धार्मिक अन्धआस्था र रूढिवादको विरूद्ध भौतिक चिन्तन र तर्कलाई मान्ने चार्वाक नास्तिक थिए। धर्म, ईश्वरका विरूद्ध भौतिकवादलाई मान्यता दिने चर्वाकको नास्तिकतावादी बिचारदर्शन, तत्कालीन समयमा लोकहितकारी, परिवर्तनमुखी सामाजिक मुल्य-मान्यता जनित जन आकांक्षित र जनअपेक्षित प्रगतिशील बिचारका रूपमा त्यसलाई बुझ्नसकिन्छ।यसका साथै यथास्थितिमा अल्मलिएको नेपाली समाजका लागि चार्वाकीय भौतिकवादी दर्शन, त्यो अझैपनि परिवर्तमुखी र प्रासंगिक हुनसक्ने कुरालाई नकार्न सकिन्न शायद। तथापि नेपाली समाज र जीवन भने त्यसदेखि अझै टाढा देखिन्छ। कहिलेकाहीँ चार्वाकको सन्दर्भ उठ्ने गरेको भनेको, उनको ‘ऋण लिएर पनि घिउ खाने ” भन्ने कुराको ठट्टा गरिने रूपमा चर्चामा आउने गर्दछ। तर तत्कालिन रूढि र आडम्बर ग्रस्त आदर्शवादी समाजको रोगी, कुण्ठाग्रस्त विकार अनि बिमारग्रस्त सामाजिक मानसिकतालाई तीव्र प्रहार गर्दै जबरजस्ती नखानु र भोकभोकै बसेर भौतिक अस्तित्व र जीवनलाई नै शेष र समाप्त गर्नुभन्दा त बरू ऋृण लिएर भएपनि बाँचेकै बेश वा घिउ खाएकै पनि बेश भन्ने जस्ता कुराको लोकजीवन, लोकव्यावहार अनि यथार्थका सन्दर्भमा साथै धार्मिक अन्ध र पूर्वाग्रह जनित तत्कालीन समाजमा त्यसको कति ठुलो व्यापक र क्रान्तिकारी महत्व थियो होला भन्ने कुराको भने बिचार गरिँदैन।

पूर्वेली धर्मदर्शनमा चार्वक, बुद्ध दर्शनसँग जैन, कपिल, प्रकृति, सांख्य आदि नास्तिकतावादी धर्मदर्शन हुनुले नास्तिकतावादी बिचारदर्शनको उल्लेखनीय परम्परा र प्रभावकारीता रहेको बारे अनुमान लगाउन गाह्रो हुँदैन।

हार्दिक शुभकामना !

तथापि धर्मभन्दा दर्शनको क्षेत्र व्यापक हुनुले बिचारको हकमा नास्तिक हुनु भन्ने कुराले भने निकै ठुलो अर्थ वहन गरेको देखिन्छ। धर्म, ईश्वरलाई नमान्ने, धर्म,ईश्वर वैरी र विरोधी हुनु मात्र नास्तिक हुनु नभएर, प्रकृति,भौतिक जीवन,यथार्थ र भौतिक अस्तित्वगत वस्तुसत्तालाई मान्ने र त्यसलाई प्राथमिकता दिने भौतिकवादी जीवनदर्शन र बिचार भन्नु नास्तिकतावादी बिचार भएको बुझिन्छ। यस अर्थमा नास्तिक हुनु भनेको जीवनको व्यापक सन्दर्भलाई भौतिकवादी जीवन दर्शन र बिचारले परख गर्दै त्यही अनुसार आचरण गर्ने कुरा नै नास्तिक हुनु हो भन्ने बुझिन्छ। यसरी नास्तिक हुने कुरा, धर्म,ईश्वर लगायत तमाम् चीजहरूलाई तर्क र तथ्यसम्मत् वस्तुपरक र भौतिक धरातलका आधारमा हेर्ने भौतिकवादी चिन्तन, दृष्टि, परिपाटी सम्बद्ध बिचार,नास्तिकतावादी बिचार भन्ने बुझ्नसकिन्छ। यसोहुँदा हरेक अन्धविश्वास,रुढी, परम्परा, मान्यता त्यो धार्मिक लगायत सामाजिक- सास्कृतिक हरेक र सबै क्षेत्रहरूमा भएका बनावटी अस्तित्व र विशुद्ध काल्पनिक र आडम्बरी विचारहरूको विरूद्ध तथ्य र तर्कसम्मत् बिचारप्रणालीलाई अघिराख्दै चिन्तन गर्ने परिपाटीसित आबद्ध बिचार भन्नु नै नास्तिकता हो।

प्रतिक्रिया

सम्बन्धित खवर