२ मंसीर बनगाई कपिलवस्तु ।
नेकपा(क्रान्तिकारी माओवादी) कपिलवस्तुव्दारा जिल्लामा गरिएका निर्वाचन बहिष्कार कार्यक्रम अन्त्रगत आज नेकपा(क्रान्तिकारी माओवादी) लगायत तीन दलको संयुक्त आयोजनामा निर्वाचन बहिष्कार मशाल जुलुस कार्यक्रम सम्पन्न गरिएको छ । उक्त मशाल जुलुस कपिलवस्तुको लक्ष्मणघाटको पुलदेखि कोइलीबनगाई चोकसम्म सम्पन्न गरिएको हो ।
मङ्सिर ४गते हुन गै रहेको प्रतिकृयाबादी संसदीय निर्बाचन बहिष्कार कार्यक्रम कपिलवस्तु जिल्लामा अभियानात्मक रुपमा सञ्चालन भै रहेको छ । यसै शीलशीलामा कपिलबस्तुको पिपरा,४ नम्बर जितपुर,गजहेडा,ओदारी,जिनुवा,कोइली बनगाई,घेरुवाबनगाई,बोडगाँउ,कोपुवा,पर्गतिनगर,लबनी,तौलिहवा,गोबडी,जहदी,पचहेडा,फुलिका,गोरुसिङ्गे,बुड्डीचोक,इमिलिया,खैरेनीपुर,चन्दौटा,शीबपुर बेलौतीचोक ,मोतिपुर,बैदौली,कुश्मागाउ,बरुवा,लभनी चोक,भेलाही,लौगाई पोखरी सहित कपिलवस्तुको ३० महत्वपूर्ण स्थानमा कोणसभा कार्यक्रम सम्पन्न भएका छन । कार्तिक १७ गते गजहेडा कार्यक्रम पश्चातपार्टी पिबिएमहरु भुपेन्द्र न्यौपाने,धनेश्वर पोख्रेल सिसिएम टीकाराम पौडेल लगायत १० जनालाई गिरफ्तार गरि ४घण्टा पछि पिपरा इप्रकाबाट छोडिएको थियो । त्यस्तै कार्तिक १८ गते अभियान टोली बटोमा हिड्दै गर्दा पकडीमा प्रहरीले अबरोध गर्दा करिब डेड घण्टासम्म प्रहरी र बहिष्कार टोलीबीच सामान्य मुठभेड भएको थियो ।
आज मङ्सिर २ गते तिन दलको सम्युक्त आयोजनामा लक्ष्मणघाटको पुलदेखि कोइलीबनगाई चोकसम्म पचासौ जनाको सहभागितामा मशाल जुलुस कार्यक्रम सानदार रुपमा सम्पन्न भएको छ ।