८ जेठ विराटनगर ।
नेकपा(क्रान्तिकारी माओवादी)ले विराटनगर महानगरपालिकाको भेला आयोजक कमिटी गठन गरेको छ ।
आइतबार विराटनगरमा नेकपा(क्रान्तिकारी माओवादी)को महानगर स्तरीय सचिवालयको बैठकले नेकपा(क्रान्तिकारी माओवादी)का प्रदेश सदस्य गणेश निरौलाको नेतृत्वमा १५ सदस्य विराटनगर महानगरपालिका भेला आयोजक कमिटी गठन गरेको हो ।
बैठकले संयोजकको जिम्मेवारी निरौलालाई तोकेको छ भने सदस्यहरुमा मनोज सिंह कार्की , ओम प्रकाश राजवंशी , नसिमा खातुन , हृदय नारायण साह , बुद्धिमान तामाङ्ग , शम्भु पोदार , शुनिल श्रेष्ठ,राम किशोर कामत , हरी प्रसाद यादव , मनोज सिहं , धमेन्द्र दास , मन्जुर , कञ्चन तामाङ्ग र मोहम्मद इसाक रहनु भएको छ ।
बैठकमा नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ सेक्रेटरी सरलले बैठकलाई सम्बोधन गर्दै सच्चा क्रान्तिकारी कम्युनिष्टहरु मात्र नेकपा (क्रान्तिकारी माओवादी) मा रहेको बताउनु भयो । उहाँले सच्चा कम्युनिष्टहरुको बैठकले महत्वपूर्ण भुकिमा खेल्ने भन्दै शिक्षा , स्वास्थ र खाद्यय संप्रभुता सहितको जनवादी व्यवस्थाका लागि सबैलाई एकजुट हुन आह्वान गर्नु भयो ।
यसरी नै बैठकमा बोल्दै नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा मोरङ्ग जिल्ला इन्चार्ज विद्रोहिले नेकपा(क्रान्तिकारी माओवादी) निरन्तर राष्ट्रियता ,जनतन्त्र र जनजीवीकाको पक्षमा उभिएको भन्दै वर्गिय मुक्ति आन्दोलनका लागि नेकपा( क्रान्तिकारी माओवादी) विराटनगर कमिटी दृढता पुर्वक लाग्नु पर्ने बताउनु भयो । उहाँले पार्टीले गरेको निर्वाचन बहिष्कारको कार्यक्रम सफल भएको , अन्य निर्वाचनमा जस्तो नागरिकहरु उत्साहित नभएको भन्दै संसदीय व्यवस्थाको आयु लामो नरहेको भनाई राख्नु भयो ।
बैठकमा केन्द्रिय सदस्य तथा मोरङ सेक्रेटरी बादलले भेला आयोजक कमिटीलाई शुभकामना दिदै पार्टीका नीति तथा कार्यक्रमहरुलाई लागु गर्न महानगर कमिटी इमान्दापुर्वक लाग्नु पर्ने बताउनु भयो । उहाँले विराटनगरमा देखिएका समस्याहरु समाधन गर्न क्रान्तिकारी माओवादी सशक्त हुन जरुरी रहेको धारणा राख्नु भयो ।
बैठकलाई शुभकामना दिदै नेकपा(क्रान्तिकारी माओवादी )प्रदेश सदस्य तथा प्रदेश नम्बर १ सुचना सञ्चार तथा प्रकाशन विभाग प्रमुख अप्सरा बानियाँले नेकपा (क्रान्तिकारी माओवादी) ले आफुले गरेका गतिवीधीहरुलाई प्रचारात्मक रुपमा जनताको घरदैलोमा पुर्‍याउनु पर्ने भनाई राख्नु भयो । उहाँले राष्ट्रियताको रक्षा गर्ने , मजदुर ,किसान,सुकुम्बासी ,दलित तथा महिलाको आवाज निरन्तर बुलन्द गर्ने क्रान्तिकारी माओवादी प्रचारात्मक रुपमा कमजोर रहेको भन्दै विराटनगरमा आवद्ध कमरेडहरुलाई पार्टीको प्रचारमा लाग्न अनुरोध गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर