काभ्रेमा बहिष्कार कार्यक्रमकाे निरन्तरता

काभ्रेमा बहिष्कार कार्यक्रमकाे निरन्तरता

१८ कात्तिक काभ्रे ।
कात्तिक ५ गतेबाट शुरु गरिएको निर्वाचनको सशक्त बहिष्कार गर्ने कायक्रमको क्रममा कार्तिक १८ गते पनि नेकपा(क्रान्तिकारी माओवादी)काभ्रेमा प्रचारात्मक बहिष्कारलाई तिब्रता दिएसंगै काभ्रेका विभिन्न स्थानहरुमा निर्वाचन बहिष्कार गर्न आह्वान गरिएका पोष्टर टाँसिएका र पर्चा वितरण गरिएका छन् ।


निर्वाचन बहिष्कार गर्न आह्वान गरिएका पोष्टर टाँसिएका स्थानहरुमा काभ्रेका कुन्तादेवी, खरेलथोक, रोशी खोला, पलाञ्चोक भगवति, बालुवाआदि छन् । ती सबै स्थानहरुमा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य रिना गेलाल, पार्टी जिल्ला सेक्रेटरी टंक अधिकारी र अन्य नेताहरुमा प्रदीप अस्थानी, श्याम विक, किसान वावाआदिको सहभागिता थियो ।
कार्यक्रमका दौरानमा पोष्टर टाँस्ने, पर्चाहरु जनताको हातहातमा वितरण गर्ने आदि गरिएका थिए । उक्त कार्यक्रमलाई आजपनि बनेपाबाट निरन्तरता दिने भएको नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य रिना गेलाले बताउनु भयो ।