आमा नाटक गीतिकाब्यको एक अंश

कसरी मैले संतानलाई हुर्काई पाल्ने हो ?
भएको सारा अमूल्य बस्तु अर्कैले लाने भो !
मेरै हुन् आमा भनेर माया कहिले फर्केला ?
धनको रास विदेश जान के गरि रोकेला ?

हार्दिक शुभकामना !

मेहनतले कमाई खाने बानी नै छुटेछ
अर्कैको भर बसेर खाने के बानी परेछ ?
भविष्य माथि देखिन्न चिन्ता स्वार्थमा बिक्दछन् ।
दाजु र भाइ दुष्मनसरी झगडा गर्दछन् ।

पुर्खाले ठुलो पौरख गरि सिर्जेको मुलुक
स्वार्थले गर्दा गुम्दैछ आज बन्दैछ बन्धक
धरतीलाई बेचेर खान्छन् बन्धक बनाई
गौरव गर्छन मान र सम्मान इजत लुटाई

कसरी सक्नु म एक्लो भई सबैको भलाई
आफन्त चिन्ने दुष्मन बुभ्mने संतान नपाई
सीमाना किल्ला घट्दैछ आज मिच्दैछन् घरबारी
कसरी एक्लै धानेर मैले गर्ने हो रखवारी ?

बलियो किल्ला भत्काई लान घनले ठोक्दैछन्
तर्साई खान आकाशबाट धम्कीले बोल्दैछन्
एक भै लड्नु आइलागेपछि जाई लाग्ने नगर
थिचो र मिचो सहेर सँधै हेपिई नबस ।

बलले ठूलो हुँदैन कोही बुद्धि नै सपार
म आमा तिम्रो भन्दैछु यहाँ अहंकार नपाल
संतानलाई यी सबै कुरा बुझाउँ कसरी ?
अबुझलाई बताउँ भन्दा सुन्दैन यसरी
कठै ! सम्झाउँ कसरी ?

प्रतिक्रिया

सम्बन्धित खवर