अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

कतार विश्वकप २०२२
अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

मंसिर १८ , काठमाडौँ

अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सी र जुलियान अल्भारेजले १र१ गोल गरे। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।

यद्यपि ७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोलमा अष्ट्रेलियाले एक गोल उपहार पाएको थियो। यससँगै खेल २–१ को अवस्थामा पुगेको हो।

यसअघि २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यतिबेला फ्रान्ससँग ४–३ गोल अन्तरमा पराजित भएको थियो।

२०१४ मा फाइनलमा पुगे पनि जर्मनीसँग पराजित भएको थियो। २०१० र २००६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। २००२ मा भने समूह चरणबाटै बाहिरिएको थियो।

१९७८ र १९८६ मा उपाधि जितेका अर्जेन्टिनाले त्यसपछि उपाधि थप्न सकेको छैन।

अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्ससँग भिड्ने छ। यसअघि २०१४ मा नेदरल्याण्ड्ससँग सेमिफाइनलमा भेट भएका थिए। टाइब्रेकरमा नेदरल्याण्ड पराजित भएको थियो। नेदरल्याण्ड्स अमेरिकालाई पराजित गर्दै क्वर्टरफाइनलमा प्रवेश गरिसकेको छ ।