नेकपा (क्रान्तिकारी माओवादी)काभ्रेले निकाल्यो निर्वाचन बहिष्कारको पक्षमा मसाल जुलुस

नेकपा (क्रान्तिकारी माओवादी)काभ्रेले निकाल्यो निर्वाचन बहिष्कारको पक्षमा मसाल जुलुस

२४ कार्तिक बनेपा ।
नेकपा (क्रान्तिकारी माओवादी¬ ले देशब्यापी रुपमा निर्वाचन बहिष्कार कार्यक्रम तिब्र बनाउने कार्यक्रम अन्तरगत बुधबार साझ काभ्रेको बनेपा बजारमा मसाल जूलूस निकालेको छ । बनेपा तिनधारा चोकबाट सुरु गरेको मसाल जूलूस रेडक्रस चोकसम्म पुगि समापन गरिएको छ ।


कथित संसदिय निर्वाचन बहिष्कार गरौ, क्रान्तिकारी माओवादी जिन्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद लगाएतका नारा सहित मसाल जूलूस निकालिएको हो ।


रिना गेलाल को नेतृत्वमा रङ्गबिर तामाङ, टङकराम, टेक बाहादुर, प्रदिप, कान्छामान, प्रेम तामाङ, शोभा, सुर्यमान, नारायण र टेक ब तामाङ लगायत अन्य साथीहरूको सहभागितामा मसाल जुलुस सम्पन्न गरिएको छ ।