बैशाख ५ गते कास्की । ३ नम्बर अभियान टोली कास्की जिल्ला पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भयो । उक्त कार्यक्रमको प्रमुख अतिथी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियान टोली नम्बर ३का प्रमुख कृष्णराज पौडेलले “देशको राष्टिय राजनीतिक परिस्थिति र अबको बिकल्प” विषय माथि आधारपत्र प्रस्तुत गर्नु भएको थियो । पौडेलले आर्थिकरूपमा देश नव औपनिवेशिकरणको शोषणबाट परनिर्भर हुँदै गएको , सामाजिक साँस्कृतिकरूपमा देशमा उपभोक्तावाद र व्यक्तिवादी चिन्तन हाबी हुँदै गएको र राजनीतिकरूपमा संसदीय ब्यबस्था असफल हुंदै गएको स्पष्ट गर्दै अबको बिकल्प नयाँ जनवाद र बैज्ञानिक समाजवाद हो भन्नु भयो ।
आधार पत्र माथि वाम बुद्धिजीवी रामराज रेग्मीले टिप्पणी गर्नु भयो । रेग्मीले २०४६ पछि देशलाई नवउदारादको पासोमा देशलाई फसाइएको र गणतन्त्र आएपछि पनि नवदारवादले देशलाइ झन परनिर्भर बनाउँदै लगेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा नेसपाका टिकाराम पौडेल ,नेकपा बहुमतका प्रेम चलाउने ,माक्र्सवादी अध्ययन स्रोत केन्द्रका झलकमणी तिवारी ,साँस्कृतिक रुपान्तरण अभियानका पूर्ण गिरी,गण्डकी साँस्कृतिक सङ्गमका भीम रानाभाट लगायतले कार्यपत्र माथि आफ्ना भनाई राख्नु भएकोथियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ७ नम्बर ब्युरो ईन्चार्ज शेरकुमार खडका,पोलिटब्युरो सदस्य तथा ६ नम्बर ब्युरो ईन्चार्ज केशबहादुर परियार , पोलिटब्युरो सदस्य तथा १ नम्बर व्यूरो ईन्चार्ज शेर बहादुर देउवा , पोलिटब्युरो सदस्य तथा अभियान टोली सदस्य,सीपी शर्मा, बैकल्पिक पोलिटब्युरो सदस्य तथा ५ नम्बर व्यूरो सचिव जितामित्र सुनार , बैकल्पिक पोलिटब्युरो सदस्य तथा ७ नम्बर व्यूरो सचिव नारायण अधिकारी वैकल्पिक केन्द्रीय सदस्य तथा अभियान टोली सदस्य दिलबहादुर कठायत, वैकल्पिक केन्द्रीय सदस्य भिमबहादुर श्रीस, केन्द्रीय सल्लाहकार समिति सदस्य रामजी थापा र पुर्ण ढुंगाना लगायतलाई आसन ग्रहण गराइएकोथियो । कार्यक्रमको अध्यक्षता कास्की जिल्ला ईन्चार्ज आकाश गौतम , सन्चालन कास्की जिल्ला सचिव बिक्रम थापा र सीसीएम तथा कास्की जिल्ला सचिवालय सदस्य शुशिला थापाको स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम पोखरा महानगरपालिकाको शहिद चोकको घनश्याम स्मृति कक्षमा भएको थियो ।