
वर्षा लाग्यो खेती गर्न खेततिर आइयो
लौन मन्त्री!सुपथमा मल बीउ चाहियो
हाम्रा हात तयार छन् सुक्खा धर्ती चिर्न
कोदाली र हलो जूवा काॅधमाथि भिर्न
आकाशमा मेघ पनि तयारी गर्दैछ
घरिघरि झर्र बर्र वर्षात झर्दैछ
पानी बोक्न कुलानाला पर्खिबसेका छन्
धर्ती सिउन किसानले कम्मर कसेका छन्
अर्मपर्म ऐचोपैचो हामी मिलाउँछौँ
सुख्खा धर्ती भिजाउन अन्न फलाउँछौॅ
सबै कुरा यतातिर ठीकठाक भयो
मल बीउ नहुनाले काम बाॅकी रह्यो
खेतबारीमा काम गर्न छोडी यता आइयो
लौन मन्त्री ! हामीलाई मल बीउ चाहियो।
खेतबारी बाँझो राख्ने मन कहाॅ छ र ?
मल बीउ खरिद् गर्ने धनाढ्य कहाॅ छ र ? पुस्तौॅदेखि खेतीसॅगै मायाप्रीति लाइयो
लौन मन्त्री ! खेती गर्न मल बीउ चाहियो ।
सबै कुरा किन्दाकिन्दै धेरै हुन्छ खर्च
बिक्री हुॅदा सस्तो पर्छ हाम्रो दु: ख व्यर्थ
पोहोर पनि खेती गरी घाटा मात्र खाइयो
लौन मन्त्री ! वर्षा लाग्यो मल बीउ चाहियो ।
२०७८\२\२८