काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले एक प्रेस वक्तव्य जारी गरी मोडल सुस्मिता रेग्मी लगायत महिला हिंसामा परेका सबै पीडित महिलाहरुको न्यायका निम्ति घटनामा संलग्न अपराधीहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष अम्बिका मुडभरीले जारी गरेको वक्तव्यमा बलात्कार मुद्दामा कानुनी हदम्याद अविलम्ब खारेज गरी बलात्कार घटनामा संलग्न सबै अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिलाउन जोडदार रुपमा माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “सुस्मिता रेग्मीलगायत सबै बलात्कार पीडितहरुको न्यायका निम्ति जारी आन्दोलनलाई थप सशक्त बनाउन सबै न्यायप्रेमी महिला दिदि, बहिनीहरुलाई सडकमा उत्रन हाम्रो संगठन हार्दिक आव्हान गर्दछ ।”

वक्तव्यमा सुन्दरी प्रतियोगिताको खारेजीको माग गर्दै भनिएको छ, “महिलाहरुको अपमान र शोषण गर्ने कथित् सुन्दरी प्रतियोगिता खारेजीको माग पुनः दोहो¥याउन चाहन्छौं ।”

वक्तव्यमा भनिएको छ, “सम्पूर्ण शोषित उत्पीडित महिलाहरुको मुक्तिकामी गौरवशाली संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) स्थापनाकालदेखि नै महिलाहरुको हक, हित, अधिकारका पक्षमा तमाम लैङ्गिक शोषण उत्पीडनका विरुद्ध लड्दै आएको नेतृत्वदायी संगठन भएको सर्वविदितै छ । वर्तमान सामन्ती पितृसत्तात्मक तथा दलाल पुँजीवादी व्यवस्थाले महिलाहरुलाई एउटा उपभोग्य साधनमा मात्रै सीमित राखेको छ । यसको पछिल्लो उदाहारण सुन्दरी प्रतियोगिताको नाममा सार्वजनिक भएको बलात्कारको घटनाले स्पष्ट पारेको छ ।

सुन्दरी प्रतियोगितालाई बौद्धिक प्रतियोगिता भन्नेहरुको कुरुपता यो घटनाबाट उदांगिएको छ । बलात्कारको सार्वजनिक यो घटनाप्रति हाम्रो संगठनको गम्भिररुपमा ध्यानाकर्षण भएको छ । यो घटना वर्तमान सत्ता, व्यवस्था, पितृसत्तात्मक मानसिकताको उपज र लैङ्गिक हिंसाप्रति राज्यको उदासिनताको परिणति हो । यस घटनाको हाम्रो संगठन कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्दछ । र, जारी लैङ्गिक हिंसा विरुद्धको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर