अमेरिका, भारत लगायत विश्वका सातवटा प्रजातान्त्रिक देशहरु पतनोन्मुख

अमेरिका, भारत लगायत विश्वका सातवटा प्रजातान्त्रिक देशहरु पतनोन्मुख

काठमाडौं । एक अन्तर्राष्ट्रिय थिंक ट्यांकको पछिल्लो प्रतिवेदनले विश्वका सातवटा प्रजातान्त्रिक देशहरूले अहिले ‘लोकतन्त्रको क्षय’ अनुभव गरिरहेको दाबी गरेको छ । विश्वका शक्तिशाली मानिएका अमेरिका, भारत लगायतका देशहरुमा लोकतन्त्र पतनोन्मुख दिशामा रहेको प्रतिवेदनले भनेको छ । प्रतिवेदनमा कोभिड–१९ महामारी र युक्रेनमा जारी रुसी आक्रमणपछि स्थिति झनै बिग्रिएको दाबी गरिएको छ ।

‘महामारीबाट सुरु भएको आर्थिक संकट र युक्रेन युद्धको आर्थिक परिणामबाट उत्पन्न राजनीतिक नतिजाको तीव्रतासँगै हामी अहिले प्रजातन्त्रका लागि असाधारण गम्भीर हेडविन्ड्स देखिरहेका छौं’, अन्तर्राष्ट्रिय आइडियाका महासचिव केभिन कासास–जामोराले भने, ‘यो हुन सक्छ कि चुनवाको विश्वसनीयतालाई चुनौती दिइएको छ । विधिको शासनमाथि हमला भएको हुन सक्छ । नागरिकहरूको क्षेत्र नियन्त्रणमा लिइँदै छ ।’

प्रतिवेदनले सात वटा प्रजातान्त्रिक देशहरुलाई पहिचान गरेको छ, जहाँ अतिक्रमण सबैभन्दा विषम छ । ती देशहरूमा एल साल्भाडोर, ब्राजिल, हंगेरी, भारत, संयुक्त राज्य अमेरिका, मौरिसस र पोल्याण्ड हुन् । थिंक ट्यांकले सूचीमा अमेरिकाको समावेशलाई चिन्ताजनक प्रवृत्तिका रूपमा लिएको छ । ‘हामीले संयुक्त राज्य अमेरिकामा के देखिरहेका छौँ भनेर म धेरै चिन्तित छु’, उनले भने ।