फोनको घण्टी

फोनको घण्टी

साताको साहित्य  कथा

पार्टीले सङ्गठनको जिम्मेवारी परिवर्तन गरेपछि कामरेड भूवन काठमाडौंमा बस्न थालेको हो । पार्टीमा पूर्णकालीन भएर हिँडेदेखि भूवनले देशका विभिन्न ठाउँमा जिम्मेवारी लिएर काम ग¥यो । पार्टी सङ्गठनमा मात्रै नभएर ऊसले काम गरेका क्षेत्रका अधिकांस जनताले पनि उसलाई राम्रोसँग चिन्दछन् । चाहे भूमिगतकालमा होस् चाहे खुल्ला समयमा होस् अधिकांस समय उसले गाउँमै बितायो । गाउँमा रहँदा उसले जनतासँगै एकसाथ श्रममा सहभागी हुन्थ्यो । परिआएका र आपूmले सक्नेसम्मका सबै काम गर्ने भएकाले पनि ऊ जनतामा निकै पृय भएको हो । वैचारिक र शारीरिक दुबै काममा ऊ पछि हट्दैन । अहिले पनि गाउँमा जाँदा खेतिपाती होस् या निर्माणका काम, ऊ खटिएकै हुन्छ ।

यतिखेर ऊ काठमाडौंमै छ ।

झिसमिसे उज्यालोमा भूवन बागमति करिडोरमा मर्निङवाकमा निस्कियो । मोबाइलमा एफएम लगाएर अखबार कार्यक्रम सुन्दै हिँडेको थियो । उसको मोवाइलमा सेभ नभएको नम्बरबाट ‘टिर्लिङ् टिर्लिङ…’ घण्टी बज्यो । कहिले सेभ भएको र कहिले सेभ नभएको नम्बरबाट अक्सर फोन आइरहन्छ । फोनको घण्टी बजेपछि एफएम स्वतः बन्द भयो ।

‘हजुर’ ! ‘को बोल्नुभएको ?’ विनम्र शैली र भावमा उसले फोन उठाउँदै सोध्यो । उसकोे प्रश्न नटुङ्गिदै उताबाट प्रश्न आयो – ‘हजुर भूवन सर होइन ?’

‘हो, बोल्दैछु । को बोल्नुभएको ?’ ऊ अलि असहज हुँदै भयमिश्रित भावमा प्रश्न ग¥यो । प्रतिबन्धित कालमा सेना पुलिसको घेराबन्दीमा रहँदा पनि उसलाई कुनै प्रकारको डर वा आतङ्कले छुँदैनथ्यो । यतिखेर कुनै कुनै फोनहरूले आतङ्क बोकेर आएको महसुस गर्न थालेको छ ऊ । आफ्नो बलबुतामा नभएको काम कसरी पूरा गरिदिने भन्ने कुराले उसलाई आतङ्कित पार्छ ।

‘सर नमस्कार ! म नरेश बोलदैछु सर ! चिन्नुभो’ ?’ अलिकति याचना र अलि बढी आशाभावमा उताबाट केही कुरा गर्ने मनसायले आवाज आयो ।

‘हजुर, नमस्कार ! चिनेकै आवाज त हो, तर मैले अलि ठम्याउन सकिन त । दुःख नमान्नुस् है, भन्नुस् त कहाँबाट को बोल्नुभएको ?’ भूवनले एकाएक अपरिचित नम्बरबाट आएको फोनमा मान्छे ठम्याउन सकेन र सोध्यो ।

‘म नरेश, हो सल्यानबाट ।’

‘ए ! हो त नि, चिने चिने । के कामले फोन गर्नु भएको थियो होला ? तपाइँ अझै सल्यानमै हुनुहुन्छ ?’ भूवनको पूर्व परिचित साथी भएकाले अनुहारै सम्झनामा ताजा भएर आयो । ‘तपाइँसँग पहिलो पटक हो नि त फोनमा कुरा गरेको, त्यसैले तुरुन्तै चिन्न सकिन के ।’ उसले प्रतिकृया जनायो ।

‘हो, के गर्ने सर ! मेरो आफ्नो भन्ने नै को छ र ? साथीभाइहरू तपाइँहरू नै हो केरे । हेर्नुस् न म सल्यान आएको पनि एघार बर्सै भैसक्यो । निसेनिमा दुई बर्स भन्दा बढी एउटा जिल्लामा बस्न नपर्ने भनेको छ, तर एघार बर्ससम्म पनि मेरो सरुवा नै भएन । अहिले हाम्रो पार्टी सरकारमा छ लौ न यतिखेर जसरी भए पनि मेरो सरुवा नेपालगञ्जतिर मिलाइदिनु प¥यो ….. ।’ फोनमा एकैचोटी लामै कुरा ग¥यो नरेशले । हाइस्कुले दौंतरी । नरेशको यति आग्रहपूर्ण फोन आएपछि भूवनको अनुहारमा मलिनताको बादल मडारियो । के भनौँ के भनौँ भयो । एक हातमा मोबाइलको खपेटो कानमा जोतेकै छ । अर्को हातले पाइन्टको गोजीबाट रुमाल झिक्यो र अनुहारको पसिना पुछ्यो । मर्निङवाक हिँडाइले नआएका पसिना मोबाइलमा आएको कुराले निकालिदियो । उताबाट एकोहोरो अनुरोधपूर्ण मौखिक निवेदन आएकै छ । ऊ सुन्दै र पाइला चाल्दै छ ।

‘हुन्छ नरेश जी ! म कोसिस गर्छु । ढुक्क त नहुनुहोला, म हाम्रो कर्मचारी सङ्गठनका नेतालाई भनेर सकेको मिलाउने कोसिस गरौंला ।’ यति भनेर फोनमा आएको निबेदनलाई आफ्नो सम्झना पुस्तिकामा दर्ता ग¥यो ।

‘लौ है सर जसरी पनि मिलाउनु पर्छ । तपाइँ जत्तिको व्यक्तिले चाहे भै हाल्छ नि, यतिखेर त म जसरी पनि घरपायकमा झर्नै पर्छ सर । म त पूरै आशामा छु ।’ ढुक्कताका साथ नरेशले आफ्नो बिन्ति बिसायो ।

‘आशा नगरोस् पनि किन ? विगतका जुनसुकै पार्टीका सरकार आएपनि आफ्नो पार्टीका कार्यकर्ता, नेताका आफन्तहरूले सेवा सुविधा लिइराखेको सत्तामा यतिखेर मेरो पार्टी पुगेको छ । मेरा आफन्त, साथीभाइ, पार्टी कार्यकर्ताहरूले आशा गर्नु पनि स्वाभाविकै हो ।’ मन निकै तरङ्गित भयो भूवनको ।

उसले कर्मचारी सङ्गठनको फ््रयाक्सन हेर्ने पार्टीका शीर्ष नेतालाई नरेशको आग्रह सुनायो र सरुवा मिलाइदिन कुरा पनि ग¥यो । दुई तीन लटमा सरुवा हुने लिष्टमा नरेशको नाम आएन । पछि थाहा भयो, सरुवा बढुवामा पार्टीले नजराना लिने गरेको रहेछ । उसको काम गराउन नसकेकोमा भूवनले लज्जित भएको महसुस ग¥यो ।
… …
एक पटक पुलिसमा जागिर खाएको भतिज नाता पर्ने आफ्नै गाउँको केटा सन्दिपको आग्रह टार्न नसकेर उसलाई लिएर गृहमन्त्री भेट्न सिंहदरबार पुगेको थियो भूवन । पार्टीमा कयौं बर्स एउटै कमिटीमा बसेको साथी गृहमन्त्री भएको थियो । मन्त्रीले भेट्दा भूवनलाई आदर गरेरै बोल्थ्यो पनि ।

‘हेर बाबु मलाई यो शोर्षफोर्ष लगाउने काममा न लगा’ त ! मलाई यस्तो भनसुनको काम गर्न मनैले मान्दैन । यो व्यवस्थामा सोझासिधाको काम चल्दैन । मैले भनेर मन्त्री सांसदहरूले टेर्दैनन् पनि’ भनेर कैयौंचोटी आफ्नो भतिजलाई भनिरहँदा पनि उसले मानेन । ‘एक पटक भेटेर यति त भनिदिनुस्’ भनेर निकै जिद्दी गरेपछि उसैलाई लिएर मन्त्रालय छिरेको थियो भूवन ।

पिएसित कुराकानी मिलाएर मन्त्रालय छिरेको भूवनलाई देखेर मन्त्रीले ‘ओहो ! कहिल्यै यहाँ नआउने सर कसरी आज दर्शन दिनुभयो ?’ भन्दै आफ्नो कार्यकक्षमा स्वागत ग¥यो । भूवन र मन्त्रीका बिचमा केहीबेर राजनीतिक गफगाफ भए । भूवनले आफ्नो भतिजलाई सिकाउँदै ‘यो बाबु पुलिसमा जागिर खान्छ, यसलाई यसो मिलाएर कर्णलीतिर पठाइदिनु प¥यो । मलाई मन्त्रीसित यति कुरा भनिदिनुस् न भनेर आग्रह गरेकोले यो बाबुलाई लिएर आएको हुँ’ भनेर मन्त्रालय आउनुको बेलिविस्तार सहित आग्रह पनि ग¥यो । मन्त्रीले पुलिसको नाम, दर्जा, कार्यरत दरबन्दी र क्षेत्र तथा जान चाहेको स्थान सबै आफ्नो डायरीमा टिपोट ग¥यो । त्यसपछि एक बर्स भन्दा बढी समय ऊ त्यो मन्त्रालयमा मन्त्री भयो, त्यसबिचमा धेरै पुलिस जवानदेखि अफसरहरूको सरुवा बढुवा भइरहे तर भतिजको नाम निसान केही पनि आएन ।

एकदिन भूवनले कोठामा खाना पकाउँदै थियो, कताबाट भतिज टुप्लुक्क आइपुग्यो । काकाभतिजको केही समयको भलाकुसारीपछि भतिजले आफ्नो सरुवा कपिलवस्तु भएको बतायो । ‘यी नेताहरू त सबै घुस्याहा भइसकेछन् काका । तपाइँ बराबरको मान्छेलाई आफैले भेटेर भन्दा पनि मन्त्रीले कुरै सुनेनन् । दुर्गम ठाउँमा र देशका अलि मालदार ठाउँमा सरुवा मिलाउन ठूलो पैसाको चलखेल हुने रै’च तपाइँले भनेर सित्तैमा किन गर्दिन्थे’ भतिजले बेलीविस्तार लगायो ।

‘तिमीले कसरी थाहा पायौ घुसपिस खान्छन् भन्ने कुरा ?’ भूवनले प्रश्न ग¥यो ।

‘मैले सबै कुरा था’पाएँ काका । पुलिसमा त झन् मालदार ठाउँ भन्ने हुँदो रैच । मालदार ठाउँमा इञ्चार्ज भएर जान र अति दूर्गम ठाउँमा जान त निकै ठूलो घुस चल्ने रैच ।’ सन्दिपले ढुक्कसित भन्यो ।

‘कस्ले भन्यो तिमीलाई यो सब कुरा ?’ भूवनले थाहा नपाएजस्तो गरी सोध्यो । थाहा त उसलाई पनि नभएको होइन । जब पार्टी संसद र सरकारमा गयो, अधिकांस नेताहरू कमिसनको चक्करमा परेको कुरा त पार्टीका कमिटीहरूमा चल्थे । त्यहाँ इमान्दार र घुस्याहा नेताहरूका बिचमा निकै ठूलो चर्काचर्की हुने गथ्र्यो । कर्मचारी सरुवा बढुवाबाटै करोडौं रकम पार्टी केन्द्रमा बुझाएको कुरा त भूवनले फ््रयाक्सन इञ्चाजैबाटै सुनेको हो ।

‘मेरो सरुवा किन भएन त भनेर खोज्दै जाँदा थाहा पाएँ काका ।’ भतिजले बेलिविस्तार लगायो ।
… …
भूवन पार्टी सङ्गठनमा निकै पुरानो व्यक्ति हो । पञ्चायत कालदेखि नै कम्युनिस्ट पार्टीमा लागेका कारण न जागिरको अवसर पायो न त अरू पेसा व्यवसाय गरेर प्रसस्त धनपैसो कमाउन सक्यो । जे हो सबै पार्टी हो भनेर निरन्तर पार्टीले खटाए अह«ाएको काममा बूढो गोरु जोतिएझैँ जोतिई रह्यो । राजनीतिले गर्दा आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन पनि सकेन । जसोतसो सामान्य विषय लिएर व्यचलरसम्मको अध्ययन पूरा गरेका थिए । नेताहरूको चाकडी र गुलामी नगरेका कारण पार्टी पटक पटक संसदमा जाँदा पनि न त ऊ संसद छि¥यो न त मन्त्री बन्यो । पार्टीले संसदमा गएर खेलेको भूमिकाप्रति पनि उसको पटक्कै चित्त बुझेको होइन । पार्टीका बैठक भेलाहरूमा उसले सँधै नेताहरूको आलोचना गरिरहन्थ्यो । तर पनि पार्टीमा ऊ निकै परिचित र वौद्धिक नेताका रूपमा समाजमा चिनिएको छ ।

फेरि फोनको घण्टी बज्यो । जब भूवनको मोवाइलमा कसैको फोन आउँछ तब ऊ निकै तर्सन थालेको छ अचेल ।

‘हेलो ! सर कता हुनुहुन्छ ?’ फोन उठाउँदा वित्तिकै उताबाट स्थानको जानकारी मागेर प्रश्न आयो । भूवन भएको स्थानको जानकारी लिनुको आसय हुन्थ्यो ऊ काठमाडौंमै होस् । भूवनले आपूm काठमाडौंमै भएको जानकारी गरायो ।

‘केही कुरा गर्नु थियो सरसँग ।’

‘भन्नुस् के थियो होला’ भूवनले सहजभावमै जवाफ दियो ।

‘सर गृह मन्त्रालयमा भनसुन गरेर कतै पुलिसतिर, अनुसन्धनतिर वा कतै केही मिलाई दिनुहुन्थ्यो कि । भाइछोराहरू बेरोजगार भए । यतिवेला हाम्रो सरकार भएको वेला केही मिलाईदिनु हुन्थ्यो कि !’

‘खोई के छ, म बुझुँला, मलाई त थाहा छैन । मैले मन्त्रीलाई भेटेको पनि छैन । फेरि यस्तो काममा हाम्रो त केही लाग्दैन, तैपनि म बुझुँला ।’ भूवनले असाध्य असहज भावमा सोची सम्झी उत्तर दिने गरेको छ । विगतमा उसको पार्टीको धुँवाधार विरोध गर्नेहरूले पनि अचेल आफ्नै पार्टी भन्न थालेका छन् । गोरु बेचेको साइनो नपर्नेहरूले पनि खोजीखोजी नाता लगाएर सम्बोधन गर्न थालेका छन् । यी सबै गतिविधिबाट भूवन वाक्क दिक्क पर्न थालेको छ । तैपनि के गरोस् जनतासँग रिसाउन पनि नहुने । न त तल्लो तहका कार्यकर्तालाई नै वितृष्णा जगाउन भयो । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भनेजस्तो भएको छ भूवन ।
… …
‘टिर्लिङ् टिर्लिङ.. टिर्लिङ् टिर्लिङ’ मोवाइलको घण्टी फेरि बज्छ । उस्तै परिचित अपरिचित नम्बरबाट ।

‘यो मोवाइल फोनको किन आविष्कार भयो होला ?’ भूवन मनमनै रिसले चुरचुर हुन्छ । फेरि के माग आयो भनेर सहज लख काट्छ । मन नलागी नलागी फोन उठाउँछ । परिचित आवाज आउँछ ‘सर ! लालसलाम’ ।

‘हजुर लालसलाम’ ।

अभिवादनको आदानप्रदान हुन्छ र केही क्षण सञ्चो विसन्चो र थोरै एकापसका दिनचर्याका कुरा भएपछि उताबाट केही अनुरोधयुक्त कुरा शुरु हुन्छ ।

‘सर अहिले त सञ्चार मन्त्रालय हाम्रै छ क्यारे । कुनै सञ्चार संस्थाहरूमा जोडिन पाए हुन्थ्यो, हामीले भन्ने र अनुरोध गर्ने ठाउँ त सर नै हो । हाम्रो अरू को छ र, हामीलाई राम्रोसँग चिन्ने पनि सर नै हो क्यारे । लौ न भनसुन गरिदिनु प¥यो सरले ।’ आफैले पार्टीको पत्रकारितामा जोडिदिएको पात्रको फोन थियो त्यो ।

उसले पुनः उसैगरी जवाफ दियो, जसरी अरूलाई दिने गरेको छ ‘हुन्छ मिलेसम्म म कोशिस गरौंला ।’

दिनमा कमसेकम सालाखाला दुईचार वटा यस्ता फोनहरू आइरहन्छन् । उसले भन्न मिल्नेजतिलाई जागिर मिल्ने वा नमिल्ने, सरुवा हुने वा नहुने परिस्थितिका बारेमा उसले बुझने र पचाउनसक्ने जति यथार्थ कुरा भनिदिन्छ । कसैलाई हुन्छ के कसो रहेछ म बुझुँला भनेर टारिदिन्छ । ती फोन गर्नेहरू उसकोे जवाफबाट कति सन्तुष्ट हुन्छन् वा हुँदैनन् उसलाई थाहा छैन । उनीहरू पक्कै पनि यसले त मिलाउन सक्छ भनेर आश्वस्त भएर बस्छन् वा सामान्य औपचारिकता पूरा गरेरै सन्तुष्टी लिन्छन् त्यो पनि बुझन सक्दैन । कसै कसैले त यतिसम्म पनि भन्न र जिकिर गर्न भ्याउँछन् ‘सरको केन्द्रका ठूलठूला नेतासँग राम्रो सम्बन्ध छ नि त हामीलाई थाहा छ, तपाईले त पार्टीका शीर्ष नेताहरू सबैलाई भन्न सक्नुहुन्छ । अहिले हाम्रा मन्त्री भएकोबेला मेरो यत्ति काम पनि गर्दिन सक्नुहुन्न र ? जसरी पनि गरिदिनु प¥यो ।’ यस्ता दवावका कुरा पनि आउँछन् ।

‘कोही जागिर खोज्ने, कोही सरुवा मिलाउने । कोही बढुवा माग्ने, कोही छोराछोरीहरूलाई सरकारी कोटामा उच्च शिक्षा पढ्ने वातावरण मिलाइदिने । इत्यादि कामका लागि फोनहरू आइरहन्छन् । फोन गर्नेहरू पार्टीका चवन्नी सदस्यदेखि माथिल्लो तहसम्मका हुन्छन् । कोही आफ्ना नातागोता, इष्टमित्र, साथीभाइ र दौँतरीहरू हुन्छन् । कोही चुनावमा पार्टीलाई भोट हालेको साइनो लगाएर लिफ्ट माग्नेहरू पनि हुन्छन् । चुनावमा पार्टीलाई भोट दिए दिएनन् त्यसको साक्षी त ऊ स्वयम् बाहेक अरू कोही पनि छैन र हुँदैन । लिफ्ट माग्नेहरूको क्षेत्रमा आफ्नै पार्टीले जितेको हुनाले भोट हालेकै होला भन्नुपर्ने नै हुन्छ । जे होस् हामीबाट बेरोजगारहरूले रोजगारको आशा गर्नु, अपायक परेकाहरूले पायकको चाह गर्नु, छोराछोरीहरूलाई सरकारी कोटामा राम्रो शिक्षा दिलाउने व्यवस्थाको चाहना गर्नु अस्वाभाविक होइन । यो व्यवस्थाले जनतालाई सिकाएको त्यही हो । समस्या त पार्टीमा रहेका हामीजस्ता सोझासिधा इमान्दार र व्यवस्था नै बदल्ने भनेर लडेका कार्यकर्ताहरूलाई पो पर्छ । न त सेवाग्राहीहरूले चाहेको कुरामा आफै फटाफट मिलाउन सक्ने हामीसँग कुनै जिम्मा र अधिकार हुन्छ न त हामीले भनेको कुरा मन्त्रीहरूले फटाफट सहजरूपमा मिलाउन सक्छन् र गर्छन् ।’ फोनमा कुरा गरिसकेपछि मनमनै निकै कुरा खेलायो । उसैगरी जसरी हरेक दिन सोच्ने गर्छ । दिनभरीको यस्तै यस्तै तनावै तनावमा परेको भूवन सोच्दा सोच्दै कोठामा पुग्यो ।

‘ल जा, तँ मोवाइल पनि सुत अब’ भूवनले मोवाइलको स्वीच अफ ग¥यो । थकित र गलित भएको महसुस गर्यो उसले । वेलुकाको खाना पनि नपकाएर विस्तरामा पल्टियो । दिनभरी कामको तनाव । त्यसमा पनि फोनमा आउने अनेकौ रङ्गिन मागहरू । विगतमा जनताका बिचमा सङ्गठन बनाउँदै र सङ्घर्षका ठूलठूला कार्यक्रमहरूको व्यवस्थापन गरेको भन्दा पनि निकै बोझिलो र अप्ठ्यारो लाग्न थालेको छ उसलाई पार्टी सरकारमा भएको बेलाको राजनीतिक काम ।

सुस्केरा हाल्यो । उसले व्यङ्ग्य निबन्धकार भैरव अर्यालले ‘जयभुँडी’मा लेखेको कुरा सम्झियो– ‘सोझा र सज्जन कवै नलिनु दलैमा, पार्टी चलाउनु सँधै छल औ बलैमा ।’

कतिपय मन्त्रीहरूले त भूवन जस्ता कार्यकर्ताहरूलाई विरोधी पार्टीका कार्यकर्ता भन्दा पनि टाढाको ठान्छन् । तिनीहरूले उसकोे कुरा सुन्ने त कुरै भएन, बोल्दा पनि छोइछिटो होलाझैँ गर्छन् । अनेकौं कुरा सम्झियो उसले– ‘कसरी फोन गर्नेहरूको अपेक्षा हामीले पूरा गर्न सक्छौँ ?! पार्टीभित्रका समस्या सबैसँग भन्दै हिँड्नु पनि भएन । हरेक फोनकर्तालाई समस्याको फेहरिस्त सुनाउनु पनि भएन । उनीहरूले कति ठूलो आशा राखेर फोनमा बचन खर्च गरेका हुन्छन् । आफूले दाँतैमा ढुङ्गा लगाइदिनु पनि त भएन । सामान्य औपचारिकतामै सहज भावमा जवाफ दिने गर्छु‘ ‘हुन्छ म कोशिस गरुँला’ । मेरो यो जवाफ रेडिमेड जस्तै भएर ओठैमा झुण्डिएको छ । वास्तवमा यो व्यवस्थामा हामीले जति सहजरूपमा जवाफ दिने गर्छौं, यथार्थमा त्यसो हुँदैन । किनकि यो व्यवस्था भनेकै जनताको वर्गको नभएर शासक वर्गको हो । यहाँ तिनीहरूकै आदेश चल्छ । मन्त्रीहरूले गर्ने सेवा पनि उनीहरूकै मात्र हुन्छ । यो व्यवस्थामा जनताको काम हुन्छ भनेर आसा गर्नु भनेको ढुङ्गो फल्ने कल्पना जस्तै हो ।’ मनमा निकै तर्कनाहरू गर्यो । सोच्दासोच्दै भुसुक्क निदायो ।
२४ बैसाख २०७९, तुलसीपुर
(सिर्जना आलोक शृङ्खला, बैशाख २०७९बाट)