आज देशमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा दिन प्रतिदिन सङ्कटग्रस्त बन्दै गइरहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या झन–झन विकराल हुँदै गएका छन् । प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र तिनको संरक्षण गर्ने पश्चगामी, यथास्थितिवादी र संशोधनवादी राजनीतिक दलहरुप्रति जनसमुदायमा असन्तुष्टि तथा आक्रोश बढ्दै गइरहेको पाइन्छ । नेपाली जनता भरपर्दो क्रान्तिकारी वैकल्पिक शक्तिको खोजीमा छन् । यसरी हेर्दा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै जान थालेको छ । परन्तु दुःखको कुरा क्रान्तिकारीहरुको आत्मगत परिस्थिति भने कमजोर नै रहेको छ ।
पुरानो सत्ता र व्यवस्था जतिसुकै सङ्कटग्रस्त भए पनि त्यस सत्ता र व्यवस्थाका संरक्षक तथा पक्षधर राजनीतिक पार्टीहरु प्रति जनतामा जतिसुकै असन्तुष्टि र आक्रोश पैदा भए पनि त्यो सत्ता र व्यवस्था त्यत्तिकै ढल्दैन । त्यसका निमित क्रान्तिको आँधीबेरी उठ्नु पर्दछ र त्यस प्रकारको क्रान्तिको तयारी तथा नेतृत्व गर्नका लागि जनताको विश्वास प्राप्त गर्न समर्थ र क्रान्तिको रथ हाँक्न योग्य बलियो क्रान्तिकारी कम्युनिस्ट पार्टी अनिवार्य रुपमा आवश्यक पर्दछ ।
उक्त विषयमाथि आवश्यक ध्यान दिंदै हाम्रो पार्टीले सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी÷समुह÷शक्ति÷व्यक्तित्वहरुलाई एकताबद्ध तुल्याउनका लागि सक्दो प्रयास तथा पहल गर्दे आएको छ । २०७९ जेठ २६ देखि ३० मा सम्पन्न हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा पारित प्रस्तावमा भनिएको छ, “ माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा, नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, जनवादी केन्द्रीयता लगायतका मान्यताप्रति सहमत रहिआएका क्रान्तिकारी कम्युनिस्ट पार्टी÷समूह÷शक्ति÷व्यक्तित्वहरु सित पार्टी एकताका लागि आवश्यक पहल गर्ने र वार्ता समिति बनाई अगाडि बढ्ने काममा विशेष जोड दिनुपर्दछ ।”
वस्तुतः हाम्रो पार्टी र अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी समूहहरुद्वारा पनि क्रान्तिकारी कम्युनिस्ट शक्तिलाई एकताबद्ध तुल्याउने सन्दर्भमा हुँदै आएका प्रयास र पहलका बीचबाट हाम्रो पार्टी र नेकपा (बहुमत) का बीच पार्टी एकता गर्ने उद्देश्यले पार्टी एकता संयोजन समितिको निर्माण गरिएको छ । यो हाम्रा लागि प्रशन्नता र गौरवको विषय हो । यसले क्रान्तिकारीहरुको पङ्क्ति र जनमानसमा सकारात्मक सन्देश प्रवाहित र उत्साहको सञ्चार गरेको छ ।
त्यसै गरी आज विश्वमा भूमण्डलीकरण नवउदारवादी साम्राज्यवाद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको छ । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण यस प्रकारको सङ्कट अझै तीव्र बन्दै गएको छ । विभिन्न प्रकारका अन्तर्विरोधहरु चर्कदै गएका छन् । क्रान्तिका लागि विभिन्न मुलुकहरुको परिस्थिति परिपक्व बन्दै गएको छ । परन्तु, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भने कमजोर नै रहेको छ । यस स्थितिमा पूर्व क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (RIM) र त्यस बाहिरका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरुले एकीकृत अन्तर्राष्ट्रिय केन्द्रको निर्माणका लागि आ–आफ्ना पहल र प्रयत्नलाई बढाउँदै लगिरहेका छन् । यसमा हामी गौरवान्वित हुनु पर्दछ ।
यसरी विश्वस्तरमा र नेपालमा पनि क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै जान थालेको र आत्मगत परिस्थिति कमजोर रहेको अवस्थामा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी÷सङ्गठन÷समुह÷व्यक्तित्वहरु एकताबद्ध हुन जरुरी छ । क्रान्तिकारी कम्युनिस्ट एकता आजको एक अपरिहार्य ऐतिहासिक आवश्यकता हो । यो बेला हामी यस प्रकारको एकतालाई सफल तुल्याउनका लागि अत्यन्तै दृढता, विशेष प्रतिबद्धता र गम्भीर जिम्मेवारी बोधका साथ अगाडि बढ्न जरुरी छ ।
आज देशमा दलाल तथा नोकरशाही पुँजीपति र सामन्त वर्गीय राज्यसत्ता आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा दिन प्रतिदिन सङ्कटग्रस्त बन्दै गइरहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या झन–झन विकराल हुँदै गएका छन् । प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र तिनको संरक्षण गर्ने पश्चगामी, यथास्थितिवादी र संशोधनवादी राजनीतिक दलहरुप्रति जनसमुदायमा असन्तुष्टि तथा आक्रोश बढ्दै गइरहेको पाइन्छ । नेपाली जनता भरपर्दो क्रान्तिकारी वैकल्पिक शक्तिको खोजीमा छन् । यसरी हेर्दा क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै जान थालेको छ । परन्तु दुःखको कुरा क्रान्तिकारीहरुको आत्मगत परिस्थिति भने कमजोर नै रहेको छ ।
पुरानो सत्ता र व्यवस्था जतिसुकै सङ्कटग्रस्त भए पनि त्यस सत्ता र व्यवस्थाका संरक्षक तथा पक्षधर राजनीतिक पार्टीहरु प्रति जनतामा जतिसुकै असन्तुष्टि र आक्रोश पैदा भए पनि त्यो सत्ता र व्यवस्था त्यत्तिकै ढल्दैन । त्यसका निमित क्रान्तिको आँधीबेरी उठ्नु पर्दछ र त्यस प्रकारको क्रान्तिको तयारी तथा नेतृत्व गर्नका लागि जनताको विश्वास प्राप्त गर्न समर्थ र क्रान्तिको रथ हाँक्न योग्य बलियो क्रान्तिकारी कम्युनिस्ट पार्टी अनिवार्य रुपमा आवश्यक पर्दछ ।
उक्त विषयमाथि आवश्यक ध्यान दिंदै हाम्रो पार्टीले सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी÷समुह÷शक्ति÷व्यक्तित्वहरुलाई एकताबद्ध तुल्याउनका लागि सक्दो प्रयास तथा पहल गर्दे आएको छ । २०७९ जेठ २६ देखि ३० मा सम्पन्न हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकमा पारित प्रस्तावमा भनिएको छ, “ माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा, नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद, क्रान्तिमा बल प्रयोगको भूमिका, जनवादी केन्द्रीयता लगायतका मान्यताप्रति सहमत रहिआएका क्रान्तिकारी कम्युनिस्ट पार्टी÷समूह÷शक्ति÷व्यक्तित्वहरु सित पार्टी एकताका लागि आवश्यक पहल गर्ने र वार्ता समिति बनाई अगाडि बढ्ने काममा विशेष जोड दिनुपर्दछ ।”
वस्तुतः हाम्रो पार्टी र अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी समूहहरुद्वारा पनि क्रान्तिकारी कम्युनिस्ट शक्तिलाई एकताबद्ध तुल्याउने सन्दर्भमा हुँदै आएका प्रयास र पहलका बीचबाट हाम्रो पार्टी र नेकपा (बहुमत) का बीच पार्टी एकता गर्ने उद्देश्यले पार्टी एकता संयोजन समितिको निर्माण गरिएको छ । यो हाम्रा लागि प्रशन्नता र गौरवको विषय हो । यसले क्रान्तिकारीहरुको पङ्क्ति र जनमानसमा सकारात्मक सन्देश प्रवाहित र उत्साहको सञ्चार गरेको छ ।
त्यसै गरी आज विश्वमा भूमण्डलीकरण नवउदारवादी साम्राज्यवाद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको छ । कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण यस प्रकारको सङ्कट अझै तीव्र बन्दै गएको छ । विभिन्न प्रकारका अन्तर्विरोधहरु चर्कदै गएका छन् । क्रान्तिका लागि विभिन्न मुलुकहरुको परिस्थिति परिपक्व बन्दै गएको छ । परन्तु, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भने कमजोर नै रहेको छ । यस स्थितिमा पूर्व क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (RIM) र त्यस बाहिरका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरुले एकीकृत अन्तर्राष्ट्रिय केन्द्रको निर्माणका लागि आ–आफ्ना पहल र प्रयत्नलाई बढाउँदै लगिरहेका छन् । यसमा हामी गौरवान्वित हुनु पर्दछ ।
यसरी विश्वस्तरमा र नेपालमा पनि क्रान्तिका लागि वस्तुगत परिस्थिति परिपक्व बन्दै जान थालेको र आत्मगत परिस्थिति कमजोर रहेको अवस्थामा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी÷सङ्गठन÷समुह÷व्यक्तित्वहरु एकताबद्ध हुन जरुरी छ । क्रान्तिकारी कम्युनिस्ट एकता आजको एक अपरिहार्य ऐतिहासिक आवश्यकता हो । यो बेला हामी यस प्रकारको एकतालाई सफल तुल्याउनका लागि अत्यन्तै दृढता, विशेष प्रतिबद्धता र गम्भीर जिम्मेवारी बोधका साथ अगाडि बढ्न जरुरी छ । (‘माओवादी’बाट)