नु पुलिसलाई कुनै अत्तोपत्तै नहुनु यो ऐतिहासिक परिघटना थियो । त्यसले के प्रमाणित हुन्थ्यो भने, जनता महासागर हुन्, हामी महासागरमा तैरने माछा हौँ भन्ने भान हुन्थ्यो ।

एक महिना टे«निङ गरेर समापन समारोहको लागि पार्टीको महामन्त्री हाम्रो पार्टी अध्यक्ष क.प्रचण्डलगायत अन्य अतिथि कमरेडहरू आउनु भयो । कार्यक्रम समापनको लागि एउटा ठुलो हल बनायौँ । सबै प्रशिक्षार्थीहरू हलमा प्रवेश गरिसकेपछि क.दिवाकरको सभापतित्व, क.शुरेससिंहको सञ्चालनमा र क.प्रचण्डको प्रमुख आतिथ्यमा समापन कार्यक्रम शुरु भयो । देशभरिबाट टे«निङमा सहभागी हुन आउनुभएका सबै कमरेडहरूबाट एक महिने फिजिकल टे«निङको सकारात्मक र नकारात्मक समीक्षात्मक अनुभूति राख्ने काम भयो । अध्यक्ष कमरेडले समीक्षात्मक रिपोर्ट र अनुभूतिको सार खिच्दै प्रशिक्षण दिनुभयो । झिना मसिना कमिकमजोरीका बाबजुद शानदाररूपमा सफल भएको निष्कर्ष थियो क.प्रचण्डको कलाकार कमरेडहरूबाट हललाई गुन्जायमान पार्नेगरि गीत र सङ्गीतले हामी सबैलाई प्रभावित पार्नुभयो । भर्खरै एकमहिना टे«निङ लिएका डे«सबद्ध सैन्य टुकुडीको अनुहारमा क्रान्ति र विजयको भाव झल्किन्थ्यो । तालिमबाट पूर्ण आत्मविश्वास पैदा भएको थियो । प्रशिक्षार्थीहरूको मिहेनत र परिश्रम मेस विभागको धैर्यता, जनताको गोपनियता देखेर प्रशिक्षकहरू अत्यन्तै खुसी हुनुभएको थियो । प्रशिक्षकहरूले शुरूशुरूमा नजिकै दुस्मनको पोष्ट रहेछ, जङ्गल पनि सानो छ, दुस्मनले थाहा पायो भने घेराबन्दी गर्न सक्छ भन्नुहुन्थ्यो, तर त्यसदिन मुख्य प्रशिक्षकले आफ्नो अनुभूति मन्तव्यमा ‘नेपालमा एक किसिमले क्रान्ति सम्पन्न भइसक्यो भने पनि हुन्छ, किनकि यहाँका जनताले खेलेको भूमिका सामान्य छैन । यति नजिकमा एकमहिना तालिम गर्दासमेत् दुस्मनले थाहा नपाउनु भनेको आफैमा जीत हासिल गर्नु हो’ भन्नुभयो । उहाँको यसप्रकारको विश्लेषणबाट हामी सबैमा नयाँ उत्साहको रक्तसञ्चार भयो । यसरी कार्यक्रमको समापनपछि हलभित्र सबैको फोटो आउनेगरि फोटो खिचायौँ । समापन सकेर बाहिर चौरमा संयुक्त र ग्रुपग्रुप गरि महामन्त्री कमरेडसँग फोटो खिचेका थियौँ । त्यसबेला मलाई साह«ै गौरव महशुस हुन्थ्यो ।

म सेनामा प्रवेश गर्नेबेला तालिम प्राप्तगरि सबैथोक जानेर बुझेर प्रवेश गरेको थिएन । सेनामा प्रवेश गरेर मात्र युद्धकला सिक्दै आएको थिएँ । एक वर्षको सेनाको अनुभव र एकमहिनासम्म सञ्चालन भएको फिजिकल टे«निङले मलाई ठुलो आत्मविश्वास पैदा गराएको थियो । अब सेनामा पूर्णरूपले आत्मविश्वासको साथ काम गर्न सकिन्छ । यो भन्दा पहिलेका दिनहरू धेरैजसो सिक्नेमै खर्च भयो । अब सिक्ने र सिकाउने दुवै काम आत्मविश्वासका साथ पुरा गर्न सकिन्छ भन्ने लागेको थियो । त्यसैबेला पार्टीले तीनवटै प्लाटुनका प्लाटुन कमाण्डरहरूलाई सङ्गठनतिर फिर्ता गर्ने र नयाँ कमरेडहरूलाई प्लाटुन कमाण्डर बनाएर अभ्यस्त गरि अगाडि बढाउने निर्णय लिएको कुरा क.दिवाकरले मलाई जानकारी दिनुभयो । मैले ‘म पार्टीको नीति र योजनालाई केन्द्रबिन्दुमा राखेर सोचने मान्छे हुँ । हिजोका दिनमा पार्टीको योजनालाई मानेर सेनामा आएँ पनि । अहिले पनि पार्टीको योजनाभित्र रहेर काम गर्न तयार छु । मात्र मेरो क्षमता, परिश्रम र मिहेनत कसैले व्यक्तिगत स्वार्थको लागि प्रयोग नगरोस्, पार्टी र क्रान्तिको लागि लगानी होस् । मेरो उपस्थितिले पार्टी र क्रान्तिलाई फाइदा पुगोस् । म जहाँ बसेर काम गर्दा पार्टी र क्रान्तिलाई फाइदा हुन्छ त्यहीँ बसेर मेरो भूमिका पुरा गर्न आत्मैदेखि तयार छु’ भनी पार्टीको निर्णयलाई सहज स्वीकार त गरेँ, तर त्यसबेलाको पार्टीको निर्णय आत्मैदेखि भन्नुपर्दा मेरो राजनीतिक जीवनमा एउटा ठुलो वीन्डिङ मोड थियो, जहाँबाट मेरो घुम्ती यात्रा शुरू भयो । जीवनमरणको भिषण वर्गयुद्धको बिचबाट यहाँसम्म आउँदा बिभिन्न घुम्ती, भञ्ज्याङ पार गरि थुप्रै बाधाअर्चन पन्छाउँदै आइपुगेको छु र अगाडि बढ्नको लागि मार्गचित्र पनि तय गरेको छु ।

समापन कार्यक्रमसँगै एउटा बिदाई कार्यक्रम जोडेर अतिथि, प्रशिक्षक र टाढा–टाढाबाट आउनुभएका प्रशिक्षार्थी कमरेडहरूलाई अबिर माला लगाएर बिदाइको हात हल्लाउँदै नयाँ र समुन्नत नेपालको निर्माणको लागि वर्गयुद्धमा भेट हुने बाचाका साथ केही दूरी परसम्म पु¥याएर छोड्यौँ । म पनि मेरो प्लाटुनका कमरेडहरूसँग बिदाई लिएर आफूले आफैलाई एक्लो महशुस गर्दै जिल्लाको सम्पर्क स्थानतिर लागेँ ।
२०६५/०४/०६