त्रिभुवन क्याम्पस बेलाटारीमा अखिल क्रान्तिकारीको संगठन विस्तार !

त्रिभुवन क्याम्पस बेलाटारीमा अखिल क्रान्तिकारीको संगठन विस्तार !

 

नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुरस्थित बेलाटारीमा रहेको त्रिभुवन क्याम्पसमा नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले शुक्रवार ईकाई भेला गरेर संगठन विस्तार गरेको छ ।
क्याम्पसका रोशनी पाण्डेको अध्यक्षतामा २५ सदस्सीय ईकाई समिति गठन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मनोज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको उपाध्यक्षमा सोनु यादव, सचिवमा प्रियंका गुप्ता, सहसचिवमा ईशा तामाङ,कोषाध्यक्षमा एकता कुर्मी निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा बविता गौतम ,अपसाना खातुन,सकुन्तला हरिजन ,अमरावती सिंह क्षेत्री, अमृता कोइरी, बिन्दु कुमारी गुप्ता , मेराज मियाँ, राजमती हरिजन,खुसी क्षेत्री , औसनी गुप्ता, सकिना दर्जी, अंशु बिन, सुमन बिक ,सन्तोष मुसहर, दिपक कानु,ममता कुमारी महतो ,रंजना कुमारी चौधरी,माया यादव,हरिनारायण सिंह क्षेत्री रहनुभएको छ ।
कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेय र अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मनोज थापाले समसामायिक बिषय र निर्वाचन बहिस्कारबारे मन्तब्य राख्नुभएको थियो ।

त्यस्तै शनिवार(२६गते) अखिल क्रान्तिकारीको बर्दघाट नगर भेला रहेको जनाइएको छ ।