निरु पोख्रेल नेकपा(क्रान्तिकारी माओवादी) मा प्रवेश

निरु पोख्रेल नेकपा(क्रान्तिकारी माओवादी) मा प्रवेश

कार्तिक २४ सुनसरी ।
नेकपा(क्रान्तिकारी माअ‍ेवादी)ले अवलम्बन गरेको जनवादी राज्यसत्ता स्थापना भएमात्र नेपाल र नेपालीको हित हुने विश्वास सहित निरु पोख्रेल नेकपा(क्रान्तिकारी माओवादी) मा प्रवेश गर्नु भएको ।
वि.स २०५८ साल देखि नेकपा माओवादीमा संगठित भएर वर्गिय मुक्ति आन्दोलनमा संघर्षरत पोख्रेल पछिल्लो समय मणिक लामा नेतृत्वको नेकपा(एकिकृत) माओवादीमा केन्द्रिय सदस्य तथा महिला संगठनको संयोजकको रुपमा काम गर्दै आउनु भएको थियो । उक्त पार्टीले जनता र क्रान्तिको निम्ति हितको काम नगरेको भन्दै सो पार्टी परित्याग गरेर नेकपा(क्रान्तिकारी माओवादी)मा आवद्ध हुनु भएको हो ।
पोख्रेलले बिहिबार एक विज्ञप्ति जारी गर्दै यो मुलुकको भाग्य र भविष्य निर्माणको निम्ति साम्राज्यवाद,विस्तारवाद र दलाल पूँजीवादको अन्त्य गरी संघीय जनगणतन्त्र नेपाल स्थापनाको निम्ति निरन्तर संघर्ष र क्रान्तिमा समर्पीत रहन नेकपा(क्रान्तिकारी माओवादी) मा रहेर काम गर्ने निणर्य गरेको बताउनु भएको छ ।