” खारिएका र प्रतिभाशाली नेताहरु ( प्रतिभाशाली मानिसहरु सयकडौंको संख्यामा जन्मिदैनन् ) , जसलाई आफ्ना कामको पुरै प्रशिक्षा मिलेको होस् , जुन लामो समयसम्म अनुभव प्राप्त गरिसकेका होऊन् र जुन पूर्ण सहयोग एवम् तालमेलका साथ काम गर्ने होऊन् – का अभावमा आधुनिक समाजमा कुनै पनि वर्गले दृढताका साथ काम गर्न सक्तैनन् ।” – लेनिन , संकलित रचनाएँ  दश खण्डो मे खण्ड – २ , पृष्ठ १७० , प्रगति प्रकाशन मास्को १९८१ । 
      यस लेखमा इतिहासमा नेताहरुको भूमिकाका बारेमा स्पष्ट पार्ने प्रयास गरिएको छ । यहाँ नेता भनेको के हो ? नेताको जन्म कसरी हुन्छ ? नेताहरु कति प्रकारका हुन्छन् ? नेता , नेतृत्व र जनसमुदाय बीचको सम्बन्ध कस्तो हुनुपर्छ ? आदि विषयमा उल्लेख गर्ने प्रयत्न गरिनेछ ।
   माथि उल्लेख गर्नुभएको शब्दहरुबाट के निश्कर्षमम पुग्न सकिन्छ कि नेता , नेतृत्वको महत्वमाथि राम्रो प्रकाश पार्नुभएको छ । क्रान्तिकारीहरुले इतिहास , जनसमुदाय , व्यक्तिहरु र नेताहरूले खेल्ने भूमिकामाथि द्वन्द्वात्मक ढंगले ध्यान दिन जरुरी हुन्छ ।
    जनसमुदाय ( श्रमजीवी जनता ) इतिहासका निर्माता कसरी हुन् भने उनीहरू आफ्नो जीवनको उत्पादन र पुनरुत्पादन स्वयं गर्दछन् । उनीहरू निश्चित सामाजिक – आर्थिक व्यवस्थामा आबद्ध रहेका हुन्छन् । उत्पादन पध्दतिमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध हुन्छन् । उत्पादन सम्बन्ध भनेको मानिसहरुबीचको, आपसी सम्बन्ध हो । उत्पादक शक्ति अन्तर्गत  मानवीय श्रम , श्रमका विषय तथा आौजार आउँदछन् र तिनमा मानवीय श्रमको भूमिका प्रधान तथा निर्णायक हुने गर्दछ । यसरी मानवीय श्रम शक्तिको प्रधान र निर्णायक भूमिका हुनुकै कारण इतिहासको निर्माता श्रमजीवी जनसमुदाय नै हुन पुग्छन् 
CM Vijayan Is Following Lenin, Stalin, Pol Pot': Tejasvi Surya - Church  Citizens' Voice
 
(१) इतिहास निर्माणमा जनसमुदायको भूमिका :
 
       मानव जातिको इतिहास धेरै लामो छ । मानव जातिको इतिहासको निर्माणमा जनसमुदाय , व्यक्तिहरु र नेताहरु सबैको महत्वपूर्ण भूमिका हुन्छ । तर यसमा जनसमुदाय कै निर्णायक भूमिका हुन्छ । व्यक्तिहरु जनसमुदाय कै एकाइ हुन् र नेताहरुको जन्मदाता पनि जनसमुदाय नै हुन् । त्यसैले मानव जातिको वास्तविक इतिहासको निर्माता जनसमुदाय नै , श्रमजीवी जनता नै हुन् ।
   जनताले आफ्नो इतिहासको निर्माण कसरी गर्दछन् ? नेताहरु कसरी पैदा हुन्छन् ? मानिसका स्वतन्त्र इच्छा र आर्थिक परिस्थितिबीच के सम्बन्ध छ ?  यी प्रश्नहरुको जवाफमा आवश्यकता र आकस्मिकताको द्वन्द्ववादमाथि ध्यान दिदै फ्रेडरिक एंगेल्स अगाडि लेख्नु हुन्छ ” मनुष्य आफ्नो इतिहासको रचना स्वयं गर्दछन् , तर अहिलेसम्म उनीहरू यस्तो सामुहिक संकल्पका साथ , सामुहिक योजना अनुसार गर्न सक्त, यहाँसम्म कि एक निश, परिसीमित समाजविशेषमा पनि गर्न सक्तैनन् । उनका आकांक्षाहरु एक अर्कोशीत टक्कराउँछन् र यसकारण यस्तो प्रत्येक समाज आवश्यकताद्वारा शासित हुन्छ , जसको पुरक तथा प्रतियमान रुप आकस्मिकता हुन्छ । यहाँ जुन आवश्यकता समस्त आकस्मिकताहरुमाथि प्रभावी हुन्छ , त्यो अन्ततः आर्थिक आवश्यकता नै हो  र यहाँनेर तथाकथित महापुरुषहरुको चर्चा आवश्यक हुन जान्छ ।” – माक्र्स – एंगेल्स संकलित ,चनाएँ खण्ड – ३ , भाग – २ , पृष्ठ ४२४ , प्रगति प्रकाशन मास्को १९७८ ।
    माथि उल्लेखित एंगेल्सका यी भनाइहरुबाट के कुरा स्पष्ट हुन्छ भने इतिहासका निर्माता जनता हुन् तर तिनले आफ्नो इच्छा अनुसार होइन समाजको आर्थिक  आवश्यकता अनुसार इतिहासको निर्माण गर्दछन् । तथाकथित महापुरुष अर्थात्  नेताहरुको जन्म पनि यसरी नै हुन्छ ।
     इतिहासको निर्माणमा जनसमुदायको भूमिकाको सन्दर्भमा आवश्यकता र आकस्मिकता तथा आवश्यकता र स्वतन्त्रता बीचको द्वन्द्वात्मक सम्बन्ध वास्तवमा यही नै हो । 
 
(२) इतिहासमा नेताहरुको भूमिका : 
        इतिहासमा तथाकथित महापुरुष अर्थात् नेताहरुको जन्म आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक सम्बन्धका बीचबाट हुन्छ । तदनुसार नेताहरुको जन्म इतिहासको आवश्यकता अनुसार हुने गर्दछ , तर अमुक व्यक्ति नै  नेता बन्ने कुरा भने आकस्मिकतामा निर्धारित हुन्छ ।
 
(३) नेता भनेको के हो ? 
         कुनै संगठन , राजनीतिक पार्टी ( दल ) र कार्य समुदाय आदिलाई समन्वय गरी अगाडि बढाउने व्यक्तिलाई नेता र यसप्रकारको कार्य गर्नेलाई नेतृत्व भनिन्छ । नेतृत्वले नै के उचित , के अनुचित भन्ने निर्णय गर्दछ ।
    नेता भनेको के हो ? त्यसको जनसमुदायसंग के सम्बन्ध हुन्छ ? भन्ने विषयमा लेनिनले  भन्नुभएको छ ,  ” आम रुपमा र अधिकतर रुपमा , कम्तीमा पनि आधुनिक सभ्य देशहरूमा वर्गहरुको नेतृत्व राजनीतिक पार्टीहरु गर्दछन् , राजनीतिक पार्टीहरुको सञ्चालन प्रायः तिनका सबैभन्दा अधिक मान्य , प्रभावशाली र अनुभवी सदस्यहरुका कमवशी स्थानीय समुह गर्दछन् , जसलाई पार्टीको सबैभन्दा जिम्मेवार पदहरुमा चुनिन्छ र जसलाई नेता भनिन्छ ।” – लेनिन संकलित रचनाएँ , खण्ड ९ , पृष्ठ २७४ , प्रगति प्रकाशन मास्को १९८५ । यहाँ वर्ग , राजनीतिक पार्टीहरु र नेतृत्वका बीचको सम्बन्धलाई राम्रोसँग प्रस्तुत गरिएको छ । 
     माथिका लेनिनका यी भनाइहरुबाट क्रान्तिका लागि नेतृत्व अनिवार्य रुपले आवश्यक हुने र नेताहरु वर्गविशेष वा  जनसमुदायबाट जन्मिने तथा तिनीहरूको पर्तिनिधित्व गर्ने राजनीतिक पार्टीका अनुभवी तथा आधिकारिक सदस्य हुन् भन्ने कुरा प्रष्ट हुन्छ 
 
(४) नेता कति प्रकारका हुन्छन् ? 
    नेताहरु प्रतिगामी , पश्चगामी , प्रतिक्रियावादी अर्थात् प्रतिगामी र क्रान्तिकारी दुबै प्रकारका हुन्छन् । साथै ती सही र गलत दुबै प्रकारका हुन्छन् । जहाँसम्म कम्युनिस्ट आन्दोलनमा नेताहरुको स्तथितिको प्रश्न हो त्यसमा क्रान्तिकारी तअवसरवादी दुबै ढंगका नेताहरु हुन्छन् । क्रान्तिकारीहरुले अवसरवादी नेतनहरुको विरोध तथा भण्डाफोर क्रान्तिकारी नेताहरुको सम्मान तथा स्थापना गर्ने र संरक्षण गर्नु जरुरी हुन्छ । वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन भित्र क्रान्तिकारी नेताहरू भन्दा अवसरवादी तथा घोर दक्षिणपन्थी  संशोधनवादी नेताहरुको भिड जगजगी छ । उनीहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई दुषित तुल्याउँदै आएका मात्रै छैनन् कि क्रान्तिप्रति गध्दारी गरेर क्रान्तिलाई ठूलो नोक्सानी समेत गर्दै आएका छन् । क्रान्तिकारीले उनीहरूको व्यापक रुपमा विरोध र भण्डाफोर गर्न जरुरी छ ।
   सर्वहारा वर्ग र समस्त श्रमिकहरुका महान् नेताहरु कार्ल माक्र्स , फ्रेडरिक एंगेल्स , भ्लादीमिर इल्यिच लेनिन र जोसेफ स्टालिन माओ त्सेतुङ महानतम ऐतिहासिक व्यक्तितब हुनुहुन्थ्यो , जसले विश्वइतिहासमा ज्यादै गहिरो छाप छोड्नु भएको छ । उहाँहरु गुणात्मक दृष्टिले नयाँ किसिमका नेताहरु , प्रतिभावान सिध्दान्तकारहरु र सर्वहारा वर्गको क्रान्तिकारी आन्दोलनमा अर्थात् भीषण वर्गसंघर्ष तथा सर्वहारा वर्गको क्रान्तिकारी आन्दोलनका संगठनकर्ता हुनुहुन्थ्यो ।
 
   (५) व्यक्ति – पूजा मालेमावादी विचारधाराको विपरीत : 
       कुनै वरिष्ठ नेता वा व्यक्तिको अन्धभक्ति , उसका गुणहरुको अतिशयोक्तिपूर्ण मूल्यांकन , ऐतिहासिक व्यक्तिको आवश्यकता भन्दा बढी  सम्मान र प्रसंसा गर्ने कुरामा जोड दिने प्रवृत्ति नै व्यक्ति – पूजावादी प्रवृत्ति हो । यो व्यक्तिवादको सबैभन्दा चरम रुप हो ।
      व्यक्ति – पूजावादी प्रवृत्तिको सैध्दान्तिक आधार आदर्शवादी र संकल्पवादी दृष्टिकोण हुन्छ । यसले व्यक्तिका नकारात्मक पक्षहरू लुकाउने , सकारात्मक पक्षहरू मात्रै देखाउन जोड दिने काम गर्दछ । इतिहासका निर्माता जनता हुन् ,सर्वसाधारण जनता हुन् भन्ने कुरा भुलेर इतिहासका वस्तुगत नियमहरुमाथि पर्दा हालेर महापुरुषले इतिहासको निर्माण गर्छ भन्ने धारणा फैलाउछ ।
    इतिहासमा महान् व्यक्तिहरुको ठूलो भूमिकालाई मान्यता दिँदै माक्र्सवाद – लेनिनवाद – माओवादले व्यक्ति – पूजा अर्थात् महान् नेताहरुका समक्ष अन्ध भक्तिको प्रदर्शन गर्ने र उनीहरूलाई आफ्नो इच्छाअनुसार इतिहासको निर्माण गर्न सक्ने महामानवीय क्षमताले सम्पन्न ठान्ने कुराको विरोध गर्दछ ।
     व्यक्ति – पूजा माक्र्सवादी – लेनिनवादी – माओवादी विचारधाराको विपरीत छ । किनभने व्यक्ति – पूजाले साम्यवादी आन्दोलनलाई ठूलो नोक्सान पुर्याउछ । माक्र्स , एंगेल्स , लेनिन , माओले संधै नै व्यक्ति – पूजाको विरोध गर्नुभएको थियोे र कुनै नेताको भूमिकालाई आवश्यकता भन्दा ज्यादा बढाउने , उसको स्तुतिगान र ज्यादा प्रशंसा गर्ने कुराको विरुद्ध निरन्तर संघर्ष गर्नुभएको थियो । सामुहिक नेतृत्वद्वारा मात्र क्रान्तिकारी आन्दोलनमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने माक्र्सवाद – लेनिनवाद – माओवादका प्रवर्तकहरुको विचार थियो ।
     व्यक्ति – पूजाको खराबी के हो भने इतिहासको निर्माताको रुपमा जनताको भूमिका , श्रमिक जनसमुदायको सामुहिक नेताको रुपमा कम्युनिस्ट पार्टी र त्यसका केन्द्रीय अङ्गहरुको भूमिकाको कम मूल्याङ्कन गर्दछ । त्यसले पार्टीको सैध्दान्तिक जीवनको विकास तथा श्रमिकहरुको रचनात्मक क्षमतालाई कुन्ठित पार्दछ , अनि उनीहरूलाई माथिबाट दिइने निर्देशनप्रति निश्क्रियतापूर्वक आशामुखी हुन सिकाउँछ ।
      माक्र्सवाद – लेनिनवाद – माओवादले व्यक्ति – पूजाको विरोध  गर्दछ तर नेताको प्रतिष्ठाशीत त्यसको तादात्म्यतालाई चाहिँ भ्रमात्मक र  अहितकर ठान्दछ । यस सन्दर्भमा लेनिनले लेख्नुभएको छ , ” सम्पूर्ण संसारभरि पूर्ण मुक्तिको लागि जटिल तथा अथक संघर्ष गरिरहेका मजदुर वर्गको निम्ति नेताहरुको आवश्यकता पर्दछ … ।” – लेनिन , संकलित रचना संग्रह , खण्ड १४ , पृष्ठ २२६ । 
    माक्र्सवाद – लेनिनवाद – माओवादले जनता तथा पार्टीप्रति बफादार रहने , आफ्नो सारा ज्ञान र सृजनात्मक शक्ति पनि आफ्नो सम्पूर्ण परिपक्व अनुभव नयाँ  जनवाद , वैज्ञानिक समाजवाद र साम्यवादको विजयको महान् कार्यमा लगाउने नेताहरुको प्रतिष्ठाको रक्षा गर्ने माग गर्दछ ।
     यसप्रकारले ऐतिहासिक विकासको सम्पूर्ण गतिविधिले के कुराको पुष्टि गर्दछ भने कुन व्यक्तिविशेष जतिसुकै महान् किन नहोस् , उनले इतिहासको गतिलाई निर्धारण गर्न सक्तैन । जनता र श्रमिक जनसमुदाय मात्र इतिहासका , सामाजिक क्रान्तिका वास्तविक निर्माता रु सम्पूर्ण भौतिक  एवम् बौद्धिक मूल्यअरुका स्रष्टा हुन् ।  
 
(६)नेता र जनसमुदाय बीचको सम्बन्ध :
      वास्तविक इतिहासका निर्माता जनता हुन् भन्ने माथि उल्लेख गरिएको छ । कमरेड माओले जनतालाई इतिहासको निर्माता बताउँदै आउनुभएको छ ।  साथै कमरेड माओले नेता र जनसमुदाय बीच अभिन्न सम्बन्ध हुनुपर्ने कुरामाथि प्रकाश पार्दै जनदिशाको मान्यता विकसित तुल्याउनु भएको छ । नेता एवम् नेतृत्वको कामको आधारभूत तरिका कस्तो हुनुपर्छ त ? भन्ने विषयमा कमरेड माओले भन्नुभएको छ , ” जनसमुदायका विचारहरु ग्रहण गर्नु , तिनलाई एकत्रित गर्नु र तिनको सार खिच्नु , त्यसपछि जनसमुदायको माझमा जानु , ती विचारमा अडिग रहनु र तिनलाई कार्यान्वयन गर्नु , जसबाट नेतृत्वको सही विचारहरु निर्माण गर्न सकियोस् – नेतृत्वको आधारभूत तरिका यस्तो छ ।” माओका संकलित रचनाहरु भाग ३  , पृष्ठ ९० , सिर्जनशील प्रकाशन २०५७ । कमरेड माओद्वारा विकसित जनदिशाको मूल मर्म यही हो  ।
      क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्ना विचारलाई विकसित तुल्याउन , सही  कार्यदिशा र नीति तथा योजनाको निर्माणका लागि जनताबाट लिएर जनतालाई दिने मान्यता अर्थात जनदिशाको विशेष महत्व छ । यहाँनीर गंभीर रुपले ध्यान दिनुपर्ने कुरा के हो भने यसप्रकारको जनदिशाको महत्व विचारधारा एवम् कार्यदिशाका दृष्टिले मात्र होइन सांगठनिक सिध्दान्त तथा कार्यशैली र ज्ञानको सिध्दान्तका दृष्टिले पनि विशिष्ट महत्व रहन गएको छ ।
     

प्रतिक्रिया

सम्बन्धित खवर