बैशाख ६ गतेको ३ नं. अभियान टोलीव्दारा सम्पन्न कार्यक्रमहरु

बैशाख ६ गतेको ३ नं. अभियान टोलीव्दारा सम्पन्न कार्यक्रमहरु

जितामित्र

बैशाख ६ पोखरा ।
पहिलो कोणसभा
अभियान टोलीले सृजना चोकमा रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यलयबाट सिमलचौर, नागढुङ्गा, पुरानो एयरपोर्ट पछाडिको बस्तीमा पर्चा वितरण गर्दै पोखरा महानगरपालिका बसपार्क को गणतन्त्रिक टोलमा कोणसभा सम्पन्न गर्यो । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड शेरबहादुर देउवाले सम्वोधन गर्नु भएको थियो । सम्वोधनमा उहाँले “राजतन्त्र वा पञ्चायती व्यवस्थाको तुलनामा वहुदलीय व्यवस्था र यो गणतन्त्र अलि प्रगतिशील व्यवस्था हो । तर हामीलाई यो व्यवस्थाबाट हाम्रो समस्या समाधान हुन सक्दैन । हामी यो भन्दा उन्नत व्यवस्था जनगणतान्त्रिक व्यवस्थामा जान चाहान्छौ । यो देशको विकल्प राजतन्त्र किमार्थ हुन सक्दैन भन्नुभयो ।“ कोणसभा को सञ्चालन अभियान टोली सदस्य तथा विद्यार्थी नेता दिपक बिष्टले गर्नु भएको थियो ।


दोस्रो कोणसभा
बास्तोला कम्प्लेक्स, हङकङ बजार र सस्तो बजारमा पर्चा वितरण गर्दै अभियान टोली पोखरा महानगरपालिकाको पृथ्वी चोकमा कोणसभा सम्पन्न गर्यो । कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम कमरेड सिपि शर्माले सम्बोधन गर्नु भएको थियो। । सम्वोधनमा उहाँले “सामुदायीक बिद्यालयमा बिद्यार्थी भर्ना गर्ने बेला भएको छ । देश भरीका शिक्षकहरू १८ दिन देखी सडकमा आन्दोलित छन् । सरकार शिक्षकहरूको मागलाई संबोधन न गरेर अनदेखा गरिरहेको छ । यो हदैसम्मको बदमासी हो । सरकारले शिक्षकहरूको मागलाई सम्बोधन गरेर , तुरुन्त विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न शिक्षकहरूलाई विद्यालय फर्काउनु पर्दछ“ भन्नु भयो । कोणसभाको सञ्चालन ७ नम्बर व्यूरो सचिव तथा वैकल्पिक पिबिएम कमरेड नारायण अधिकारीले गर्नु भएको थियो । अभियान टोलीले विभिन्न स्थानहरूमा वाल पेन्टिङ पनि गरेको छ ।