धेरै देखियो
तिम्रा कला बिहिन नाटकहरु
धेरै सुनियो
तिम्रा गला बिहिन भाषणहरु
धेरै भोगियो
तिम्रा नौटङ्गी सासनहरु
धेरै सुनियो
तिम्रा अर्थहीन कासनहरु
भो अब नछर
तिम्रा जहरिला आस्वासनहरु
अब त
हाम्रो आँखाका पट्टी खुलिसके
अब यी आँखाले
केबल तिमीलाई मात्र हैन
दुनिया देख्न थालिसके
अझ पनि
आँखामा कालो चश्मा लगाएर
हामीलाई किन हेर्छौ ए रतन्धाहरु हो
अब त
तिम्रो जङ्गली राजको युग समाप्त भैसक्यो।
यो बेला
तिमीले जतिसुकै फासिवादको ढ्याङ्रो ठटाउँदै
दुनिया आतङ्कित पारेर
लुटको लाइसेन्स नबिकरण गर्न खोज
या
फेरि सत्तामा गएर
बाँकी रहेको धर्तिको अस्मिता लुट्न खोज
या
कसैको चुत्थो नोकर बनेर
उस्को पाउमा लम्पसार पर र देशलाई भेटी चढाउ
तर
एक!
दुई !!
तीन !!!
तिम्रो दिवा सपनाको घर
एकदिन ढल्छ ढल्छ
तिमी
भग्नाबशेष सपनाको घरमा पुरिएर मर्ने छौ
सायद
त्यो दिन अब नजिक आउँदैछ
कसै गरे पनि
तिमी त्यो दिन टार्नसक्ने छैनौ ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर