नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुस्ता गाउँ संगठन समितिको आयोजनामा सुस्ता–१ बनधरी बस्तीमा सोमबार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका गाउँ कमिटी सदस्य सन्तोष मुसहरको सहोदर भाइ तथा पार्टी समर्थक छन्नु मुसहरको छोरा बलिरामको स्मृतिमा शोकब्यक्त गर्दै सोे पार्टीले श्रद्धाञ्जली सभा गरेको हो । सो अवसरमा पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला संयोजक रवि पाण्डेयले मृत्युलाई शोकमा नभई शक्तिमा बदल्दै वर्गीय आन्दोलनमा जुटन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेयले जन्म र मृत्यु जिवनको सत्यता रहेको चर्चा गर्दै असामायिक निधनले धेरै पीडा दिने गरेको बताउनुभयो ।
उनले शोकमा डुबेर आफ्नो जिजिबिका माथि प्रभाव पार्न नहुने बताउदै सुखमा मात्र नभई दुःखमा पनि पार्टीले नैतिक साथ दिने उल्लेख गर्दै बिचलित नहुन सबैलाई अनुरोध गर्नुभयो ।
उहाँले सर्बहारा बर्गले जिते संसार जित्ने र हारे गुमाउनु पर्ने केही नहुने उदाहरण पेश गर्दै क्रान्तिकारी कम्युनिष्ट पाटी संसदवादी पार्टीहरु जस्तो चुनाबको बेला मात्र जनताको घरदैलोमा जाने नक्कली पार्टी नरहेको स्पष्ट पार्नुभयो । “हामी चुनावको बेला मात्र गाउँ फर्कने पार्टी होइनौ यो त तपाईं सबैलाई थाहा भएको विषय हो – उहाँले भन्नुभयो – “ यो मजदुर किसान तथा भुमिहिन सुकुम्बासीको आफ्नै पार्टी भएकोले निस्चिन्त भएर बर्गिय आन्दोलनमा सबै लाग्नुपर्छ ।“
कार्यक्रममा पार्टीका प्रदेश सदस्य तथा सुस्ता गाउपालिका इन्चार्ज रामचन्द्र पोख्रेलले बर्गिय मायाकै कारण आधारभुत बस्तीहरुमा आफुहरु आउने गरेको बताउनुभयो ।
पार्टीका गाउँ संगठन समिति संयोजक गोबिन्द बहादुर साठीघरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सहसंयोजक सोम बहादुर बिश्वकर्मा, पार्टीका गाउँपालिका कमिटी सदस्यहरु तारा नेपाली, अजय पथरकट्टालगायत पार्टी समर्थकहरुको सहभागिता रहेको सो पार्टीले जनाएको छ ।































