पस्तै नपसूँ बेखबर भइने
पस्तै जाँदा फँस्तै गइने
लठ्ठ बनायो, लतले छोयो
फेसबुक हो कि फँसबुक हो यो !
 
यसमै शोक छ उत्सव यसमै
यसमै क्रोध र राग पनि
गच्छे जताईकन पोखिन्छन्
यसमै कोकिल, काक पनि
 
ज्ञानी जनका ज्ञानहरू छन्
कति छन् कति अज्ञान पनि
छरियो जीवन धेरैतर्फ
कतितिर पुग्नु र ध्यान पनि !
 
कुण्ठा पोख्तछ कुण्ठित जनले
दाम्भिक जनले दम्भ भर्यो
मन पोख्ने यो सबको भाँडो
फेसबुकले आश्चर्य गर्यो !

प्रतिक्रिया

सम्बन्धित खवर