साताको कविता
आजभोलि सहरमा हल्ला चलेको छ
सत्रहजार मारिस् भनी कुरा छलेको छ
कस्ले मा¥यो यति धेरै नेपालका छोरा
जस्ले मा¥यो उही चोखो छु भन्दैछ हेर
मान्छेहरू सत्य कुरा यतातिर सुन
वास्तविक हत्याराको अनुहार चिन
गणतन्त्र चाहियो भनी जनताले भन्थे
राजावादीहरूले यो माग कहाँ सुन्थे
बरु उल्टै समाउँदै जेल कोच्न थाल्यो
नाचगान हुने ठाउँमै गोली हानी ढाल्यो
कतिलाई मुद्दा हाल्यो कतिलाई पिट्यो
अत्याचार बढ्न थाल्यो क्रान्ति ज्वाला उठ्यो
अति ग¥यो सरकारले अब सहिदैन
अब भने साँच्चिकै नै राजा चाहिदैन
उठौँ अब जनता हो जनयुद्ध हाँकौँ
यो व्यवस्था ढलाएर गणतन्त्र डाकौँ
जनताले गणतन्त्र ल्याउन चाहेपछि
व्यवस्थाको विरुद्धमा कसम खाएपछि
राजावादी पार्टीहरू राजातिर लागे
राजतन्त्र बचाउन जनतामाथि दागे
राजा अनि गिरे, सेरे, कमले र ओली
एउटै मोर्चा बनाएर ठोक्न लागे गोली
तिनै पार्टी तिनै नेता तिनै राजावादी
आज दोष थुपार्दैछन् क्रान्तिकारी माथि
राजासित मिलिमिलि सत्र हजार मा¥यौ
गिरे सेरे ओलीले नि गर्नुसम्म ग¥यौ
गाउँगाउँ छोडिदिन्थ्यौ पाल्तु सेना शाही
चरी मारे जस्तै माथ्र्यौ लाटा सोझालाई
छोरीलाई बलात्कार छोरालाई गोली
आमालाई धरपकड बाबुलाई शूली
घर भेटे आगो झोस्थ्यौ गोठ भत्काउँथ्यौ
इच्छुक जस्ता विद्वानलाई फाँसी लट्काउथ्यौ
दस वर्षे बच्चालाई स्कुलैमा मा¥यौ
दाइँ लाउने दयँरालाई खल्यानमै ढाल्यौ
गाउँ गाउँ पसीकन गाउँलेलाई छोपी
ताँती लगाइ मार्यौ बरै सङ्गीनले घोँची
घरबाट थुती लान्थ्यौ टेरिरिस्ट भन्थ्यौ
छोराछोरी अगाडि नै हत्या गरिदिन्थ्यौ
परालको भारी बोक्ने पनि शत्रु ठान्यौ
खेत जोत्ने हलीलाई पनि गोली हान्यौ
दरबारमा पालिएका भोटे कुकुर जस्ता
गाउँ पसी मान्छे मार्ने सेना पुलिस कस्का ?
गाउँको ठिटो देख्यो कि ता खेदी खेदी मार्ने
जति मार्यो उति तिम्रो फुली बढ्थ्यो अरे
किसानका घर पसी खसी बाख्रा तान्थ्यौ
जबर्जस्ती लुटीलान्थ्यौ काटीकन खान्थ्यौ
खोरबाट तान्थ्यौ कोही बनबाटै लान्थ्यौ
मान्छे देखे मारिदिन्थ्यौ भाले देखे खान्थ्यौ
गाउँघर पसीपसी मान्छे मार्ने तिमी
सामुहिक हत्या गरी लास गाड्ने तिमी
बाटो हिँड्ने बटुवा र घाँस काट्ने छोरी
देख्यो कित मारिदिन्थ्यौ चरी मारे सरी
बन गाकी छोरी घर आउन पाउँदैनथे
खेत गाको युवा छोरो फर्की आउँदैनथे
बजारमा आउन जान थियो ठुलो डर
झोला देख्यो भने पनि गथ्यौँ गिरफ्तार
खुर्पा भेटे हतियारको आरोपमा छोप्थ्यौ
आफू भने राइफल बमगोला बोक्थ्यौ
हामीलाई हाम्रै घरमा आइ ठोक्ने तिमी
अझ उल्टो अदालतमा मुद्दा बोक्न हामी ?
पूरै गाउँ घेरा हाली सबैलाई छोपी
लाइनमा उभ्याएर मा¥थ्यौ गोली ठोकी
तिम्रा सेना बन्दुक बोकी जब गाउँ पस्थे
जनताका छातीमाथि सर्पले झैँ डस्थे
आफ्नै घर आफ्नै बारी आफ्नै पँधेरीमा
गरिबको ज्यान लिन्थ्यौ पुगी मझेरीमा
सेना गाउँ पठाएर बस्ती जलाउँथ्यौ
छोराछारी रुन्थे तर बाबु ढलाउँथ्यौ ।
तिमीहरू आपूmलाई वैधानिक भन्थ्यौ
भन तिम्रा हतियार केका लागि किन्थ्यौ
यदि साँच्चै जनताको सत्ता ठानेका छौ
हतियारबिना राज्य चलाएर देखाउ
के तिमीले हतियार समाएका छैनौ ?
के तिमीले सेना पुलिस बनाएका छैनौ ?
तिम्रा सेना पुलिसको त्रासदीले गर्दा
तिम्रो सत्ता टिकेको छ कुरा गर्छौ बढ्ता ?
नेपालको इतिहासमै सबैभन्दा बढी
जनताको ज्यान लिने तिमी महाखुनी
तिम्रा सेना पुलिसको मार खेप्ने हामी
वास्तविक आतङ्कको संरक्षक तिमी
शस्त्र यदि आतङ्कको नाम भएदेखि
यौटा कुरा बुझीराख पानाभरि लेखी
सत्ता नै हो सबैभन्दा ठुलो टेरिरिस्ट
सत्तासँग हुन्छ सबैभन्दा धेरै शस्त्र
सत्ताले नै सेना पुलिस बनाएर बस्छ
सत्ताले नै जनताका गास काटी लग्छ
जेलनेल हतियार कानुनको घेरा
हो कि हैनन् तिम्रा शस्त्र सोँच एकफेर
कति मा¥यौ लाटासोझा त्यो चै नदेखेर
अझ उल्टै दोष दिन्छौ लाजै नमानेर
तिमी नै हौ टेरिरिस्ट तिमी हत्यारा हौ
छर्लङ्गै छ तर पनि झुट कुरा गर्छौ ?
तिम्रा लागि टेरिरिस्ट हामी भएका छौँ
हाम्रा लागि टेरिरिस्ट तिमी भएका छौ
खोज अब परिभाषा टेरिरिस्ट को हो ?
जनताको खुन पिउने खुनी तिमी नै हो