देउवा सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिन्डर १८ सय पुग्यो

देउवा सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १८०, ग्यास प्रतिसिलिन्डर १८ सय पुग्यो

काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन ९आन्तरिक० मा प्रतिलिटर रु १० र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु २०० वृद्धि गरेको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर रु १८०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १६३, हवाई इन्धनको मूल्य प्रतिलिटर रु १६६ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० पुगेको छ । निगमले यसअघि गत वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो ।