टेक बहादुर श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

टेक बहादुर श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नवलपरासी । क्रान्तिकारी प्रेस सङ्गठन नेपाल केन्द्रीय समितिका पुर्ब उपाध्यक्ष तथा महासचिव समेत रहेका पत्रकार रामकुमार श्रेष्ठका वुवा टेक बहादुर श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम पुरानो कावासोतीमा सम्पन्न भएको छ । ७१ बर्षीय टेक बहादुरको यही जेठ ५ गते निधन भएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपुरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीका पीवीएम अशोक लम्साल, पार्टी सिसिएमहरु क्षेत्र बहादुर थापा, रवि पाण्डेय, जिल्ला समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । सो अवसरमा टेक बहादुरले समाजमा गरेको योगदानको चर्चा गरिएको थियो । र, पार्टीको तर्फबाट समवेदना पत्र हस्तान्तरण गरिएको थियो ।