
काठमाडाैं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे ललितपुर जिल्ला भेला आज कुपोन्डोलमा सम्पन्न भएकाे छ ।
महासंघका केन्द्रीय अध्यक्ष इश्वर तिमिल्सिनाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सुजाता राेकाकाे संयाेजकत्वमा ११ सदस्यीय जिल्ला कमिटि निर्माण गरेकाे छ । भेलाले सदस्यहरुमा प्रकाश पाैडेल, भिम लामा, रुपक खाती, सानू याेञ्जन, कुमार तामाङ, रवि घलान, अनिल पहरी, राजु पहरी, लालबहादुर थिङ लगायत हुनुहुन्छ ।
भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा ललितपुर इन्चार्ज कगेन्द्र, पार्टीका केस तथा महासंघका प्रदेशका इन्चार्ज पुष्कर श्रेष्ठ, महासंघका प्रदेश संयाेजक कुमार घतानी, ललितपुर पार्टी सेक्रेटेरी जगदिश्वर महर्जनलगायतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।