कोमानको निर्णायक गोलमा बायर्नसँग घरेलु मैदानमै हार्‍यो पीएसजी

कोमानको निर्णायक गोलमा बायर्नसँग घरेलु मैदानमै हार्‍यो पीएसजी

फागुन ३ , काठमाडौँ

किङ्सले कोमानको निर्णायक गोलमा जर्मन क्लब बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको छ।

घरेलु मैदानमा भएको खेलमा पीएसजी बायर्नसँग १–० गोल अन्तरले हारेको हो।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बायर्नले दोस्रो हाफमा गोल गरेको हो।

खेलको ५३औँ मिनेटमा फ्रेन्च खेलाडी कोमानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पीएसजीले वैकल्पिक खेलाडी केलियन एम्बाप्पेलाई मैदानमा छिराए पनि उनले आफ्नो जादु देखाउन सकेनन्। चोटपछि पुनरागमन प्रयासमा रहेका लियोनल मेस्सी र एम्बाप्पले दुवैले मैदानमा आफ्नो प्रभाव देखाउन सकेनन्।
खेलको अन्तिम समयमा बायर्न १० खेलाडीमा समेटिएको थियो। बायर्नका बेन्जामिन पाभार्ड दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए।
खेलमा थप गोल हुन नसक्दा पीएसजी घरेलु मैदानमै बायर्नसँग स्तब्ध भयो।
प्रि-क्वार्टरफाइनलको दोस्रो अ‍ेल बायर्नको मैदानमा आगामी ८ मार्चमा हुनेछ।
अन्तिम १६ को पहिलो लेगअन्तर्गत गएराति नै भएको अर्को खेलमा एसी मिलानले टोटनह्यामलाई १–० गोलले नै हराएको छ।