का. चन्द्रा थानीको मृत्यु भएको २०७८ साल भदौ २८ गते १ वर्ष पुग्दै छ । यही अवसरमा उहाँको बारेमा स्मारीका प्रकाशन हुदै छ । उक्त स्मारीकामा उहाँ प्रतिको आफ्नो धारणा राख्न पाउदा धेरै खुसी लागेको छ ।

क. चन्द्रा थानीसँग मेरो भेटघाट र चिनजान वि.स २०७२ सालमा कार्तिक २२ मा नेपाल कम्युनिस्ट पार्टी–माओवादी र नेपाल कम्युनिस्ट पार्टी(एकीकृत)को वीचमा पार्टी एकता भइ नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी) बने पछि नै भयो । उहाँ पार्टीको साथै महिला मोर्चामा पनि काम गर्नुहुदो रहेछ । हाम्रो पार्टीबाट राम बहादुर थापा(बादल)को नेतृत्वमा थुप्रै साथीहरू बहिर्गमन भएपछि पार्टीले मलार्ई महिला मोर्चाको जिम्मा दियो । पार्टीको सांगठनिक कामका सिलसिलामा उहाँ र मेरो वीचमा भेटघाट अलि छिटो छिटो हुन थाल्यो । पछि पार्टीले मलार्ई प्रदेश नं ५,६र७ को व्युरो इन्चार्ज बनाएर पठायो । म ६ नं प्रदेश(हालको कर्णाली प्रदेश) मा पनि जानु पर्ने भयो । छ नं. प्रदेशको पार्टी कार्यालय उहाँको घरमा नै रहेछ । उहाँको घरमा नै पार्टीको बैठक, भेला र भेटघाटहरू हुन्थ्यो । पार्टीले २०७६ साल माघ १५ देखी सञ्चालन गरेको “राष्ट्रिय स्वाधिनता र सङ्गठन विस्तार अभियान” मा हामीसँगै हिड्ने अवसर पनि पर्यो । ठाउँ ठाउँमा उहाँले पार्टी र महिला मोर्चाको तर्फबाट सभाहरूलार्ई सम्बोधन पनि गर्नुभयो । यसरी पार्टी कामको सिलसिलामा मैले उहाँलार्ई नजिकबाट चिन्ने अवसर प्राप्त भयो ।

हार्दिक शुभकामना !

उहाँले कविता लगाएत साहित्यिक रचनाहरू पनि गर्नुहुदो रहेछ । तर मैले उहाँलार्ई एक इमान्दार क्रान्तिकारी राजनीतिक कार्यकर्ताको रूपमा पाए । उहाँ विद्यार्थी राजनीतिमा वि.स २०३६ साल देखी लाग्नु भएको रहेछ । त्यसैको निरन्तरतामा वि.स २०३८ सालमा नेकपा चौ.म को तर्फबाट पार्टी सदस्यता पाउनु भएको रहेछ । मृत्यु हुदाको बखत उहाँ नेकपा (क्रान्तिकारी माओवादी) को कर्णाली प्रदेश समितिको सदस्य र अखिल नेपाल महिलन सङ्घ(क्रान्तिकारी) को केन्द्रीय सहसचिव हुनुहुन्थ्यो ।

युवा अवस्थामा थुप्रै मानिसहरू क्रान्तिकारी गतिविधिमा लाग्छन्, निकै सक्रिय पनि हुन्छन् । तर कयौ मानिसहरू समय क्रम वित्दै जाँदा निस्किृय हुदै जान्छन्, कसैले त पार्टी छोड्छन् भने कोही त प्रतक्रयावादी कित्तामा पनि पुग्छन् । जीवनभर क्रान्तिकारी वाटोमा सक्रिय हुने व्यक्तिहरू कमै हुन्छन् । का. थानी तीनै थोरै व्यक्तिहरू मध्यमा पर्नुहुन्छ । उहाँले वि.स २०७६ साल देखी आफ्नो जीवनको अन्तिम घडिसम्म पार्टीमा रहेर क्रान्तिकारी गतिविधिहरूमा सक्रिय भुमिका निर्भा गर्नुभयो । क्रान्तिकारी कार्यमा देखिएको यो निरन्तरता नै महत्वपूर्ण कुरा हो । यस प्रकारको गुण सबै क्रान्तिकारीहरूले अवलम्बन गर्नै पर्दछ ।

एउटा परिस्थितिमा उहाँ एमालेमा सक्रिय हुनुभएको थियो । तर जब एमालेले माक्र्सवादका आधारभुत सिद्धान्तलार्ई छोड्यो, राष्ट्रियता र जनजीविकाका सवालहरूलार्ई तिलानजली दियो त्यो अवस्थामा उहाँले एमाले परित्याग गर्नुभयो र नेकपा (माले)मा सक्रिय हुनुभयो । नेकपा माले पनि माक्र्सवादका आधारभुत सिद्धान्तहरूबाट विचलित हुदै गएपछि उहाँ नेकपा(माओवादी)मा रहेर सक्रिय भुमिका निर्भा गर्नुभायो । जब नेकपा (माओवादी) को मूल नेतृत्वले पनि मालेमावादको आधारभुत सिद्धान्तहरूलार्ई तिलानजली दिदै क्रान्ति प्रति गद्धारी गरेपछि त्यहाँका क्रान्तिकारीहरूले विद्रोह गरेर नेकपा–माओवादी निमार्ण गर्ने प्रक्रिया सुरु गरे । उहाँ पनि त्यो प्रक्रियामा सक्रिय हुनुभयो । नेकपा(क्रान्तिकारी माओवादी) बाट बादलको नेतृत्वमा थुप्रै साथीहरू बहिर्गमन हुदा पनि उहाँ पार्टी र क्रान्तिको पक्षमा उभिनु भयो । यसरी उहाँको राजनीतिक जीवनलार्ई हेर्दा उहाँले जैले पनि आफ्ना व्यक्तिगत स्वार्थ, पद प्रतिस्था भन्दा क्रान्ति, पार्टी, राष्ट्र र जनताको हितलार्ई प्रमुखतामा राख्नुभएको प्रस्ट हुन्छ । आफ्नो व्यक्तिगत पदप्रतिस्थाको लागी अवसरको खोजीमा लागेको भए उहाँ एमालेमा नै रहनुहुन्थ्यो वा बादलहरूसँग बहिर्गमन भएर प्रचण्डकोमा पुग्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नुभएन । नेपालको कम्युनिस्ट आन्दोलन भित्र चल्ने दुई लार्ईन सङ्घर्षमा उहाँ सधै क्रान्तिकारी धारामा नै रहेर सक्रिय हुनुभयो । मालेमावादको पक्षमा उभिने र अवसरवादको विरुद्धमा सङ्घर्ष गर्ने क्रान्तिकारी कम्युनिस्टमा हुनु पर्ने गुण उहाँमा थियो ।

कयौं व्यक्तिहरूले क्रान्तिका ठूलाठूला कुरा गरेता पनि सारमा पदप्रतिस्थाकालागी मरिहत्ते गर्दछन् । पद प्राप्तिका लागी अनेक प्रकारका खेलहरू खेल्छन्, गुटवन्धि गर्छन् । त्यती गर्दा पनि आफुले भने जस्तो पद पाएन भने पार्टी छोड्ने वा निष्कृय हुने गर्दछन् । तर का. थानी पदप्रतिस्थाका लागी कही कतै त्यसप्रकारको प्रयत्न गरेको पाइएन । उहाँ भन्दा धरै पछाडीका साथीहरू उच्च पदमा पुग्दा पनि उहाँमा कुनै असन्तुष्टि देखिएन । उहाँले इमान्दारिता पूर्वक सक्रिय भएर आफ्नो कर्तव्य निर्भा गरिरहनु हुन्थ्यो । उहाँ सरल जीवन र उच्च विचारको धनी हुनुहुन्थ्यो ।

अन्तमा कोभिड–१९ महामारीको कारणले गर्दा पार्टीले वि.स २०७६ साल फाल्गुन २३ गते “राष्ट्रिय स्वाधिन्ता र सङ्गठन विस्तार अभियान” को कार्यक्रम स्थगित गर्यो । उहाँहरूसँग विदा भएर म सुर्खेतबाट काठमाडौं हिडे । साउन तिर हुन सक्स का. चक्रपाणी शर्माले उपचारको लागी उहाँ काठमाडौं आउनुभएको कुरा बताउनु भयो । उहाँको पित्तमा पत्थरी छ त्यसलार्ई निकाल्न पि.सि.आर गराइयो रिपोर्ट नेगेटिभ आयो अव अपचार प्रक्रियामा लाग्छौं भनेर का. चक्रपाणी जी ले भन्नु भयोे । कोभिड महामारीको कारणले पनि उपचारको क्रममा म उहाँलार्ई भेट्न जान सकिन । उहाँलार्ई भेट्न नपाएकोमा मलार्ई अहिले निकै पछुटो लागी रहेको छ । हार्दिक श्रद्धानजली क. चन्द्रा थानीलार्ई ।२०७८ । ०५ । ०५

प्रतिक्रिया

सम्बन्धित खवर