२५ चैत्र काठमान्डौ ।
कथित स्थानीय निर्वाचन–२०७९ बहिष्कार गरौ ।

देश र जनताको एक मात्र पहरेदार नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले स्थानीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरे अनुरुप आज मिति २०७८ साल चैत्र २५ गते टोखा, तारकेश्वर र बुढानिलकण्ठ नगरपालिकाहरुको संयुक्त बैठक यस क्षेत्रको कमाण्डर क.आनाको उपस्थिती र क. प्रवीणको संयोजकत्वमा बसी विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । टोखा नगरको बशुन्धरामा बसेको उक्त बैठकले पार्टीले तयार पारेको परिपत्रका उद्देश्य हासिल गर्न निम्न लिखित ४÷४ सदस्यीय समितिहरु निर्माण गरी तीनै नगरहरुले संयुक्त रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
(क) व्यवस्थापन समिति
(ख) प्रचार प्रसार समिति
(ग) आर्थिक समिति