१८ कार्तिक काठमाडौं ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत निकट दुईवटा अखिल(क्रान्तिकारी) विद्यार्थी संगठनहरुले आज काठमाडांैमा निर्वाचन बहिष्कार / अवज्ञा गरौं भन्ने नाराका साथ डवलीमा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएका हुन ।
उक्त पत्रकार सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र नेकपा बहुमत निकट विद्यार्थी संगठनका नेता मिलन राइले निर्वाचन बहिष्कार / अवज्ञा अहिलेको आवश्यकता रहेको हुदाँ देश व्यापि रुपमै आफ्ना संगठनका नेता कार्यकर्ताहरुलाइ आसन्न मंसिर ४ को निर्वाचन वहिष्कार/अवज्ञामा उत्रन र आम जनसमुदायमा वर्तमान चुनावले देश र जनताको जनजीविकाका प्रसंगहरुदिन प्रति दिन कहाली लाग्दो बिकराल परिस्थिति , महँगा,लुट,हत्या, वेरोजगारी झनै बडेर गएको बताए ।
दलाल शासकहरु सत्तामा पुग्न र टिकिरहनका लागि विदेशीको गुलामी गर्ने रहेको वताउँदै आगामि मंसिर ४ गते तय भएको संसदिय निर्वाचनमा दलाल,तस्कर,भष्ट, ठेकेदार र माफिया उमेदवारहरुलाइ आम रुपमा बहिष्कार गर्न जनताहरुलाइ सुचित गरेका थिए ।
उक्त पत्रकार सम्मेलनमा अखिल(क्रान्तिकारी) कि केन्द्रिय उपाध्यक्ष शीलु न्यौपानेले दुवै संगठन अखिल(क्रान्तिकारी)को तर्फ बाट प्रेस विज्ञप्ति पढेर बाचन गर्नुभएको थियो भने नेकपा बहुमत निकट अखिल(क्रान्तिकारी) कि महासचिव रुपा बुडाले उक्त कार्यक्रम संचालन गर्नुभएको थियो। निर्वाचन बहिष्कार लाइ थप प्रभावकारि बनाउदै दुइ अखिल (क्रान्तिकारी)संगठनहरु बिच अझै थप छलफल हुदै गरेको र संधर्ष संचालन देखि दुइ संगठन पछि नहटने जानकारी अखिल(क्रान्तिकारी) कि उपाध्यक्ष शीलु न्यौपाने जानकारी दिनु भयो ।
उक्त कार्यक्रम दुवै संगठनका केन्द्रिय पदाधिकारी नेता, प्रर्देश र जिल्ला स्थरिय नेता कार्यकर्ता समेतको उपस्थित रहेको थियो ।
दुवै संगठनको तर्फबाट प्रेसित प्रेस विज्ञप्ति निम्नअनुसार छ :