महंगी, महिला हिंसाआदिको विरुद्ध बुटवलमा तीन दल सम्वद्ध विद्यार्थी संयुक्त विरोध सभा सम्पन्न

महंगी, महिला हिंसाआदिको विरुद्ध बुटवलमा तीन दल सम्वद्ध विद्यार्थी संयुक्त विरोध सभा सम्पन्न

८ जेठ बुटवल ।
महंगी, महिला हिंसाआदिको विरुद्ध आज बुटवलमा नेकपा(क्रान्तिकारी माओवादी ), नेकपा(बहुमत) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्वद्ध संयुक्त विद्यार्थी विरोध सभा सम्पन्न गरिएको छ ।


बुटवलको नेपाल टेलीकम कार्यालय अगाडि उक्त विरोध सभा सम्पन्न गरिएको थियो । विरोध सभालाई अखिल क्रान्तिकारीका नेता दिलबहादुर चुँधारा, नेकपा(बहुमत) का विद्यार्थी नेता दिपक बिष्ट र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्वद्ध विद्यार्थी नेता तुलराज विश्वकर्माले सम्वोधन गर्नु भएको थियो ।
उक्त विरोधसभाको संचालन नेकपा(बहुमत)का विद्यार्थी नेता तथा रुपन्देही जिल्ला इनचार्ज इन्दु वोलीले गर्नु भएको थियो ।
महिला हिंसा तथा महंगीको विरोधमा विभिन्न ल्पेकार्डहरु बोकेका प्रदर्शनकारीहरुले गगनभेदी नारुा लगाएका थिए ।