नबिल बैंकद्वारा १८ अर्ब कर दाखिला 

काठमाडौं । आर्थिक वर्ष २०७७ र ७८ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजस्व विभागले सम्मानित गरेको छ।विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका हुन्। बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैया कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो सातौँ पटक हो।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर