स्थानीय निर्वाचन बहिष्कारको आब्हान गदै संगठन बिस्तार तथा सुदृढीकरण अभियान

स्थानीय निर्वाचन बहिष्कारको आब्हान गदै संगठन बिस्तार तथा सुदृढीकरण अभियान

बर्दघाट २३ चैत्र : नेकपा ( क्रान्तिकारी माओवादी ) निकट अखिल क्रान्तिकारी पश्चिम नवलपरासीले स्थानीय निर्वाचन बहिष्कारको आब्हान गदै संगठन बिस्तार तथा सुदृढीकरण अभियान शुरु गरेको छ ।

 
बुधवार जिल्लाको दुई शैक्षिक संस्थामा संगठनले संगठन विस्तारको कार्यक्रम गरेको छ । बर्दघाट–२ चिसापानीस्थित दिब्यज्योति माविमा क्रान्तिकारीले तीनवटा कक्षा ईकाई गठन गरेको छ । अभियानमा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्यद्वय मनोज थापा र दिल बहादुर चुँदाराले संगठनको गतिबिधि र बहिष्कार आन्दोलनबारे बोल्नुभएको थियो ।
सो बिद्यालयमा कक्षा ११ ब्यवस्थापनमा सरोज विश्वकर्माको अध्यक्षतामा ११ सदस्सीय ईकाई समिति चयन गरिएको छ । ईकाईको उपाध्यक्षमा तरुण श्रीस मगर सचिवमा बिन्दु मगर , सहसचिवमा अर्बिन थापा ,कोषाध्यक्षमा सलिना क्षेत्री र सदस्यहरुमा सकिना खातुन, सहवान अन्सारी लगायत रहनुभएको छ ।
त्यस्तै कक्षा ११ ब्यवस्थापन तर्फ नै दीक्षा अर्याल अध्यक्ष, राजन खड्का उपाध्यक्ष , सचिव सुशिला कहाँर, सहसचिव सुजन भुसाल ,कोषाध्यक्ष लेखनाथ चौधरी र सह कोषाध्यक्ष सिम्रन अर्याल लगायत रहनुभएको छ । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले शुभकामना दिनुभएको थियो ।
त्यस्तै कक्षा १२ मा सागर पाठकको अध्यक्षतामा टिकाराम थारु उपाध्यक्ष, सविना खत्री सचिव, सहसचिव चन्दन चौधरी कोषाध्यक्ष प्रिती चौधरी रहेको ९ सदस्सीय ईकाई गठन गरिएको अखिल क्रान्तिकारीका जिल्ला सदस्य आकाश खनालले जानकारी दिनुभयो ।

त्यस्तै बर्दघाट ९ भुताहास्थित राजा महात्मा पुर्ण भद्र माविमा बिक्रम क्षेत्रीको अध्यक्षतामा ओम प्रकाश हरिजन उपाध्यक्ष , यम कुमारी थारु सचिव , फेकु हरिजन सहसचिव , आस्मा चौधरी कोषाध्यक्ष र कोपिला चौधरी लगायत सदस्य रहेको सात सदस्सीय ईकाई गठन गरिएको केँन्द्रीय सदस्य थापाले जानकारी दिनुभयो ।