एउटा अायु बढाउने भित्ते घडी
एउटा तन्नेरी बनाउने जादुकाे छडी
एउटा सुकुम्बासीलाई पक्की घर
एउटा पानी ततायाे कि लाग्ने दुधकाे तर
एउटा महिला समानता जन्माउने गाई
एउटा पिठोकाे राेटीलाई सुनकाे बनाउने ताई
एउटा भाेकैपिच्छे खान मिल्ने बिस्कुट
एउटा चुलैपिच्छे लान मिल्ने ग्यासको धाराे
एउटा मुखको हाँगामा फल्ने माेनाे रेल
एउटा डाँडाकाँडामा चल्ने पानी जहाज
एउटा चन्द्रमामा अाउने-जाने भर्याङ
एउटा तारामा टुरिष्ट लाने केबुलकार
एउटा एक घर एक राेजगारी
एउटा मङ्गल ग्रहमा करेसाबारी,
ल्याइदिएको छु मैले
झाेलामा हालेर तपाईंको अाँगनमा,
जे जे खाँचो छ राेजेर लिनाेस्
बदलामा मलाई केही दिनु पर्दैन
एउटा भाेट दिनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर