श्रमिकमारा उम्मेदवारको क्रान्तिकारी मजदुरले ब्यापक भण्डाफोर गर्ने !

श्रमिकमारा उम्मेदवारको क्रान्तिकारी मजदुरले ब्यापक भण्डाफोर गर्ने !

नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति पश्चिम नवलपरासीले जिल्लाका मजदुरमारा उम्मेदवारहरुको भण्डाफोर गर्ने भएको छ ।श्रमिकहरुको ज्याला भुक्तानीमा शोषण गरेका मालिकहरु उम्मेदवार बनेको भन्दै महासंघले जिल्लाभर भण्डाफोर कार्यक्रम लैजाने महासंघका जिल्ला संयोजक ज्ञानबहादुर खत्रीले जानकारी दिनुभयो । श्रमिकहरु माथि ज्यादती गर्ने ब्यक्तिहरु यस संसदीय निर्वाचनमा उम्मेदवार भएर उठेका छन् –उहाँले भन्नुभयो – ती मालिकहरुका बिरुद्ध न्यायको पक्षमा हाम्रो भण्डाफोर हुनेछ ।
उहाँले भण्डाफोर कार्यक्रमलाई पत्रकार सम्मेलनको आयोजना गरेर छिट्टै सार्वजनिक गर्ने बताउनुभयो । भण्डाफोर कार्यक्रम पश्चिम नवलपरासीमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा केन्द्रीत हुने महासंघले जनाएको छ ।