मोरङ/ नेकपा(क्रान्तिकारी माओवादी) मोरङ जिल्ला कमिटिले प्रतिक्रियावादी निर्वाचन बहिष्कारको कार्यक्रमलाई तिब्ररुपमा अगाडि बढाउने भएको छ ।
सोमबार बसेको क्रान्तिकारी माओवादीको मोरङ जिल्ला बैठकले पार्टीको केन्द्रीय समितिको बैठकले गरेको स्थानीय तहको चुनाव सशक्त रुपमा बहिष्कार गर्ने निणर्यलाई प्रभावकारी रुपमा कार्यान्वन गर्नका लागि पहिलो चरणको कार्यक्रम प्रचार प्रसारको कामलाई तिव्रता दिने निर्णय गरेकाे हो ।
बैठकले पर्चा वितरण ,पोष्टर टाँस्ने ,भित्तेलेखन गर्ने , सञ्चार माध्याम तथा सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्दै हत्या,हिंसा ,दमन ,लुट अत्याचार र राष्ट्रघात गर्न बल पु¥याउने प्रतिक्रियावादी निर्वाचन बहिष्कारको भण्डाफोर गर्ने निर्णय गरेको छ ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य एंव प्रदेश नम्बर १ का सेक्रेटरी उदयले अहिलेको संसदीय व्यवस्था अन्तर्गत हुने स्थानीय तहको चुनाव बहिष्कार गर्ने केन्द्रीय समितिको निणर्य उपयुक्त र क्रान्तिकारी कदम भएको भन्दै जिल्ला पार्टीले प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने बताउनु भयो ।
यसरी नै बैठकमा पार्टीका केन्दीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज विद्रोहीले मराणासन्न अवस्थामा पुगेको दलाल संसदीय व्यवस्थाको अन्त्य गरेपछि मात्र सर्वहारावर्गको क्रान्ति सम्पन्न हुने भन्दै पार्टीले गरेको निणर्यहरु जिल्लामा कार्यान्वयन गर्न सबै कमरेडहरु इमान्दार भएर लाग्नु पर्नेमा जोड दिनु भयो ।
उक्त बैठकले मोरङ जिल्लाको जनवर्गिय सगठनको फ्याक्सन इन्चार्जमा पार्टीका प्रदेश कमिटि सदस्य गणेश निरौला र अर्का प्रदेश कमिटी सदस्य कुल बहादुर श्रेष्ठलाई आर्थिक विभाग मोरङ प्रमुखको जिम्मेवारी दिने निणर्य गरेको छ । बैठकमा पुनर्मिलन कार्यक्रम मार्फत जोडिनु भएका कमरेहरु हृदय नारायण शाह, बुद्धिमान तामाङ र शम्भु पोदारलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरिएको छ ।
बैठकका अध्यक्ष तथा तथा मोरङ जिल्ला सेक्रेटरी बादलले मोरङ जिल्लामा चुनाव बहिष्कार अभियानलाई फिल्डमा प्रभावकारी ढंगले अगाडी बढाउने प्रतिबद्धता जनाउदै संसदीय व्यवस्थाको औचित्य समाप्त भएको र त्यसको विकल्पमा सचेत नागरिक तथा सम्पुर्ण देशभक्त तथा बुद्धिजीवीहरुले जनवादी गणतन्त्र आवश्यक रहेको भन्दै वकालत गर्न थालेको बताउनु भयो ।
बैठकमा प्रदेश १ का आर्थिक विभाग प्रमुख पर्वत र प्रदेश प्रकाशन विभाग प्रमुख अप्सरा बानियाँले आफ्नो विभागले गरेका कामहरु बैठकमा प्रस्तुत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर