जनसम्बन्ध विस्तार अभियानको २ न. टोलीव्दारा वैशाख ५ गते सम्पन्न कार्यक्रम

जनसम्बन्ध विस्तार अभियानको २ न. टोलीव्दारा वैशाख ५ गते सम्पन्न कार्यक्रम

 

काठमाण्डौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा कार्यक्रम अगाडि बढाइरहेका छन् । केन्द्रबाट गठित जनसम्बन्ध विस्तार अभियानको ४ वटा टोलीमध्येको २ न. टोलीले वैशाख ५ गते सम्पन्न कार्यक्रम निम्न अनुसार छन् –
रामेछाप जिल्ला मन्थली ३ नम्बर वडा सेल्केटारमा सहिद गोकर्ण कार्कीको परिवार(मनमाया कार्की) लाई अभियान टोलीका नेता सन्तबहादुर नेपालीले खादा लगाएर सम्मान गर्नु भएको थियो ।


लिखु तामाकोसी खिम्ती बजारमा कोणसभा गरिएको छ । सभाको संचालन मजदुर नेता तथा पार्टीको बैकल्पिक केन्द्रिय सदस्य रंगवीर दोङले गर्नुभएको थियो । पार्टी अभियानबारे जिल्ला इन्चार्ज लाङ्घाली मगरले र पार्टीको नीति तथा आगामी कार्यक्रमबारे किसान नेता तथा पार्टीको केन्द्रीय सदस्य क्षेत्रबहादुर थापाले गर्नुभएको थियोे । साँस्कृतिक प्रस्तुति नारायण शर्माले दिनु भएको थियो । व्यापक पर्चा बितरण गरिएको थियो । भित्तेलेखन ४५ वटा गरिएको थियो ।