
निर्वाचन र प्रतिक्रियावादी पार्टीको सवाल !
गठबन्धन सरकारले ३० वैशाख, २०७९ मा स्थानीय निर्वाचन गर्ने हल्ला गरेको छ । यससँगै सामन्त, दलाल तथा नोकरशाही पुँजिपति वर्गको प्रतिनिधित्व गर्ने संसदवादी पार्टीहरु पुनः भ्रम र षड्यन्त्रका जाल बिच्छ्याउन सक्रिय छन । तर यसपटक उनीहरुका आचार–अनुहार महङ्गि–भ्रष्टाचार, हत्या–बलात्कार, जन–राष्ट्रघातले विकृत, कुरुप र दण्डलायक मात्रै होइन जनताको बीचमा नाङ्गो भएका छन ।
अर्कोतिर, यस बखत नेपाली जनता–राष्ट्र यसप्रकारको कुरुप व्यवस्था र लुटका विरुद्ध, कथित दलिय गोलचक्करका विरुद्ध संगठित–आन्दोलित हुँदै गएका छन ।
चम्पादेवि, जनताको सवाल र हाम्रो दृष्टिकोण !
चम्पादेवि हाम्रो प्रीय जन्मभूमि, हाम्रो गौरव, हाम्रो जीवनपथ र लक्ष्य निर्देशित गर्ने ज्ञान–आलोक हो । त्यहाँका जनता हाम्रा सर्वोच्च गुरु र कुशल न्यायाधीश हुन । हामी एक योद्धा अतिरिक्त असल जनसेवक हौं । समाज र जनताको जीवन बदल्ने, जनतालाई यो शोषण–उत्पीडनको पहाडबाट मुक्त गर्ने, यो अँध्यारोबाट मुक्त गर्ने हाम्रो अटुट प्रतिज्ञा छ । जुन प्रतिज्ञा क्रान्तिको सुन्दर मार्ग कोर्दै हजारौं चुनौतीको सामना गर्न तयार सचेत संगठित पार्टी र योद्धाहरुको अनवरत समर्पण–वलिदान एवं जनताको उत्साहपूर्ण सहभागिताले मात्रै पुरा हुन सम्भव छ ।
यसकारण, यसपटक चम्पादेवि एवं सिङ्गै देश प्रतिक्रियावादी निर्वाचन बहिष्कार, विद्यमान राज्य–व्यवस्थाको अन्त्य एवं सर्वहारा जनाधिनस्थ राज्य–व्यवस्था स्थापनाको पक्षमा दृढतापूर्णक उभिनुपर्छ । अनि मात्रै सयौं वर्षदेखि शासकहरुको बर्बर सत्ताको जाँतोबाट रक्तमुच्छेल चम्पादेवि मुक्त हुनेछ । हामी मुक्त गर्नेछौं ! चम्पादेविमा मुक्ति, समानता र समृद्धिको बिहान उदाउँनेछ । कथित शासक वर्गलाई चिहानमा दफन गर्न सम्भव हुनेछ ।