जनसम्वन्ध विस्तार अभियान टोली नं.१ले बैशाख ६ गते सम्पन्न गरेका कार्यक्रमहरु

जनसम्वन्ध विस्तार अभियान टोली नं.१ले बैशाख ६ गते सम्पन्न गरेका कार्यक्रमहरु

बैशाख ६ गते बारा । जनसम्वन्ध विस्तार अभियान टोली न.. १ले बैशाख ६ गते बारा जिल्लामा ७ वटा कोणसभाहरु , भित्ते लेखन र ब्यापक रुपले पर्चा वितरण गरिएका थिए ।
पहिलो कोणसभा बारा जिल्लाको सिम्रौनगढ नपा —२ रानीबास बजारमा सम्पन्न भयो, जसलाई पार्टी पिविएम कमरेड शारदा महतले सम्वोधन गर्नु भएको थियो ।


दोस्रो कोणसभा सिम्रौनगढ नपा —७ कँकाली मन्दीरमा भया,े जसलाई पार्टी पिविएम कमरेड चन्द्रहरी सुवेदीले सम्वोधन गर्नु भएको थियो ।


तेस्रो कोणसभा आदर्श कोटवल हर्निया चोकमा भये, जसलाई पार्टी पिविएम कमरेड बीरेन्द्र कुमार यादवले सम्वोधन गर्नु भएको थियो ।


चौथो कोल्हवी नपा कोल्टी बजारमा भयो । उक्त कोणसभालाई स्थायी समिति सदस्य रामसिंह श्रीसले सम्वोधन गर्नु भएको थियो ।


पाँचौ कोल्ही नपा— ६ अदनवा बजारमा भया,े जसलाई पार्टी पिविएम कमरेड फुर्नाम्गेल मोक्तानले सम्वोधन गर्नु भएको थियो ।


छैटौ महागढीमाई नपा— ३ जेगुभवानीपुर बजारमा भयो, जसलाई पार्टी सिसिएम कमरेड टेकबहादुर विकले सम्वोधन गर्नु भएको थियो ।


सातौ कलैया उपनमपा— १ भरतचोकमा भयो, जसलाई पार्टी स्थायी समिति सदस्य रामसिंह श्रीसले सम्वोधन गर्नु भएको थियो ।


कोल्ही बजारमा भएको कोणसभाको संचालन पार्टी सिसिएम कमरेड विन्देश्वर पटेलले गर्नु भयो भने अन्य सबैमा केस तथा १२ न..ब्यूरो सेक्रेटरी हरेराम पटेलले गर्नु भएको थियो ।
कोणसभा भएका सबै स्थानहरुमा भित्तेलेखन र पर्चाहरु वितरण गरिएका थिए ।