काठमाडौं । मुस्ताङको कोरला नाकाबाट सशस्त्र प्रहरीले ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।
गलत कागज बनाएर भित्र्याएको सूचनाका आधारमा गाडीहरू नियन्त्रणमा लिएको र अहिले भन्सारका कर्मचारीले परीक्षण गरिरहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए।
व्यवसायीले भने ती गाडी सरकारले कर बढाउनुअघि नै ल्याइएको दाबी गरेको छ।
तर कर छल्न पहिल्यै ल्याएका कागजात तयार गरिएको आशंका सशस्त्र प्रहरीले गरेको छ।
म्याग्दीको सिमानासम्म पुगेका गाडी बुधबार राति नियन्त्रणमा लिइएको हो।































