ईश्वरीप्रसाद गैरे/ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) लुम्बिनी प्रदेश को आयोजनामा “प्रतिक्रियाबादी स्थानीय निर्बाचन बहिष्कार गरौ ! नयाँ जनबादी क्रान्तिकारी तयारीमा जुटौ ” भन्ने नाराका साथ स्थानीय निर्वाचन बहिष्कार अभियान “११ देखि १६ गते सम्म दाङका दसवटै स्थानीय निकायका स्थानीय निर्बाचन बहिष्कार अभियान सम्पन्न भएकाछन । ११ गते दाङको अमेलियाबाट सुरु भएको कार्यक्रममा अमेलिया ,राजपुर , गडवा,कालाकाटे , भालुवाङ ,सिसनिया ,लमही, सतबरिया, गोग्ली, घोराही ,नारायणपुर , नयाँगाउँ , सक्राम, बिजौरी ,तुलसीपुर , बसपार्क र बिपि चोक, भमके , पातेटाकुरा ,जुम्लेकुला,बागमारे , सुन्दरखाल ,हङ्सपुर , हापुरे ,रगैचा, थपगाँउ, हेकुली ,श्रीगाउँ लगाएतका गाउँ तथा शहरहरुमा बहिष्कार अभियान कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ ।
कार्यक्रम बर्दिया जिल्ला बाट नेकपा (क्रान्तिकारी माओबादी) का पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले उदघाटन गर्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी) प्रदेश सचिव भुपेन्द्र न्यौपाने पार्टीको केस दाङ जिल्ला इञ्चार्ज समीर ,के स बिपिन , के स प्रतिज्ञा चौलागाईं , थारु मुक्ति मोर्चाका महासचिव राम जि थारु , क्रान्तिकारी युवालिगका महासचिव भुकम्प लगाएत का पार्टी मोर्चा का नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।
बक्ताहरुले कथित स्थानीय निर्बाचन भ्रष्ट्रहरुलाई पाच बर्षका लागि ठेक्का दिने र हाम्रो भोटबाट उनिहरुले भ्रष्टाचार गर्ने लाइसेन्स प्राप्त गर्ने भएकोले निर्वाचन बहिष्कार गरेर सहयोग गर्न अपिल गरेकाथिय । निर्वाचनमा अनेकौं जालझेल धाधली गर्न व्यापक राज्य सत्ताको दुरुपयोग गर्ने गुलियो नारा ल्याएर गाउँ गाउँमा आउने भएकोले तपाईंहरु सजक रहन बक्ताहरुले जोड दिए । निर्वाचनमा भोट माग्न आउनेहरुलाई तपाईंको गाउँमा भएको बिकाश निर्माणका बारेमा प्रस्न उठाउनुस , राष्ट्र राष्ट्रियता का लागि केके गर्नुभयो ? लिपु लिम्पियाधुरा फिर्ता ल्याउनु भयो ? शिक्षा स्वास्थ रोजगार का बारेमा हामीलाई केके सुबिधा दिनुभयो ? रोजगारीका लागि युवाहरु बिदेशीनु पर्छ कि पर्दैन ? व्यापक जनदबाब हुदहुदै राष्ट्रघाति mcc परियोजना किन सँसदबाट पास गरेको ? जस्ता प्रस्न तेर्साएर उनिहरुलाई गाउँबाट लखेटनुपर्ने आबस्यकता रहेको बताए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओबादी) प्रदेश सचिव भुपेन्द्र न्यौपाने , के स तथा दाङ जिल्ला इञ्चार्ज समीर के सि , के स बिपिन के स प्रतिज्ञा चौलागाईं , क्रान्तिकारी युवालिग का महासचिव भुकम्प , थारु राष्ट्रिय मुक्तिमोर्चा का महासचिव राम जि चौधरी ,लुम्बिनी प्रदेश सदस्य प्रेम थापा,लुम्बिनी प्रदेश सदस्य तिलक बिक , दाङ जिल्ला सचिव नरेन्द्र बञ्जाडे , देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष इश्वरी प्रसाद गैरे अखिल (क्रान्तिकारी ) दाङ जिल्ला अध्यक्ष मनोज थापा ,लगाएतकाले मन्तब्य दिनु भएको थियो ।
कार्यक्रममा स्थानीय जनताको उत्साह पुर्ण सहभागी रहेको र स्थानीय जनताले चासो र चिन्ता प्रकट गर्दै निर्वाचन बहिष्कार गरेर पार्टीको योजना सफल पार्ने बताएका थिय ।






























